bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Isaiah 44
Isaiah 44
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 43
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 45 →
1
“तर अब हे मेरो सेवक याकोब, मैले चुनेको इस्राएल, ध्यानसित सुन्।
2
तँलाई बनाउनुहुने, तँलाई गर्भमा रच्नुहुने, तँलाई सहायता गर्नुहुने याहवेह यसो भन्नुहुन्छ— हे याकोब, मेरो सेवक, मैले चुनेको यशूरून्, तँ नडरा!
3
किनकि म तिर्खाएको जमिनमा पानी खन्याउनेछु, र सुक्खा भूमिमा खोलाहरू बहाउनेछु; म मेरो आत्मा तेरा सन्तानहरूमाथि खन्याउनेछु; अनि मेरा आशिष्हरू तेरा वंशमाथि खन्याउनेछु।
4
तिनीहरू मैदानमा घाँस उम्रेझैँ उम्रनेछन्, बग्ने खोलाको किनारका लहरे पीपलझैँ हुनेछन्।
5
कसैले भन्नेछ, ‘म याहवेहको हुँ।’ अर्कोले आफूलाई याकोबको नामद्वारा बोलाउनेछ; अझ अर्कोले आफ्नो हातमा, ‘म याहवेहको हुँ’ भनेर लेख्नेछ, र आफ्नो नाम इस्राएल राख्नेछ।
6
“इस्राएलका महाराजा र उद्धारक, सेनाहरूका याहवेह भन्नुहुन्छ: पहिलो र पछिल्लो म नै हुँ; मबाहेक अरू कुनै परमेश्वर छैन।
7
मजस्तो को छ र? त्यसले त्यो घोषणा गरोस्। मैले मेरा प्राचीन जातिलाई स्थापित गरेपछि के भयो? त्यसले घोषणा गरोस् र मेरो सामु राखिदेओस्; अनि अब के हुनेछ— हो, त्यसले अब के हुनेछ, सो पहिलेबाटै भनोस्।
8
थरथर नकाँप र नडराओ। के मैले तिमीहरूलाई धेरै अगि नै यो घोषणा गरेको र बताएको होइन र? तिमीहरू मेरा साक्षी हौ। के मबाहेक अरू परमेश्वर छ र? होइन, अरू चट्टान छैन; म कसैलाई पनि चिन्दिनँ।”
9
मूर्ति बनाउनेहरू सबै केही पनि होइनन्, र तिनीहरूले मूल्यवान् ठानेका कुराहरू बेकामका हुन्। तिनीहरूका पक्षमा बोल्नेहरू अन्धा छन्; आफ्नै बदनामीको निम्ति तिनीहरू अज्ञात छन्।
10
आफूलाई केही फाइदा नहुने देवतालाई, कसले आकार दिएर ढलौटे मूर्ति बनाउँछ?
11
त्यस्तो काम गर्ने सबै लाजमा पर्नेछन्; यस्ता कारिगरहरू मानिसबाहेक केही होइनन्। तिनीहरू सबै आएर आफ्ना अडान लिऊन्; तिनीहरू सबै त्रसित र लज्जित हुनेछन्।
12
लोहारले एउटा हतियार लिन्छ, र त्यो लिएर उसले कोइलामा काम गर्छ; घनले मूर्तिको आकार निकाल्छ, र आफ्नो हातको शक्तिले त्यसलाई बनाउँछ। उसलाई भोक लाग्छ र त्यसको बल हराउँछ; पानी नपिएकोले ऊ कमजोर हुन्छ।
13
सिकर्मीले सूत तानेर सिसाकलमले चिन्ह लगाउँछ। उसले रामोले चिल्लो पारेर त्यसको आकार निकाल्छ, र परकालले त्यसमा चिन्ह लगाएर घरमा राख्नलाई मानिसको सबै सुन्दरताको रूपमा त्यसको आकार निकाल्छ।
14
उसले देवदारुहरू काट्छ, अथवा सिसौ र फलाँटको रूखहरू चुन्छ; उसले त्यसलाई वनका रूखहरूसित बढ्न दिन्छ, अथवा सालको रूख रोप्छ र वर्षाले त्यसलाई बढाउँछ।
15
त्यो यस मानिसका निम्ति बाल्नलाई दाउरा हुन्छ; त्यसबाट केही लिएर उसले आफूलाई न्यानो पार्छ; उसले आगो सल्काएर रोटी पकाउँछ। तर उसले काठबाट देवता पनि बनाएर त्यसलाई पुज्छ; उसले मूर्ति बनाएर त्यसको सामु निहुरिन्छ।
16
