bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Isaiah 1
Isaiah 1
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 2 →
1
यो आमोजका छोरा यशैयाले यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज र हिजकियाका शासनकालमा यहूदा र यरूशलेमको विषयमा देखेको दर्शन हो।
2
हे आकाश, सुन्! हे पृथ्वी, ध्यान दिएर सुन्! किनकि याहवेह भन्नुहुन्छ: “मैले छोराछोरीहरूलाई पालनपोषण गरेर हुर्काएँ, तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरेका छन्।
3
गोरुले आफ्नो मालिकलाई चिन्छ, र गधाले आफ्नो मालिकको डुँड चिन्छ। तर इस्राएलले चिन्दैन, मेरा मानिसहरूले बुझ्दैनन्।”
4
धिक्कार, त्यस पापी जाति, अपराधले लादिएको जाति, दुष्ट काम गर्नेहरूका सन्तान, भ्रष्ट भएका सन्तान! तिनीहरूले याहवेहलाई त्यागेका छन्; तिनीहरूले इस्राएलका पवित्र परमेश्वरलाई लत्याएका छन्, र उहाँतिर आफ्ना पिठिउँ फर्काएका छन्।
5
तिमीहरू किन अझै पिटाइ खान्छौ? तिमीहरू किन बागी भइरहन्छौ? तिमीहरूका शिरभरि चोट-चोटै छ; तिमीहरूका मुटुभरि पीडा छ।
6
खुट्टाको पैतालादेखि शिरसम्म स्वस्थता छैन। चोटहरू र निलो डामहरू, र उदाङ्गो घाउहरू छन्; ती घाउहरू सफा नगरिएका र पट्टी नबाँधिएका अथवा तेलले सेकिएका छैनन्।
7
तिमीहरूको देश उजाड छ, तिमीहरूका सहरहरू आगोले जलाइएका छन्; तिमीहरूका खेतहरू तिमीहरूकै सामु परदेशीहरूले उजाड पारिदिएका छन्; अपरिचितहरूले नाश पारिदिएझैँ, त्यो उजाड भएको छ।
8
सियोनकी छोरी दाखबारीको छाप्रोजस्तै, काँक्राबारीमा भएको छाप्रोजस्तै, घेरा हालिएको सहरजस्तै त्यागिएकी छ।
9
यदि सेनाहरूका याहवेहले हामी कसैलाई बचाएर नराख्नुभएको भए हामी सदोमझैँ हुनेथियौँ, हामी गमोराजस्ता बन्नेथियौँ।
10
हे सदोमका शासकहरू हो, याहवेहको वचन सुन; हे गमोराका मानिसहरू हो, हाम्रा परमेश्वरको व्यवस्था ध्यानसित सुन!
11
याहवेह भन्नुहुन्छ, “तिमीहरूका बलिदानहरूको थुप्रो मेरा निम्ति के कामको छ र? मसित चाहिने भन्दा बढी साँढे र मोटा-मोटा पशुहरूका होमबलि छन्। साँढेहरू, थुमाहरू र बाख्राहरूको रगतले म प्रसन्न हुँदिनँ।
12
जब तिमीहरू मसँग भेट्नलाई आउँछौ, के तिमीहरूलाई कसैले मेरा आँगनहरू खुट्टाले कुल्चीमिल्ची गर्न भनेको छ र?
13
व्यर्थैका बलिहरू ल्याउन बन्द गर! तिमीहरूका धूप त मेरा निम्ति घृणित छ। औँसी, शब्बाथ र सभाहरूका साथसाथै तिमीहरूका खराब जमघटहरू म सहन सक्दिनँ।
14
तिमीहरूका औँसीका चाडहरू, र तिमीहरूले ठहराएका चाडहरूलाई म मेरो सारा प्राणले घृणा गर्छु। ती मेरा निम्ति बोझ भएका छन्; ती बोक्दा-बोक्दै म थकित भइसकेको छु।
15
तिमीहरूले प्रार्थनामा आफ्ना हात फैलाउँदा, म आफ्ना आँखाहरू तिमीहरूबाट लुकाउनेछु; तिमीहरूले धेरै प्रार्थना गरे तापनि म त्यो सुन्नेछैनँ। तिमीहरूका हातहरू रगतले भरिएका छन्!
