bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Hebrews 11
Hebrews 11
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 12 →
1
अब विश्वासचाहिँ हामीले गरेको आशाको निश्चयता र हामीले नदेखेका कुराको दृढ भरोसा हो।
2
यही विश्वासद्वारा प्राचीन कालका मानिसहरूको प्रशंसा भएको थियो।
3
विश्वासैद्वारा हामी बुझ्दछौँ, कि परमेश्वरको वचनले विश्व बनियो, र देखिने कुराहरू नदेखिने थोकहरूबाट बनिए।
4
विश्वासैद्वारा हाबिलले परमेश्वरलाई कयिनले भन्दा उत्तम बलिदान चढाए। परमेश्वरले तिनको भेटीको विषयमा असल कुरा भन्नुहुँदा विश्वासैबाट तिनले धर्मी मानिस हुन् भन्ने प्रशंसा पाए। तिनी मरेर गए, तापनि तिनी विश्वासैद्वारा अझ बोलिरहेका छन्।
5
विश्वासद्वारा नै हनोकले मृत्युको अनुभव नगरी उठाइए: “अनि तिनी फेला परेनन्; किनकि परमेश्वरले नै तिनलाई उठाइलैजानुभयो;” किनकि तिनी उठाइनुअगि नै तिनले परमेश्वरलाई खुशी पार्ने व्यक्तिको रूपमा प्रशंसा पाएका थिए।
6
विश्वासविना परमेश्वरलाई खुशी पार्न असम्भव छ; किनकि जो परमेश्वरकहाँ आउँछन्, तिनले उहाँ हुनुहुन्छ अनि उहाँलाई खोज्नेहरूलाई पुरस्कार दिनुहुन्छ भनी विश्वास गर्नुपर्छ।
7
विश्वासैद्वारा नोआले नदेखेका कुराहरूको विषयमा चेतावनी पाउँदा आफ्नो परिवारलाई बचाउनको लागि आदरको भयमा एउटा जहाज बनाए। आफ्नो विश्वासद्वारा तिनले संसारलाई दोषी ठहराए, र विश्वासैद्वारा धार्मिकताका उत्तराधिकारी भए।
8
विश्वासैद्वारा अब्राहामले उनलाई जानू भनेको ठाउँमा आज्ञाकारी भएर गए, जुन ठाउँ पछिबाट मात्रै उत्तराधिकारको रूपमा प्राप्त हुनेवाला थियो। यद्यपि तिनी कहाँ जानुपर्ने हो, सो थाहा थिएन।
9
विश्वासैद्वारा परदेशीझैँ भएर तिनी प्रतिज्ञाको देशमा रहे, तिनी इसहाक र याकोबसँग पालमा बसे; जो तिनीजस्तै त्यही प्रतिज्ञाका उत्तराधिकारीहरू थिए।
10
किनकि तिनले स्थायी जग भएको सहरलाई हेरिरहेका थिए, जसको रचनाकार र निर्माता परमेश्वर नै हुनुहुन्छ।
11
साराको गर्भधारण गर्ने उमेर गइसकेको भए तापनि विश्वासैद्वारा तिनले गर्भधारण गर्ने क्षमता प्राप्त गरिन्; किनकि प्रतिज्ञा दिनुहुने विश्वासयोग्य हुनुहुन्छ भनी तिनले विश्वास गरिन्।
12
यसरी नै यी एक जना मानिस, जो मरेतुल्य भए तापनि यिनैबाट आकाशका अनगन्ती ताराहरू र समुद्रका किनारका बालुवाझैँ असंख्य सन्तान भए।
13
यी सबै मानिसहरू मृत्युसम्म विश्वासमै बाँचेका थिए। तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू पाएनन्, तर (विश्वासद्वारा) तिनीहरूले टाढैबाट देखेर स्वागत गरे; किनकि तिनीहरू यस संसारमा बिराना र परदेशी हुन् भनी तिनीहरूले मानिलिए।
14
यस्ता कुराहरू गर्ने मानिसहरूले यो देखाउँछन्, कि तिनीहरूले त्यो देशको खोजी गरिरहेका छन्, जो तिनीहरूको आफ्नै थियो।
15
यदि तिनीहरूले आफूले छोडेर आएको देश नै सम्झिरहेको भए, तिनीहरूलाई फर्किजाने मौका मिल्नेथियो।
16
यसको सट्टामा तिनीहरूले त अझ उत्तम देश अर्थात् स्वर्गीय देशको प्रतीक्षा गरिरहेका थिए। यसकारण परमेश्वर तिनीहरूका परमेश्वर हुँ भन्न शर्माउनुभएन; किनकि उहाँले तिनीहरूका निम्ति एउटा सहर तयार गरिदिनुभएको छ।
17
विश्वासैद्वारा अब्राहामले, तिनको परमेश्वरद्वारा जाँच हुँदा इसहाकलाई बलिदानको रूपमा चढाइहालेका थिए। अब्राहाम, जसले प्रतिज्ञालाई अँगालेका थिए, तिनैले आफ्नो एउटै पुत्रलाई बलिदान चढाउन तयार भएका थिए;
18