आधा काठ उसले आगोमा जलाउँछ; त्यसमा उसले आफ्नो भोजन पकाउँछ, त्यसैबाट उसले मासु पोल्छ र अघाउन्जेल खान्छ। उसले आफूलाई न्यानो पारेर भन्छ, “अहो! म न्यानो भएँ, मैले आगो देख्न पाएँ।”
17
बाँकी भागबाट उसले एउटा देवता बनाउँछ, त्यसको मूर्ति बनाउँछ; ऊ त्यसको सामु घोप्टो परेर त्यसलाई पुज्छ। उसले त्यसलाई प्रार्थनामा भन्छ, “मलाई बचाउनुहोस्, तपाईं मेरा ईश्वर हुनुहुन्छ।”
18
तिनीहरू केही जान्दैनन्, न त तिनीहरूले केही बुझ्छन्; तिनीहरूका आँखामा पट्टी बाँधिएको छ र तिनीहरू देख्न सक्दैनन्; अनि तिनीहरूका मन बन्द भएका छन् र तिनीहरू बुझ्न सक्दैनन्।
19
कसैले पनि विचार गर्दैन, “यसको आधा भाग मैले दाउराको रूपमा जलाएँ; यसको कोइलामा मैले रोटी पनि पोलेँ, र मैले मासु पोलेर खाएँ। त्यसको बाँकी भागबाट के म एउटा घृणित कुरा बनाऊँ? के म काठको टुक्राको सामु घोप्टो परूँ?” भन्ने ज्ञान र समझशक्ति कसैसित छैन।
20
उसले खरानी खान्छ, एउटा ठगिएको हृदयले त्यसलाई पथभ्रष्ट पार्छ; उसले आफूलाई बचाउन सक्दैन, अथवा “के मेरो दाहिने हातमा भएको यो कुरो झूट होइनँ?” भन्न सक्दैन।
21
“हे याकोब, यी कुराहरू सम्झना गर्; किनकि हे इस्राएल, तँ मेरो सेवक होस्। मैले तँलाई बनाएँ, तँ मेरो सेवक होस्; हे इस्राएल, म तँलाई बिर्सनेछैनँ।
22
मैले तेरा अपराधहरूलाई बादलझैँ, र तेरा पापहरूलाई बिहानको तुवाँलोझैँ हटाइदिएँ। मकहाँ फर्की; किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु।”
23
हे आकाश आनन्दले गा; किनकि याहवेहले यसो गर्नुभएको छ; हे पृथ्वीको गहिराइ, चर्को सोरले करा। हे पर्वतहरू हो, उच्च सोरले गा! हे जङ्गल र रूखहरू हो, आनन्दले गा; किनकि याहवेहले याकोबलाई मोल तिरेर छुटाउनुभएको छ, र उहाँले आफ्नो महिमा इस्राएलमा देखाउनुहुन्छ।
24
“तेरा उद्धारकर्ता, तँलाई गर्भमा रच्नुहुने याहवेह यसो भन्नुहुन्छ: म नै तेरा याहवेह हुँ, जसले सबै कुराहरू बनाउनुभएको छ; जसले आकाशलाई फैलाउनुभयो, र पृथ्वीलाई फिँजाउनुभयो;
25
जसले झूटा अगमवक्ताका अलौकिक चिन्हहरू विफल पारिदिनुहुन्छ र जोखना हेर्नेहरूलाई मूर्ख तुल्याउनुहुन्छ; जसले बुद्धिमान्हरूका विद्यालाई उल्टो पारिदिनुहुन्छ र त्यसलाई मूर्ख बनाइदिनुहुन्छ;
26
“जसले उहाँका सेवकहरूका वचनहरू पक्का गर्नुहुन्छ, र आफ्ना सन्देशवाहकहरूका भविष्यवाणीहरू पूरा गरिदिनुहुन्छ। जसले यरूशलेमलाई, ‘यो बसोबास हुनेछ,’ र यहूदाका नगरहरूलाई, ‘ती बनाइनेछन्,’ र भग्नावशेषको विषयमा, ‘म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु’ भन्नुहुन्छ।
27
जसले गहिरा पानीलाई भन्नुहुन्छ, ‘सुकिजा! म तेरा खोलाहरूलाई सुकाउनेछु’,
28
जसले कोरेसलाई भन्नुहुन्छ, ‘त्यो मेरो गोठालो हो र मेरा सबै इच्छा त्यसले पूरा गर्नेछ। उहाँले यरूशलेमलाई भन्नुहुन्छ, “त्यो पुनर्निर्माण गराइओस्,” र मन्दिरलाई “यसको जग बसालिओस्।” ’
← Chapter 43
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 45 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66