16
आफूलाई धोएर शुद्ध पार। तिमीहरूका दुष्ट कर्महरू मेरो दृष्टिबाट टाढा लैजाओ; खराबी गर्न छोड।
17
भलाइ गर्न सिक; न्याय खोज। थिचोमिचोमा परेकाहरूलाई ढाडस देओ। अनाथहरूका पक्षमा बोल; विधवाहरूको मुद्दा लडिदेओ।”
18
याहवेह भन्नुहुन्छ, “अब आओ, हामी एकसाथ विचार गरौँ। तिमीहरूका पाप सिन्दूरे रङ्गका भए तापनि ती हिउँजस्तै सेता हुनेछन्; ती गाढा राता रङ्गका भए तापनि ती ऊनजस्तै सेता हुनेछन्।
19
यदि तिमीहरू इच्छुक र आज्ञाकारी भयौ भने, तिमीहरूले देशका सर्वोत्तम कुराहरू खानेछौ;
20
तर यदि तिमीहरूले विरोध गर्यौ र बागी भयौ भने, तिमीहरू तरवारले काटिनेछौ।” किनकि याहवेहले बोल्नुभएको छ।
21
हेर, एउटा विश्वासयोग्य सहर कसरी वेश्याजस्तै भयो! कुनै समय त्यो न्यायपूर्ण थियो; धार्मिकताले त्यसमा वास गर्थ्यो, तर अहिले हत्याराहरूले वास गर्छन्!
22
तेरो चाँदी फोहोर भएको छ, तेरो उत्तम दाखमद्यमा पानी मिसाइएको छ।
23
तेरा शासकहरू बागी, र चोरहरूका साथीहरू बनेका छन्; तिनीहरू सबैले घूस मन पराउँछन्, र उपहारहरूको पछि लाग्छन्। तिनीहरूले अनाथहरूका पक्ष लिदैनन्; विधवाहरूको उजुर तिनीहरूकहाँ पुग्दैन।
24
यसकारण प्रभु, सेनाहरूका याहवेह इस्राएलका सर्वशक्तिमान् परमेश्वर घोषणा गर्नुहुन्छ: “आह! म आफ्ना शत्रुहरूमाथि क्रोध खन्याउनेछु। आफ्ना शत्रुहरूसँग म आफैँ बदला लिनेछु।
25
म आफ्नो हात तेरो विरुद्ध फर्काउनेछु; म तेरो फोहोरलाई पूर्ण रूपमा सफा गर्नेछु, र तेरा सबै अशुद्धताहरूलाई हटाइदिनेछु।
26
म तेरा न्यायकर्ताहरूलाई पुरानो समयमा भएकाजस्तै, तेरा सल्लाहकारहरूलाई सुरुका समयमा भएकाजस्तै फेरि स्थापित गर्नेछु। त्यसपछि तँ धार्मिकताको सहर; एउटा विश्वासयोग्य सहर भनिनेछस्।”
27
सियोन न्यायसित छुटाइनेछ। त्यहाँका पश्चात्ताप गर्नेहरू धार्मिकतासँगै छुटाइनेछन्।
28
तर बागीहरू र पापीहरू दुवै तोडिनेछन्; याहवेहलाई त्याग्नेहरू नाश हुनेछन्।
29
“तिमीहरूले आनन्द मानेका ती फलाँटका पवित्र रूखहरूको कारण तिमीहरू लज्जित हुनेछौ; तिमीहरूले रोजेका ती बगैँचाहरूको कारण नै तिमीहरू अपमानित हुनेछौ।
30
तिमीहरू पात झर्दै गरेका फलाँटका रूखहरूजस्तै, पानी नभएका बगैँचाजस्तै हुनेछौ।
31
शक्तिशाली मानिस सुकेको दाउरा र त्यसको काम झिल्काजस्तै हुनेछ; ती दुवै एकैसाथ जल्नेछन्, त्यो आगोलाई निभाउने कोही हुनेछैन।”
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66