bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Hebrews 7
Hebrews 7
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 8 →
1
यिनै मल्कीसेदेक, शालेमका राजा र सर्वोच्च परमेश्वरका पुजारी थिए। तिनले राजाहरूलाई जितेर फर्किरहेका अब्राहामलाई भेटेर आशिष् दिए;
2
अनि अब्राहामले तिनलाई हरेक कुराको दशांश दिए। मल्कीसेदेकको नामको अर्थ “धार्मिकताका राजा” र त्यसपछि, “शालेमका राजा” अर्थात् “शान्तिका राजा” हो।
3
तिनी आमाबुबाविना, वंशावलीविना, जीवनको सुरु र अन्त्यविना नै परमेश्वरका पुत्रसमान सदाकाल पुजारी भइरहनेछन्।
4
विचार मात्र गर, तिनी कति महान् थिए: कुलपिता अब्राहाम समेतले तिनलाई युद्धमा जितेका मालबाट दशांश दिए!
5
अब लेवी वंशबाट भएका पुजारीहरूले मात्र मानिसहरूबाट अथवा तिनीहरूका सङ्गी इस्राएलीहरूबाट दशांश उठाउन सक्छन् भनी व्यवस्थाले अनुमति दिन्छ। यद्यपि तिनीहरू पनि अब्राहामकै सन्तानहरू हुन्;
6
यी मल्कीसेदेकचाहिँ लेवीको कुलबाट आएका होइनन्, तर पनि अब्राहामबाट दशांश लिए, र प्रतिज्ञा पाउनेलाई आशिष् दिए।
7
अनि सानो व्यक्तिले ठूलो व्यक्तिबाट आशिष् पाउँछन् भन्ने कुरामा कुनै शङ्का छैन।
8
एकातिर, दशांश मरेर जानेहरूले लिन्छन्; तर अर्कोतिर, दशांश तिनले लिन्छन्, जसलाई सदासर्वदा जीवित घोषणा गरिन्छ।
9
कसैले यसो पनि भन्न सक्छ, दशांश लिने लेवीले कुलपिता अब्राहामद्वारा दशांश दिए।
10
किनकि मल्कीसेदेकले अब्राहामलाई भेट्दा लेवीचाहिँ आफ्नो पुर्खाको शरीरभित्रै थिए।
11
परमेश्वरले इस्राएलीहरूलाई दिइएको व्यवस्थाको आधारमा यदि लेवीहरूको पुजारीपनद्वारा सिद्धता प्राप्त हुनसक्ने भए किन हारूनको दर्जाबमोजिम नभई, तर मल्कीसेदेकको दर्जाबमोजिम पुजारी आउने आवश्यकता पर्यो?
12
किनकि पुजारीपन बदली हुँदा व्यवस्था पनि बदली हुनुपर्छ।
13
जसको लागि यी कुराहरू भनिए, उहाँ त बेग्लै कुलको हुनुहुन्थ्यो, र त्यस कुलबाट कसैले कहिल्यै पुजारी भएर वेदीको सेवा गरेन।
14
किनकि यो स्पष्ट छ, हाम्रा प्रभु यहूदाको कुलबाट आउनुभयो, जुन कुलको विषयमा मोशाले पुजारी हुने कुरा गरेकै छैनन्।
15
यदि मल्कीसेदेकझैँ अर्को पुजारी उठ्ने हो भनेता हामीले जे भन्यौँ, त्यो अझ स्पष्ट हुन्छ;
16
उहाँ, जो पुर्ख्यौलीको नियमको आधारमा होइन, तर एउटा अविनाशी जीवनको शक्तिको आधारमा पुजारी हुनुभयो।
17
किनकि धर्मशास्त्रमा उहाँको बारेमा यो घोषणा भएको छ: “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सदासर्वदाको लागि पुजारी हौ।”
18
अगिल्लो नियम कमजोर र काम नलाग्ने भएकोले खारेज गरियो;
19
जसको साटो अझ उत्तम आशा उपस्थित गराइयो, जसद्वारा हामी परमेश्वरको नजिक जान्छौँ; किनकि व्यवस्थाले कुनै थोकलाई सिद्ध तुल्याएन।
20
अनि यो शपथविना भएन। अरूचाहिँ शपथविना नै पुजारी भए;
21
तर उहाँचाहिँ शपथसहित पुजारी हुनुभयो, जब परमेश्वरले उहाँलाई भन्नुभयो: “परमप्रभुले शपथ खानुभएको छ; अनि आफ्नो मन बदल्नुहुनेछैन: ‘तिमी सदासर्वदाको लागि पुजारी हौ।’ ”
22
यस शपथको कारण येशू करारको अझ उत्तम जमानी हुनुभयो।
23
संख्यामा अरू धेरै पुजारीहरू थिए, तर मृत्युको कारणले तिनीहरूलाई निरन्तर पुजारीको काम गरिरहन दिएन।
24
तर येशूचाहिँ सधैँ बाँचिरहनुहुने हुनाले उहाँको पुजारीपन अनन्तको लागि नै छ।
25
यसकारण जति जना उहाँद्वारा परमेश्वरमा आउँछन्, तिनीहरूलाई सदासर्वदा पूर्णतया बचाउन सक्नुहुन्छ; किनकि तिनीहरूको मध्यस्थता गर्न उहाँ सधैँ जिउनुहुन्छ।
26
यस्ता प्रधान पुजारीले नै हाम्रा खाँचोहरू पूरा गर्नुहुन्छ। जो पवित्र, दोषरहित, शुद्ध, पापीहरूबाट अलग गरिएका स्वर्गहरूभन्दा माथि उच्च पारिनुभएको छ।
27
अरू प्रधान पुजारीहरूलाई जस्तो पहिले आफ्नै पापहरूको लागि, र मानिसहरूका पापहरूको लागि दिनहुँ बलिदान चढाइरहने आवश्यकता उहाँलाई पर्दैन। उहाँले आफूलाई अर्पण गरेर एकै पल्ट सदाको लागि तिनीहरूका पापको बलिदान दिनुभयो।
28
किनकि व्यवस्थाले कमजोरी भएका मानिसहरूलाई प्रधान पुजारी नियुक्त गर्छ, तर व्यवस्थापछि आएको शपथले परमेश्वरको पुत्रलाई नियुक्त गर्यो, जो सदासर्वदाको लागि सिद्ध तुल्याइनुभएको छ।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13