bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Ecclesiastes 6
Ecclesiastes 6
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 7 →
1
मैले सूर्यमुनि अर्को एउटा खराबी देखेँ, जो मानिस जातिहरूका बीचमा अति व्यापक भएको छ।
2
परमेश्वरले कसैलाई धन, सम्पत्ति र इज्जत दिनुहुन्छ; अनि त्यसको हृदयले चाहेका कुनै कुराको अभाव त्यसलाई हुँदैन, तर उहाँले त्यसबाट आनन्दित हुने क्षमता भने दिनुहुन्न। बरु त्यसको सट्टामा एउटा अपरिचित व्यक्ति आएर ती कुराको आनन्द लिँदछ; यो अर्थहीन हो र दुःखलाग्दो खराबी हो।
3
कुनै मानिस एक सय छोराछोरीसहित धेरै वर्ष बाँच्ला, तर जति नै लामो त्यसको आयु भए तापनि त्यसले आफ्नो समृद्धिको आनन्द भोग गर्न सक्दैन, र मरेपछि राम्ररी मृत-संस्कार पाउँदैन भने म भन्छु, त्यो मानिसभन्दा त एउटा नजन्मँदै तुहेको बच्चा नै असल हो।
4
त्यो अर्थहीनमा जन्मन्छ, र अन्धकारमा लोप हुन्छ; अनि त्यसको नाम अन्धकारमा नै हराउँछ।
5
त्यसले कहिल्यै सूर्य देखेको हुँदैन, र केही कुरा जानेको पनि हुँदैन; तर त्यस मानिसले भन्दा त धेरै आराम पाउँदछ—
6
यदि त्यो मानिस दुई हजार वर्ष बाँचेर पनि आफ्नो समृद्धिको सुख भोग गर्न असफल हुन्छ भने आखिरमा सबै एउटै ठाउँमा जाँदैनन् र?
7
मानिसले जति परिश्रम गर्दछ, त्यो पेट भर्नको निम्ति मात्र हो, तर पनि त्यसको खाने इच्छा कहिल्यै मेटिँदैन।
8
एउटा बुद्धिमान् मानिसलाई मूर्खबाट के लाभ हुन्छ र? गरिबले यो जानेर के फाइदा छ, कि अरू मानिसहरूका अगि कस्तो व्यवहार गर्ने?
9
आँखासामु जे छ, त्यसमा सन्तुष्ट हुनु धेरै कुराको चाहना गर्नुभन्दा असल हो; यो पनि अर्थहीन छ, बतासलाई खेदेको जस्तो मात्र हो।
10
जे छँदैछ, त्यसलाई नाम दिइसकिएको छ, र मानवता के हो, त्यो जानिएकै छ। आफूभन्दा बलियोसँग कसैले पनि विरोध गर्न सक्दैन।
11
जति धेरै कुरा, त्यति नै कम अर्थ हुन्छ। त्यसले मानिसलाई के फाइदा हुन्छ र?
12
किनकि छायाजस्तै बितेर जाने मानिसको जीवनको यो छोटो र अर्थहीन दिनहरूमा, त्यसको लागि कुन कुरो असल छ भनी कसले जान्दछ र? त्यो मरेपछि सूर्यमुनि के हुनेछ, त्यसलाई कसले बताउन सक्छ र?
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12