bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Micah 4
Micah 4
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 5 →
1
पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाड़चाहिँ पहाड़हरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँड़ाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन्।
2
धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन्।
3
उहाँले धेरै मानिसहरूका बीचमा इन्साफ गर्नुहुनेछ, र टाढ़ा-टाढ़ासम्मका बलिया जातिहरूका निम्ति झगड़ाको फैसला गर्नुहुनेछ। तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोका फाली र भालाहरू पिटेर छिमल्ने हँसिया बनाउनेछन्। जाति-जातिहरूले एक-अर्काको विरुद्धमा तरवार चलाउनेछैनन्, न त तिनीहरूले फेरि कहिल्यै लड़ाइँ गर्न तालीम लिनेछन्।
4
हरेक मानिस आफ्नो दाखको बोट र आफ्नो नेभाराको बोटमुनि बस्नेछ, र कसैले तिनीहरूलाई डर देखाउनेछैन, किनकि सर्वशक्तिमान् परमप्रभुले नै बोल्नुभएको छ।
5
सबै जातिहरू आ-आफ्ना देवताका नाउँमा हिँडून्, तर हामीचाहिँ सदासर्वदै परमप्रभु हाम्रा परमेश्वरको नाउँमा हिँड्नेछौं।
6
परमप्रभु घोषणा गर्नुहुन्छ, “त्यस दिन म लङ्गड़ाहरूलाई जम्मा गर्नेछु, अनि निर्वासितहरूलाई र जसलाई मैले शोकमा पारेको थिएँ, तिनीहरूलाई म भेला गर्नेछु।
7
लङ्गड़ाहरूलाई एउटा बाँकी भाग र टाढ़ा खेदिएकाहरूलाई एउटा सामर्थी जाति बनाउनेछु। परमप्रभुले तिनीहरूमाथि सियोन पर्वतमा त्यस दिनदेखि उसो सदासर्वदै राज्य गर्नुहुनेछ।
8
तँचाहिँ, ए बगालको धरहरा, सियोनकी छोरीको किल्ला, तँलाई पहिलेको राज्य फेरि फर्काइनेछ, यरूशलेमकी छोरीकहाँ राजपद फेरि आउनेछ।”
9
अब तिमी किन चिच्याई-चिच्याई रुन्छौ। के तिम्रा राजा छैनन्? के तिम्रो सल्लाहकार नष्ट भयो र प्रसववेदनामा परेकी स्त्रीलाई जस्तै तिमीलाई पीडाले पक्रेको छ?
10
हे सियोनकी छोरी, प्रसववेदनामा परेकी स्त्रीझैँ पीडाले छटपटाऊ, किनकि अब तिमीले यो सहर छोड्नैपर्छ र खुल्ल्ला मैदानमा पाल खड़ा गर्नुपर्छ। अब तिमी बेबिलोनमा जानेछौ। त्यहाँ तिमी छुटाइनेछौ। त्यहीँ नै परमप्रभुले तिमीलाई तिम्रा शत्रुहरूका हातबाट छुटकारा दिनुहुनेछ।
11
तर अहिले धेरै जातिहरू तिम्रो विरुद्धमा भेला भएका छन्। तिनीहरू भन्छन्, “त्यो अशुद्ध नै भइरहोस् र हाम्रो अहङ्कारी दृष्टिले सियोनलाई हेरोस्।”
12
तर तिनीहरूले परमप्रभुको विचारलाई जान्दैनन्। तिनीहरूले उहाँको युक्तिलाई बुझ्दैनन्, उहाँ, जसले खलामा बिटाहरू जम्मा गरेझैँ तिनीहरूलाई जम्मा गर्नुहुन्छ।
13
“हे सियोनकी छोरी, उठेर दाइँ गर्, किनकि म तँलाई फलामका सीङहरू दिनेछु, म तँलाई काँसाका खुर दिनेछु, र तैंले धेरै जातिहरूलाई चूर-चूर पार्नेछस्। तिनीहरूका अधर्मको कमाइ र तिनीहरूका सम्पत्ति सारा पृथ्वीका परमप्रभुमा अर्पण गर्नेछस्।”
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7