bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Ecclesiastes 9
Ecclesiastes 9
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 10 →
1
यसकारण मैले यी सबै कुरामा सोचविचार गरेँ, र यो निष्कर्षमा पुगेँ: धर्मी र बुद्धिमान् र तिनका कामहरू परमेश्वरका हातमा छन्; तर कुनै पनि मानिसलाई प्रेम वा घृणा कुन चाहिँले त्यसलाई पर्खिराखेको हुन्छ भनेर थाहा हुँदैन।
2
सबैको गन्तव्य समान हुन्छ—धर्मी र अधर्मी, असल र खराब, औपचारिक रूपमा शुद्ध र अशुद्ध; बलिदान चढाउने र नचढाउने सबैको। जस्तो असल मानिसमाथि जे आइपर्छ, त्यस्तै पापीमाथि पनि त्यही नै आइपर्छ; शपथ खानेहरूमाथि जस्तो हुन्छ; त्यस्तै शपथ खान डराउने मानिसहरूमाथि पनि समान गन्तव्य हुन्छ।
3
सूर्यमुनि जे जति कुराहरू हुन्छन्, ती सबैमा दुष्टता छ: सबैको एउटै गन्तव्य हुन्छ। यसकासाथै मानिसहरूका हृदय खराबीले भरिएका हुन्छन्। तिनीहरू बाँचुन्जेल तिनीहरूका मन पागलपनाले भरिन्छ; त्यसपछि ती सबै मरेकाहरूकहाँ जान्छन्।
4
जो बाँचिरहने मानिसहरूका बीचमा हुन्छ, त्यसका लागि आशा छ—मरेको सिंहभन्दा त जिउँदो कुकुर नै असल हो!
5
किनभने जिउँदाहरूले उनीहरू मर्नेछन् भनेर जान्दछन्; तर मरेकाहरूले केही जान्दैनन्; न त तिनीहरूले केही प्रतिफल नै पाउनेछन्; र तिनीहरूका नामको सम्झना पनि हराउँछ।
6
तिनीहरूका प्रेम, घृणा र तिनीहरूका ईर्ष्या धेरै समयअगि नै लोप भएका छन्; सूर्यमुनि जे गरिन्छ त्यसमा, फेरि तिनीहरूको कहिल्यै केही भाग हुनेछैन।
7
आफ्नो बाटो लाग, आनन्दसाथ आफ्नो भोजन गर, आनन्दित हृदयले आफ्नो दाखमद्य पिऊ; किनकि परमेश्वर अगिदेखि नै तिम्रा कामहरूसँग खुशी हुनुहुन्छ।
8
सधैँ सेता वस्त्र लगाऊ; र सधैँ आफ्नो शिरमा तेल लगाऊ।
9
आफ्नी पत्नीसँग जीवनको आनन्द लेओ, जसलाई तिमी प्रेम गर्छौ, यस अर्थहीन जीवनका सारा दिनहरू, जुन परमेश्वरले तिमीलाई सूर्यमुनि दिनुभएको छ—सबै अर्थहीन दिनहरूमा आनन्द भोग गर। किनकि यस जीवनमा र सूर्यमुनि तिमीले गरेको परिश्रमको भाग त्यही हो।
10
तिम्रा हातले जे काम गर्न सक्छ, त्यो आफ्नो पूरा शक्तिले गर; किनकि चिहानमा, जहाँ तिमी जान्छौ, त्यहाँ न कुनै काम, न त केही योजना; न ज्ञान, न त बुद्धि नै हुनेछ।
11
मैले सूर्यमुनि अर्को एउटा कुरा देखेको छु: न त दौड चाँडो दगुर्नेको निम्ति हुन्छ, अथवा न त युद्ध बलियाका निम्ति नै हुन्छ, न बुद्धिमान्ले भोजन पाउँछ; न त प्रतिभाशालीले धनसम्पत्ति; वा ज्ञानी पुरुषले कृपादृष्टि नै पाउँछ; तर ती सबै जनाले समय र मौका पाउँदछन्।
12
यसबाहेक कुनै पनि मानिसले आफ्नो समय कहिले आउनेछ भनी जान्दैन; माछा निर्दयी जालमा परेझैँ, अथवा चराचुरुङ्गीहरू पासोमा फसेझैँ, मानिसहरू दुर्दशाको पासोमा पर्दछन्; ती दुर्दशा नचिताएका बेलामा आइलाग्दछन्।
13
मैले सूर्यमुनि अर्को बुद्धिको उदाहरण पाएँ, जसले ममाथि ठूलो प्रभाव पार्यो:
14
थोरै जनसंख्या भएको एउटा सानो सहर थियो; अनि एउटा शक्तिशाली राजाले त्यसलाई आक्रमण गर्न आए। तिनले चारैपट्टिबाट त्यसलाई घेरे, र त्यसका विरुद्धमा चारैतिर घेराबन्दी पर्खाल बनाए।
15
अनि त्यसै सहरमा एक जना गरिब, तर बुद्धिमान् मानिस बास गर्थ्यो; र त्यसले आफ्नो बुद्धिले त्यस सहरलाई बचायो। तर त्यस गरिबलाई कसैले स्मरण गरेनन्।
16
त्यसैले मैले भनेँ, “बुद्धि बलभन्दा असल हो।” तर गरिबको बुद्धिको अवहेलना हुन्छ, त्यसपछि त्यसका कुरामा कसैले ध्यान दिँदैनन्।
17
मूर्ख राजाको उच्च सोरभन्दा बुद्धिमान्का शान्त वचनमा धेरै ध्यान दिनुपर्छ।
18
युद्धका हातहतियारभन्दा बुद्धि उत्तम हो; तर एक जना पापीले धेरै असल कामलाई नाश पार्दछ।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12