bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Ecclesiastes 7
Ecclesiastes 7
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 8 →
1
असल नाम सुगन्धित अत्तरभन्दा उत्तम हो, अनि मृत्युको दिन जन्मेको दिनभन्दा उत्तम हो।
2
भोजको घरमा जानुभन्दा शोक परेको घरमा जानु उत्तम हो; किनकि मृत्यु हरेक मानिसको अन्त्य हो; जीवित मानिसले यो कुरा हृदयमा राखोस्।
3
शोक गर्नु हाँसोभन्दा उत्तम हो; किनकि उदास अनुहार हृदयको निम्ति असल हुन्छ।
4
बुद्धिमान्को हृदय शोकको घरमा हुन्छ, तर मूर्खको हृदय भोजको घरमा हुन्छ।
5
मूर्खको गीत सुन्नुभन्दा बुद्धिमान् मानिसको हप्काइमा ध्यान दिनु उत्तम हो।
6
मूर्खको हाँसो, भाँडामुनि आगोमा पड्कने काँडाजस्तो हो। यो पनि अर्थहीन छ।
7
बलपूर्वक प्राप्त गरेको धनले बुद्धिमान् मानिसलाई मूर्ख बनाउँछ, अनि घूसले हृदयलाई भ्रष्ट पार्दछ।
8
कुनै पनि कुराको सुरुभन्दा त्यसको अन्त्य उत्तम हो; र अहङ्कारी हुनुभन्दा सहनशील हुनु उत्तम हो।
9
झट्टै रिस नदेखाऊ; किनकि रिस मूर्खहरूको काखैमा बास गर्दछ।
10
“बितेका दिनहरू वर्तमानभन्दा किन असल थिए?” भनी नभन। किनकि यस्ता प्रश्नहरू गर्नु बुद्धिमानी होइन।
11
बुद्धि, पैतृक सम्पत्तिजस्तै असल चीज हो, र सूर्य देख्नेहरूलाई फाइदा हुँदछ।
12
जसरी धन एउटा आश्रय हो, त्यसरी नै बुद्धि पनि एक आश्रय हो; तर ज्ञानको फाइदा यही होः बुद्धिले बुद्धिमान् मानिसलाई जोगाइराख्छ।
13
परमेश्वरले के गर्नुभयो, ती विचार गर: उहाँले बाङ्गो बनाउनुभएको कुरालाई कसले सीधा पार्न सक्छ?
14
जब समय असल हुँदछ, खुशी होऊ; तर जब समय खराब हुँदछ, तब यस कुरामा विचार गर: ती दुवै समय परमेश्वरले नै बनाउनुभएको हो। यसकारण मानिसले आफ्नो भविष्यको बारेमा केही पत्ता लगाउन सक्दैन।
15
मेरो यो अर्थहीन जीवनमा मैले यी दुवै कुरा देखेको छु: धर्मी आफ्नो धार्मिकतामा नष्ट भएको, र दुष्ट आफ्नो दुष्टतामा धेरै दिनसम्म बाँचेको।
16
धेरै धर्मी नहोऊ, र धेरै बुद्धिमानी नहोऊ— किन आफैँलाई नाश गर्छौ?
17
धेरै दुष्ट नहोऊ, र मूर्ख नहोऊ— आफ्नो समयभन्दा अगि नै किन मर्छौ?
18
एउटा कुरोलाई समाउनु, र अर्को कुरालाई नगुमाउनु असल हो। जसले परमेश्वरको भय मान्दछ, त्यसले दुवैलाई पछ्याउँछ।
19
बुद्धिले बुद्धिमान् मानिसलाई सहरका दश जना शासकहरूभन्दा शक्तिशाली बनाउँदछ।
20
वास्तवमा पृथ्वीमा एक जना पनि धर्मी मानिस छैन, जसले हर समय ठिक काम गर्दछ र कहिल्यै पाप गर्दैन।
21
मानिसहरूले भनेका हरेक कुरामा ध्यान नदेऊ; नत्रता तिमीले आफूलाई तिम्रै सेवकले तिमीलाई सरापेको सुन्नेछौ;
22
किनकि तिमीलाई आफ्नो हृदयमा थाहा छ, धेरैचोटि तिमी आफैँले अरूलाई सरापेका छौ।
23
मैले यी सबै कुरा बुद्धि लगाएर जाँच गरेँ। अनि मैले भनेँ, “मैले बुद्धिमान् हुने निश्चय गरेको छु”— तर यो मबाट टाढै रह्यो;
24
जे जति छ, त्यो मानवीय समझभन्दा धेरै टाढा छ— कसले त्यो पत्ता लगाउन सक्छ र?
25
यसैकारण मैले बुद्धिलाई बुझ्न, खोज्न र जाँच गर्न, र हरेक वस्तुको कारण बुझ्नमा आफ्नो मन लगाएँ; अनि दुष्टताको मूर्खता र मूर्खताको पागलपन बुझ्न चाहेँ।
26
मैले यो पत्ता लगाएँ, मृत्युभन्दा तितो त्यो स्त्री हो, जो एक पासोजस्तै हो; जसको हृदय एउटा धराप र जसका हात साङ्लो हो। परमेश्वरलाई प्रसन्न तुल्याउने व्यक्ति यस्तो स्त्रीबाट उम्कनेछ, तर पापीलाई त्यसले जालमा पार्नेछे।
27
उपदेशक भन्दछन्, “हेर, मैले यो कुरा पत्ता लगाएको छु: “हरेक वस्तुको कारण बुझ्नलाई, एउटासँग अर्को कुरा थप्दै,
28
जब मैले खोजिरहेको थिएँ, तर भेट्टाएको थिइनँ, एक हजार मानिसबीच एउटा धर्मी पुरुष भेट्टाएँ; तर सम्पूर्ण स्त्रीहरू बीचमा त एउटै पनि धर्मी स्त्री भेट्टाइनँ।
29
मैले यो मात्र थाहा पाएँ: परमेश्वरले मानव-जातिलाई सोझो बनाउनुभएको हो; तर तिनीहरूचाहिँ अनेक योजनाहरू खोज्नका पछि लागेका छन्।”
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12