bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Isaiah 60
Isaiah 60
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 59
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 61 →
1
“प्रकाशमान् हो, उठ्; किनकि तेरो ज्योति आएको छ, र याहवेहको महिमा तँमाथि उदाएको छ।
2
हेर्, अन्धकारले पृथ्वीलाई ढाक्छ, र मानिसहरूमाथि बाक्लो अन्धकार छ, तर याहवेह तँमाथि उदाउनुहुनेछ; अनि उहाँको महिमा तँमाथि देखा पर्नेछ।
3
जातिहरू तेरो प्रकाशमा आउनेछन्, र राजाहरू तेरो प्रभातको उज्यालोमा आउनेछन्।
4
“तेरा आँखा उठाएर चारैतिर हेर्: सबै भेला भएर तँकहाँ आउँछन्; तेरा छोराहरू टाढाबाट आउनेछन्, र तेरा छोरीहरूलाई हात समाएर ल्याइनेछन्।
5
तब तैँले हेर्नेछस् र चम्कनेछस्; तेरो हृदय उल्लासित हुनेछ र आनन्दले फुल्नेछ; समुद्रको सम्पत्ति तँकहाँ ल्याइनेछ; जातिहरूका धन तँकहाँ आउनेछ।
6
ऊँटहरूका बथान, मिद्यान र एपाका साना-साना सवारी ऊँटहरूले तेरो देश ढाकिनेछ। शेबाबाट सबै मानिसहरू याहवेहको प्रशंसाको घोषणा गर्दै सुन र धूप बोकेर आउनेछन्।
7
केदारका सबै बगालहरू तँकहाँ भेला गराइनेछन्; नबायोतका भेडाहरूले तेरो सेवा गर्नेछन्; मेरो वेदीमा ती भेटीस्वरूप ग्रहण गरिनेछन्, र म आफ्नो महिमित मन्दिरलाई सिँगार्नेछु।
8
“बादलझैँ उड्ने, र आफ्ना गुँडतिर उड्ने ढुकुरहरूजस्ता यी को हुन्?
9
निश्चय नै टापुहरूले मलाई हेर्नेछन्; टाढाबाट तेरा बालबच्चाहरूलाई ल्याउँछन्, तिनीहरूका सुन र चाँदी लिएका तर्शीशका जहाजहरू अगि-अगि छन्; ती सबै याहवेह तेरा परमेश्वर, इस्राएलका पवित्र परमेश्वरलाई सम्मान दिनका निम्ति हो; किनकि उहाँले तँलाई गौरवले सम्मानित तुल्याउनुभएको छ।
10
“विदेशीहरूले तेरा पर्खालहरू पुनर्निर्माण गर्नेछन्, र तिनीहरूका राजाहरूले तेरो सेवा गर्नेछन्। मैले रिसमा तँलाई प्रहार गरे तापनि मेरो निगाहमा म तँलाई दया देखाउनेछु।
11
तेरा सहरका मूलढोकाहरू सधैँ खुला रहनेछन्; ती मुलढोकाहरू दिन र रात कहिल्यै बन्द हुनेछैनन्, ताकि मानिसहरूले तँकहाँ जातिहरूका धनसम्पत्ति ल्याउन सकून्, अर्थात् तिनीहरूका राजाहरू विजयी जुलूसको साथ पस्न सकून्।
12
किनकि तेरो सेवा नगर्ने जाति र राज्य सर्वनाश हुनेछन्; त्यो पूर्ण रूपमा सर्वनाश पारिनेछ।
13
“लेबनानको गौरव तँकहाँ आउनेछ, सल्ला, धूपी र सिसौका रूखहरूसमेत, मेरो पवित्रस्थानलाई सिँगार्न ल्याइनेछन्; अनि म आफ्ना पवित्रस्थानलाई महिमित तुल्याउनेछु।
14
तँलाई अत्याचार गर्नेहरूका छोराछोरीहरू तेरो सामु निहुरेर आउनेछन्; तँलाई घृणा गर्ने सबै तेरो पाउमा झुक्नेछन्, र तँलाई याहवेहको सहर, इस्राएलका पवित्र परमेश्वरको सियोन भन्नेछन्।
15
“तँ त्यागिएकी र घृणित भएकी, तँबाट भएर यात्रा गर्ने कोही नगए तापनि म तँलाई अनन्तको निम्ति महान् र पुस्तौँ-पुस्ताहरूका निम्ति आनन्द बनाउनेछु।
16
तैँले जातिहरूको दूध पिउनेछस्, र राजकीय स्तन चुस्नेछस्। तब तैँले जान्नेछस्, कि म याहवेह नै तेरो मुक्तिदाता, तेरो उद्धारकर्ता, याकोबका सर्वशक्तिमान् परमेश्वर हुँ।
17
म तँलाई काँसाको सट्टामा सुन र फलामको सट्टामा चाँदी ल्याइदिनेछु। म तँलाई काठको सट्टामा काँसा र ढुङ्गाको सट्टामा फलाम ल्याइदिनेछु। म शान्तिलाई तेरा राज्यपाल र धार्मिकतालाई तेरा शासक तुल्याइदिनेछु।
18
तेरो देशमा फेरि हिंसा सुनिनेछैन, न त तेरा सिमानाहरूमा विध्वंश र सर्वनाश सुनिनेछ, तर तैँले आफ्ना पर्खालहरूलाई मुक्ति भन्नेछस् र तेरा मूलढोकाहरूलाई प्रशंसा नाम राख्नेछस्।
19
अब उसो दिनमा तेरो निम्ति सूर्यले ज्योति दिनेछैन, न त चन्द्रमाको उज्यालो तँमाथि चम्कनेछ; किनकि याहवेह नै तेरो निम्ति अनन्तको ज्योति हुनुहुनेछ; अनि तेरा परमेश्वर तेरो महिमा हुनुहुनेछ।
20
तेरो सूर्य फेरि कहिल्यै अस्ताउछैन, र तेरो चन्द्रमा फेरि धमिलो हुनेछैन; याहवेह नै तेरो अनन्तको ज्योति हुनुहुनेछ; अनि तेरा दुःखका दिनहरू समाप्त हुनेछन्।
21
तब तेरा सबै मानिसहरू धार्मिक हुनेछन्; अनि तिनीहरूले सदाको निम्ति देशमाथि अधिकार गर्नेछन्। मेरो महानता देखाउनको निम्ति, मैले रोपेका बिरुवाहरू, मेरा हातका कामहरू तिनीहरू नै हुन्।
22
तिमीहरूमध्ये सबैभन्दा थोरैचाहिँ हजार हुनेछ; अनि सबैभन्दा सानोचाहिँ एउटा शक्तिशाली जाति हुनेछ। म नै याहवेह हुँ; म यी प्रतिज्ञाहरू त्यसको समयमा र चाँडै पूरा गर्नेछु।”
← Chapter 59
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 61 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66