bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Ecclesiastes 11
Ecclesiastes 11
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 12 →
1
आफ्नो अन्न समुद्रपारि पठाऊ; धेरै दिनपछि तिमीले त्यसको नाफा पाउनेछौ।
2
सात, आठ भागमा लगानी गर; किनकि पृथ्वीमाथि के कस्ता विपत्ति आइपर्ला, त्यो तिमी जान्दैनौ।
3
यदि बादलहरू पानीले भरिएका छन् भने मात्र तिनीहरूले पृथ्वीमा पानी बर्साउँछन्। रूख चाहे दक्षिणपट्टि वा उत्तरपट्टि ढलोस्, त्यो ढलेकै ठाउँमा लडिरहन्छ।
4
जसले बतासको गतिलाई विचार गरिबस्छ, त्यसले कहिल्यै बिउ छर्नेछैन; अनि जसले बादलहरू हेरिबस्छ, त्यस मानिसले कटनी गर्नेछैन।
5
जसरी बतासको बाटो तिमी जान्दैनौ, अथवा आमाको गर्भमा बच्चा कसरी बन्दछ बुझ्दैनौ; त्यसरी नै तिमीले सबै थोक बनाउनुहुने परमेश्वरका कामहरू बुझ्न सक्दैनौ।
6
बिहानै तिमीले आफ्नो बिउ छर, साँझमा आफ्ना हातहरूलाई अल्छे हुन नदेऊ; किनकि कुनचाहिँ सप्रन्छ, यो कि त्यो; वा दुवै नै राम्ररी सप्रन्छन्, सो तिमी जान्दैनौ।
7
ज्योति मनमोहक हुन्छ, सूर्यलाई देख्दा आँखाहरू प्रसन्न हुन्छन्।
8
मानिस जतिसुकै वर्ष बाँचोस्, त्यो ती सबैमा आनन्दित होस्। तर अन्धकारका समयहरू पनि धेरै हुन्छन् भनी स्मरण गरोस्। जे कुरा हुन आउँछ, सबै अर्थहीन छ।
9
हे जवान मानिस, आफ्नो युवावस्थामा छँदै खुशी होऊ; जवान रहुन्जेल तिम्रो हृदयले तिमीलाई आनन्द देओस्। आफ्ना हृदयले चाहेको र आँखाहरूले देखेका बाटोलाई पछ्याऊ! तर याद राख: यी सबै कुराहरूका लागि परमेश्वरले तिमीलाई लेखा लिनुहुनेछ।
10
यसकारण अब आफ्ना हृदयबाट चिन्ता-फिक्रीलाई पर राख, र शरीरका कष्टहरूलाई पनि फ्याँकिदेऊ; किनकि युवावस्था र जोश पनि अर्थहीन हुन्।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12