bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Isaiah 32
Isaiah 32
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 31
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 33 →
1
हेर, एउटा राजाले धार्मिकतामा राज्य गर्नुहुनेछ; अनि शासकहरूले न्यायपूर्वक शासन गर्नेछन्।
2
हरेक मानिस बतासबाट जोगिने आश्रय र आँधीबाट जोगिने शरणस्थानझैँ, मरुभूमिमा पानीको खोलाझैँ, र तिर्खाएको जमिनमा एउटा ठूलो चट्टानको छायाझैँ हुनेछ।
3
तब देख्नेहरूका आँखा फेरि बन्द गरिनेछैन; अनि सुन्नेहरूका कानले सुन्नेछन्।
4
अविवेकीको मनले समझशक्तिसाथ बुझ्नेछ; अनि भकभकाउने जिब्रोले स्पष्ट र सफासँग बोल्नेछ।
5
मूर्खलाई फेरि भद्र भनिनेछैन, न त बदमासलाई उच्च आदर दिइनेछ।
6
किनकि मूर्खले अज्ञानताको कुरा गर्छ, त्यसको मन दुष्ट कुराहरूमा लागिरहन्छ; त्यसले भक्तिहीनताका कामहरू गर्छ; अनि याहवेहको विषयमा गलत कुरा फैलाउँछ; भोकोलाई त्यसले भोकै छोड्छ, र तिर्खाएकोलाई त्यसले पानी दिँदैन।
7
बदमासका काम गर्ने तरिकाहरू दुष्ट हुन्छन्, र खाँचोमा परेकाहरूको बिन्ती न्यायोचित भए तापनि गरिबहरूलाई झूटले नाश गर्नलाई त्यसले दुष्ट योजनाहरू बनाउँछ।
8
तर भलादमीले भलो युक्ति रच्दछ; अनि भलो कामहरूद्वारा नै त्यो खडा रहन्छ।
9
हे ढुक्कसित बस्ने स्त्रीहरू हो, उठ र मेरो कुरा सुन; आफूलाई सुरक्षित ठान्ने छोरीहरू हो, मैले भन्नुपर्ने कुरा सुन!
10
एक वर्षभन्दा केही बढी समयमा तिमीहरू सुरक्षित ठान्नेहरू काँप्नेछौ; अङ्गुरको फसलै हुनेछैन, र फलको कटनी हुनेछैन।
11
हे ढुक्क बस्ने स्त्रीहरू हो, थरथर होओ; आफूलाई सुरक्षित ठान्ने हे छोरीहरू हो, थरथर काम! आफ्ना राम्रा लुगा फुकाल, र आफ्ना कम्मरमा भाङ्ग्रा लगाओ।
12
असल खेतहरूका निम्ति, फलदायक दाखको निम्ति आफ्ना छाती पिट;
13
अनि मेरो जातिका देशको निम्ति, काँडा र सिउँडीले ढाकेको देशका निम्ति— हो, सबै आनन्द मनाउने घरहरूका निम्ति, र यो आनन्दको सहरको निम्ति बिलौना गर।
14
किल्ला त्यागिनेछ, हल्लाको सहर शून्य हुनेछ; किल्ला र रक्षा-धरहरा सदाका निम्ति बेकामका रहनेछन्; जङ्गली गधाको निम्ति हर्ष र गाईबस्तुका निम्ति चरन हुनेछन्;
15
जबसम्म माथिबाट हामीमा आत्मा खन्याइदैन, र मरुभूमि मलिलो खेत हुँदैन, र मलिलो खेत जङ्गलझैँ देखिँदैन;
16
याहवेहको न्यायले त्यस मरुभूमिमा वास गर्नेछ। अनि मलिलो खेतमा उहाँको धार्मिकता रहनेछ।
17
धार्मिकताको फल शान्ति हुनेछ; अनि धार्मिकताको प्रभाव सदाको निम्ति चैन र भरोसा हुनेछ।
18
मेरा मानिसहरू शान्तिपूर्ण वासस्थानहरूमा, सुरक्षित घरहरूमा र शान्त विश्राम स्थलहरूमा बस्नेछन्।
19
असिनाले जङ्गललाई पूरै ढाके तापनि सहर पूर्ण रूपले समतल भए तापनि
20
तिमीहरू आफ्ना बिउहरू प्रत्येक खोलाको किनारमा छर्दै, अनि आफ्ना गाईबस्तु र गधाहरूलाई ढुक्कै चर्नका निम्ति दिन पाउँदा तिमीहरू कति धन्यका हुनेछौ।
← Chapter 31
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 33 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66