bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Hebrews 3
Hebrews 3
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 4 →
1
यसकारण हे स्वर्गीय बोलावटका सहभागी, प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, हामीले प्रेरित र प्रधान पुजारीको रूपमा स्वीकार गरेका हाम्रा येशूमा आफ्ना विचारहरू दृढतापूर्वक राखिदेओ।
2
जसरी मोशा परमेश्वरको घरमा विश्वासयोग्य थिए, त्यसरी नै येशू पनि आफूलाई नियुक्त गर्नुहुने परमेश्वरप्रति विश्वासयोग्य हुनुहुन्थ्यो।
3
घरको भन्दा घर बनाउनेको आदर बढी भएझैँ, येशू पनि मोशाभन्दा बढी आदरको योग्य ठहरिनुभएको छ।
4
किनकि प्रत्येक घर कसैले बनाएको हुन्छ; तर परमेश्वर नै हरेक थोकका निर्माता हुनुहुन्छ।
5
अनि भविष्यमा परमेश्वरले के भन्नुहुनेछ भनेर साक्षी दिँदै, “परमेश्वरको सम्पूर्ण परिवारमा मोशा सेवकझैँ विश्वासयोग्य थिए।”
6
तर परमेश्वरको सम्पूर्ण परिवारमा ख्रीष्टचाहिँ पुत्रको रूपमा विश्वासयोग्य हुनुहुन्छ। अनि साहसमा र हामीले गर्व गरेको आशामा अडिरह्यौँ भने हामी उहाँका परिवार हौँ।
7
यसकारण जसरी पवित्र आत्मा भन्नुहुन्छ: “आज तिमीहरूले उहाँको सोर सुन्यौ भने,
8
उजाडस्थानमा परीक्षाको समयमा तिमीहरू बागी भएझैँ, आफ्ना हृदयलाई कठोर नपार,
9
जहाँ चालीस वर्षसम्म मैले गरेका कामहरू देखेर पनि तिमीहरूका पुर्खाहरूले मलाई जाँच र परीक्षा गरेका थिए।
10
त्यसैकारण म त्यस पुस्तासँग रिसाएको थिएँ; अनि मैले भनेँ, ‘तिनीहरूका हृदय सधैँ बरालिन्छन्, र तिनीहरूले मेरा मार्गहरू जानेका छैनन्।’
11
यसकारण मैले आफ्नो क्रोधमा शपथ खाएर घोषणा गरेँ, ‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा पस्नेछैनन्।’ ”
12
यसकारण हे दाजुभाइ-दिदीबहिनीहरू हो, यसमा विचार गर, कि तिमीहरूसँग जीवित परमेश्वरदेखि टाढा रहने पापपूर्ण र अविश्वासी हृदय नहोस्।
13
तर “आजको दिन” रहँदा नै एक-अर्कालाई दिनहुँ ढाडस देओ, ताकि तिमीहरूमध्ये कोही पनि पापको छलद्वारा कठोर नबनोस्।
14
हामीसँग भएको आत्मविश्वासलाई दृढतापूर्वक अन्त्यसम्मै पक्रिराख्यौँ भने हामी ख्रीष्टका सहभागी भएका छौँ।
15
जसरी धर्मशास्त्रमा लेखिएको छ: “आज तिमीहरूले उहाँको सोर सुन्यौँ भने, तिमीहरू बागी हुँदा गरेझैँ आफ्ना हृदयलाई कठोर नबनाओ।”
16
सुनेर बागी हुने तिनीहरू को थिए? के तिनीहरू नै होइनन्, जसलाई मोशाले इजिप्टबाट डोर्याएर निकालेका थिए?
17
अनि उहाँ कोसँग चालीस वर्षसम्म रिसाउनुभएको थियो? के तिनीहरूसितै होइन र, जसले पाप गरे, र जसका शरीरहरू मरुभूमिमा नष्ट भए?
18
अनि परमेश्वरले उहाँको विश्राममा प्रवेश गर्नेछैनौ भनी कोसँग शपथ खानुभएको थियो, तिनीहरूसँग नै होइन र, जो अनाज्ञाकारी बने?
19
यसरी हामी देख्दछौँ, कि तिनीहरूका अविश्वासको कारणले तिनीहरू विश्राममा प्रवेश गर्न सकेनन्।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13