यद्यपि परमेश्वरले तिनलाई भन्नुभएको थियो, “इसहाकबाट नै तेरो वंशको नाम रहनेछ।”
19
परमेश्वरले मरेकाहरूलाई पनि जीवित पार्न सक्नुहुन्छ भनी अब्राहामले तर्क गरेर सोचे, र एक अर्थमा इसहाकलाई मृत्युबाट फिर्ता पाए।
20
विश्वासैद्वारा इसहाकले याकोब र एसावलाई तिनीहरूका भविष्यबारे आशिष् दिए।
21
विश्वासैद्वारा याकोबले आफू मर्ने बेलामा र आफ्नो लहुरोको टुप्पोमा अडेस लागेर योसेफका दुवै छोरालाई आशीर्वाद दिए।
22
विश्वासैद्वारा योसेफले पनि आफ्नो अन्त्य नजिक आइपुग्दा इस्राएलीहरू इजिप्टबाट निस्केर आउने कुरा गरे, र आफ्ना हड्डीहरू गाड्ने विषयमा निर्देशन दिए।
23
विश्वासैद्वारा मोशाका आमाबुबाले तिनी जन्मेपछि तीन महिनासम्म लुकाइ राखे; किनकि तिनीहरूले बालक असाधारण भएको देखे, र तिनीहरूले राजाको हुकुमदेखि डर मानेनन्।
24
विश्वासैद्वारा मोशाले, जवान भएपछि फारोकी छोरीको छोरा कहलाइन अस्वीकार गरे।
25
पापको सुख केही समयसम्म भोग्नुभन्दा परमेश्वरका जनहरूसित थिचोमिचोमा पर्नु तिनी राजी भए।
26
इजिप्टको धनसम्पत्तिभन्दा ख्रीष्टको निम्ति निन्दित हुन तिनले बढ्ता मूल्यको सम्झे; किनकि तिनले आफ्नो दृष्टिलाई पछि प्राप्त हुने प्रतिफलतिर लगाएका थिए।
27
विश्वासैद्वारा तिनले राजाको रिसको डरै नमानी इजिप्ट देशलाई त्यागे; किनकि अदृश्य हुनुहुने परमेश्वरलाई देखेर तिनी स्थिर रहिरहे।
28
पहिले जन्मेकोलाई नाश गर्नेले इस्राएलका पहिले जन्मेकाहरूलाई छुन नपाऊन् भनेर तिनले विश्वासद्वारा निस्तार चाडको विधि पालन गरे र रगतको प्रयोग गरे।
29
विश्वासैद्वारा मानिसहरूले लाल समुद्र सुक्खा जमिनझैँ तरे; तर जब इजिप्टियनहरूले त्यसै गर्न खोज्दा, तिनीहरू डुबेर मरे।
30
सात दिनसम्म सेनाहरूले यरीहोको परिक्रमा गरेपछि विश्वासैद्वारा पर्खालहरू ढले।
31
विश्वासैद्वारा राहाब वेश्या ती अनाज्ञाकारीहरूसित मारिइनन्; किनकि तिनले ती जासुसहरूलाई स्वागत गरेकी थिइन्।
32
अनि अझ बढ्ता म के भनूँ? गिदोन, बाराक, शिमशोन, यिप्ता, दावीद, शमूएल र अगमवक्ताहरू यी सबैको विषयमा बयान गरिरहने समय मसित छैनँ।
33
उनीहरूले विश्वासैद्वारा राज्यहरू जिते, न्याय दिए, प्रतिज्ञा गरिएका थोकहरू प्राप्त गरे, उनीहरूले सिंहका मुखहरू थुने,
34
दन्केको आगोको ज्वालाहरू निभाए, र तरवारको धारबाट उम्के। उनीहरूका कमजोरीहरू शक्तिमा परिवर्तन भए, र उनीहरू लडाइँहरूमा शक्तिशाली भए, र विदेशी सेनाहरूलाई परास्त गरे।
35
स्त्रीहरूले आफ्ना प्रिय जनहरूलाई मृत्युबाट फेरि जीवित प्राप्त गरे। अरूहरू सताइए, र अझ उत्तम पुनरुत्थान प्राप्त गर्न सकौँ भनेर छुटकारा पनि अस्वीकार गरे।
36
कतिले गिल्ला र कोर्राको सामना गरे, कतिपयहरूचाहिँ साङ्लाले बाँधिएर कैदमा हालिए।
37
तिनीहरू ढुङ्गाले हानेर मारिए, करौँतीले दुई फ्याक पारिए, र तिनीहरू तरवारद्वारा मारिए। तिनीहरू भेडा र बाख्राका छाला लगाएर भौँतारिँदै हिँडे; दरिद्रतामा परे, सताइएर दुर्व्यवहारमा परे।
38
संसार तिनीहरूका लागि योग्यको थिएन। तिनीहरू पाखापखेरा, गुफाहरू र खाडलहरूभित्र रहँदै मरुभूमि र पहाडहरूमा भौँतारिँदै हिँडे।
39
अनि तिनीहरूले आफ्ना विश्वासको निम्ति प्रशंसा पाए, तर प्रतिज्ञा गरिएका थोकहरू भने कसैले पनि पाएनन्।
40
परमेश्वरले हाम्रो निम्ति केही उत्तम योजना राख्नुभएको थियो, ताकि हामीहरूसँगै तिनीहरू सिद्ध होऊन्।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13