bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Micah 7
Micah 7
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
1
मलाई कस्तो कष्ट आइलागेको छ! म दाखबारीका शिला-बाला बटुल्ने समयमा ग्रीष्मऋतुको फल टिप्नेझैँ छु। खानलाई दाखको झुप्पा नै छैन, र मैले चाहेको पहिले पाक्ने अञ्जीर छैनन्।
2
भक्त मानिसहरू पृथ्वीदेखि नष्ट भएका छन्, कुनै सोझो मानिस बाँकी छैन। सबै मानिसहरू हत्या गर्न ढुकिबस्छन्। जाल थापेर हरेक आफ्नै दाजुभाइको शिकार गर्दछ।
3
खराब काम गर्न दुवै हात निपुण छन्। शासकले उपहार माग्दछन्। न्यायकर्ताले घूस लिन्छन्। शक्तिशालीहरूले जे चाह्यो त्यही हुकुम गर्छन्। तिनीहरू सबै एकसाथ युक्ति रच्तछन्।
4
तिनीहरूमध्येको सबैभन्दा असलचाहिँ काँढ़ाजस्तै छ, सबैभन्दा सोझोचाहिँ काँढ़ाको झाँगभन्दा खराब छ। तिमीहरूका पहरादारहरूको दिन आएको छ, अर्थात् त्यो दिन जब परमेश्वरले तिमीहरूलाई भेट गर्न आउनुहुन्छ। अब तिनीहरूलाई खलबलाउने समय भयो।
5
एउटा छिमेकीमाथि भरोसा नगर। एउटा मित्रमाथि विश्वास नगर। आफूसँगै अँगालो मारेर सुत्ने पत्नीसँग पनि होशियार गरेर बोल।
6
किनकि छोराले आफ्नो बुबाको अपमान गर्दछ, छोरी आफ्नी आमाको विरुद्धमा उठ्दछे, बुहारी आफ्नी सासूको विरुद्धमा। मानिसका दुश्मनहरू आफ्नै घरका मानिसहरू हुन्छन्।
7
तर मचाहिँ आशामा परमप्रभुको बाटो हेरिरहन्छु। मलाई बचाउनुहुने परमेश्वरको प्रतीक्षा गर्छु। मेरा परमेश्वरले मेरो बिन्ती सुन्नुहुनेछ।
8
हे मेरो शत्रु, मेरो खिसी गर्दै सन्तुष्ट नहो। म लड़े तापनि उठिहाल्नेछु। म अँध्यारोमा भए तापनि परमप्रभु मेरो ज्योति हुनुहुनेछ।
9
जबसम्म उहाँले मेरो वकालत गर्नुहुन्न, र मेरो हक पक्का गरिदिनुहुन्न, तबसम्म म परमप्रभुको क्रोध सहनेछु, किनभने मैले उहाँकै विरुद्धमा पाप गरेको छु। उहाँले मलाई निकालेर ज्योतिमा ल्याउनुहुनेछ, र म उहाँको धार्मिकता देख्नेछु।
10
तब मेरी शत्रुले, जसले मलाई भनेकी थिई, ‘तेरो परमेश्वर खोइ त?’ त्यसले त्यो देख्नेछे र लाजले भुतुक्क हुनेछे। मेरा आँखाले नै त्यसको पतन देख्नेछन्। अहिले पनि त्यो गल्लीको हिलोझैँ खुट्टामुनि कुल्चिनेछे।
11
तिमीहरूका पर्खाल निर्माण गर्ने दिन, आफ्ना साँधसिमाना टाढ़ासम्म बढ़ाउने दिन आउनेछ।
12
त्यस दिन अश्शूरबाट र मिश्रका सहरहरूबाट, मिश्रदेखि लिएर यूफ्रेटिससम्मका र समुद्रदेखि लिएर समुद्रसम्मका र पर्वतदेखि लिएर पर्वतसम्मका मानिसहरू तिमीहरूकहाँ आउनेछन्।
13
तिनीहरूका कामको फलले गर्दा त्यसका बासिन्दाहरूको कारण पृथ्वी शून्य हुनेछ।
14
तपाईंका प्रजालाई तपाईंको लाठोले चराउनुहोस्, तपाईंका उत्तराधिकारको बगाललाई, जो स्वयम् मलिलो चरनमा र जङ्गलमा बस्तछन्। तिनीहरूलाई उहिलेका दिनमा झैँ बाशान र गिलादमा चरेर खान दिनुहोस्।
15
“तिमीहरू मिश्रदेखि निस्केर आएका दिनहरूझैँ म तिनीहरूलाई मेरा अचम्मका कामहरू देखाउनेछु।”
16
जाति-जातिहरूले देख्नेछन्, लज्जित हुनेछन्। तिनीहरूको सारा शक्ति नै खोसिनेछ। तिनीहरूले आफ्नो मुख हातले छोप्नेछन्, र तिनीहरूका कान बहिरा हुनेछन्।
17
तिनीहरूले साँपले झैँ, जमिनमा घस्रने जन्तुलेझैँ धूलो चाट्नेछन्। आफ्ना गुफाहरूबाट थरथर काम्दै तिनीहरू डरले आउनेछन्। परमप्रभु हाम्रा परमेश्वरकहाँ तिनीहरू भयमा आउनेछन् र तिमीहरूसित डराउनेछन्।
18
तपाईंजस्तो परमेश्वर को छ र, जसले पाप-क्षमा गर्नुहुन्छ, र आफ्नो निज उत्तराधिकारका बाँकी रहेकाहरूको अपराध माफ गरिदिनुहुन्छ? तपाईं सधैँसम्म रीस गर्नुहुन्न, तर कृपा गर्नमा खुशी हुनुहुन्छ।
19
हामीलाई तपाईंले फेरि टिठ्याउनुहुनेछ। तपाईंले हाम्रा पापहरूलाई खुट्टाले कुल्चनुहुनेछ र हाम्रा सबै अधर्म समुद्रको गहिराइमा फालिदिनुहुनेछ।
20
तपाईं याकूबप्रति सत्य रहनुहुनेछ र अब्राहामलाई कृपा देखाउनुहुनेछ, जसरी धेरै अघि तपाईंले शपथ खाएर हाम्रा पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको थियो।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
All chapters:
1
2
3
4
5
6
7