bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Ecclesiastes 4
Ecclesiastes 4
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 5 →
1
फेरि मैले विचार गरेँ, र सूर्यमुनि भइरहेका सबै अत्याचारहरूलाई देखेँ: मैले अत्याचारमा परेकाहरूका आँसु देखेँ; र तिनीहरूलाई सान्त्वना दिने कोही थिएन; अत्याचार गर्नेहरूको हातमा शक्ति थियो, र अत्याचारमा परेकाहरूलाई सान्त्वना दिने कोही थिएन।
2
अनि मैले यो घोषणा गरेँ, मृतकहरू, जो मरिसकेका थिए; तिनीहरू अझै जीवितै रहेकाहरूभन्दा धेरै आनन्दित छन्।
3
तर ती दुवैभन्दा अझ धेरै सुखीचाहिँ त्यो मानिस हो, जो जन्मिएकै छैन; जसले सूर्यमुनि भइरहेको दुष्ट काम देखेकै छैन।
4
अनि मैले देखेँ, मानिसका सम्पूर्ण परिश्रम र उपलब्धीहरूको मूलचाहिँ त्यसको आफ्ना छिमेकीमाथि भएको डाह हो। यो पनि अर्थहीन छ, बतासलाई खेदेको जस्तो मात्र हो।
5
मूर्खले आफ्ना हातहरू बाँधेर राख्छ, र आफ्नो निम्ति आफैँ विनाश ल्याउँछ।
6
दुई हातको परिश्रमले कमाएको र बतासलाई खेदेको दुई मुट्ठीभन्दा शान्तिको साथमा एक मुट्ठी हुनु अझ असल हो।
7
फेरि मैले सूर्यमुनि केही अर्थहीन कुरा देखेँ:
8
त्यहाँ नितान्त एउटा एकलो मानिस थियो; उसको न छोरो, न त दाजुभाइ थिए। उसको परिश्रमको अन्त्य थिएन; तापनि उसका आँखाहरू आफ्नो धनसम्पत्तिमा सन्तुष्ट थिएनन्। उसले आफैँलाई सोध्यो, “म कसका निम्ति परिश्रम गरिरहेको छु? र किन आफैँलाई जीवनका आनन्दबाट वञ्चित गर्दैछु?” यो पनि अर्थहीन छ, एक दुःखदायी कुरा हो।
9
एक जनाभन्दा दुई जना असल हुन्, किनकि तिनीहरूले मेहनतको असल फल पाउँदछन्:
10
यदि कुनै एउटा लड्यो भने, अर्कोले त्यसलाई उठ्न मदत गर्न सक्छ; तर लड्दा उठाउने कोही नहुँदा कस्तो दुःखको कुरा हुन्छ!
11
फेरि, दुई जना सँगै सुते भने तिनीहरूलाई न्यानो हुन्छ; तर एकलो त कसरी न्यानो हुन सक्छ र?
12
एकलो मानिसलाई कसैले जित्ला; तर दुई जनाले त आफ्नो रक्षा गर्न सक्छन्। अनि तीन सुतरीले बाटेर बनेको डोरी झट्टै चुँडिदैन।
13
एक गरिब तर बुद्धिमान् युवक एक बूढो तर निर्बुद्धि राजाभन्दा उत्तम हो; जसले कसरी सल्लाह लिने भन्ने कुरा पनि जान्दैन।
14
त्यो युवक झ्यालखानाबाट छुटेर राजा बन्न आइपुगेको हुन सक्छ, अथवा उनकै राज्यमा गरिबीमा जन्मेको हुन सक्छ।
15
तर मैले सूर्यमुनि बास गर्ने र हिँड्डुल गर्ने सबै मानिसहरू राजाको उत्तराधिकारी त्यही युवकको पछि-पछि लागेका देखेँ।
16
तिनीहरूभन्दा अगिका सबै मानिसहरूको संख्या अनगन्ती थिए। तर पछिबाट आउनेहरू त्यस उत्तराधिकारीसित खुशी भएनन्। यो पनि अर्थहीन रहेछ, केवल बतासलाई खेदेको जस्तो मात्र।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12