bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Hebrews 4
Hebrews 4
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 5 →
1
यसकारण परमेश्वरको विश्राममा पस्न पाउने प्रतिज्ञा अझै पनि रहेकोले तिमीहरूमध्ये कोही पनि वञ्चित हुन नपरोस् भनी हामी होसियार रहौँ।
2
किनकि तिनीहरूलाई झैँ हामीलाई पनि सुसमाचार प्रचार गरिएको हो, तर तिनीहरूले सुनेको सन्देश तिनीहरूलाई लाभदायक भएन; किनभने तिनीहरूले आज्ञापालन गर्नेहरूको जस्तो विश्वास गरेनन्।
3
तर हामी जतिले विश्वास गरेका छौँ, त्यस विश्राममा प्रवेश गरेका छौँ, जसरी परमेश्वरले भन्नुभएको छ: “यसैले मैले आफ्नो क्रोधमा शपथ खाएर घोषणा गरेँ, ‘तिनीहरू कहिल्यै मेरो विश्राममा पस्नेछैनन्।’ ” किनकि उहाँका कामहरू त संसारको उत्पत्तिदेखि नै पूरा भइसकेका थिए।
4
तथापि धर्मशास्त्रमा परमेश्वरले सातौँ दिनको विषयमा यसरी वर्णन गर्नुभएको छ: “अनि सातौँ दिनमा उहाँले आफ्ना सबै कामबाट विश्राम लिनुभयो।”
5
फेरि यसै खण्डमा उहाँ भन्नुहुन्छ, “तिनीहरू कहिल्यै पनि मेरो विश्राममा पस्नेछैनन्।”
6
यसकारण कतिपय त्यस विश्राममा प्रवेश गर्न बाँकी नै छ, जसलाई पहिले सुसमाचार प्रचार गरिएको थियो, तिनीहरू प्रवेश गर्न पाएनन्; किनकि तिनीहरू अनाज्ञाकारी थिए।
7
यसकारण फेरि परमेश्वरले कुनै एउटा दिनलाई “आज” भनेर छुट्याउनुभयो, जब धेरै समयपछि उहाँले अगि भनिएकोझैँ दावीदद्वारा फेरि भन्नुभयो: “आज तिमीहरूले उहाँको सोर सुन्यौ भने, आफ्ना हृदयलाई कठोर नबनाओ।”
8
किनकि यदि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए, परमेश्वरले पछिबाट अर्को दिनको विषयमा भन्नुहुने थिएन।
9
यसकारण परमेश्वरका जनहरूका निम्ति शब्बाथको विश्राम बाँकी नै छ;
10
किनकि जसले परमेश्वरको विश्राममा प्रवेश गर्नेछन्, परमेश्वरले आफ्ना कामबाट विश्राम गरेझैँ तिनले पनि आफ्ना कामबाट विश्राम लिनेछन्।
11
यसकारण इस्राएलीहरूका अनाज्ञाकारिताको नमुना अपनाएर कोही पनि नष्ट हुन नपरोस् भनेर हामी त्यस विश्राममा प्रवेश गर्न भरमग्दूर प्रयत्न गरौँ।
12
किनकि परमेश्वरको वचन जीवित, क्रियाशील र कुनै पनि दुईधारे तरवारभन्दा धारिलो हुन्छ, जसले प्राण र आत्मालाई अनि जोर्नी-जोर्नी र हाडको मासीलाई समेत भाग-भाग गरेर वारपार छेडिदिन्छ, र हृदयका विचार र मनोवृत्तिको न्याय गर्छ।
13
सारा सृष्टिमा भएको कुनै पनि थोक परमेश्वरको सृष्टिबाट लुकेको छैन। हामीले आफ्नो हिसाब बुझाउनु पर्नेका आँखामा सबै थोकहरू खुला र उदाङ्गो हुन्छन्।
14
यसकारण आकाश छिचोलेर जानुहुने परमेश्वरको पुत्र येशू, महान् प्रधान पुजारी, हामीसँग हुनुभएकोले हामीले स्वीकार गरेको विश्वासलाई दृढतापूर्वक थामिराखौँ।
15
किनकि हामीसँग हाम्रा दुर्बलताहरूमा सान्त्वना दिन नसक्ने प्रधान पुजारी होइन, तर हामीसँग यस्ता प्रधान पुजारी हुनुहुन्छ, जो हामीझैँ हरेक प्रकारले परीक्षित हुनुभएर पनि पापरहित हुनुहुन्छ।
16
यसकारण हामी आत्मविश्वासका साथ अनुग्रहको सिंहासनको नजिक जाऔँ, ताकि हाम्रा खाँचोहरूका समयमा हामीलाई दया र अनुग्रह प्राप्त होस्।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13