bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Luke 11
Luke 11
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 12 →
1
एक दिन येशू कुनै ठाउँमा प्रार्थना गरिरहनुभएको थियो। उहाँले प्रार्थना गरिसक्नुभएपछि उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “प्रभु, यूहन्नाले आफ्ना चेलाहरूलाई सिकाएझैँ हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्।”
2
उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले प्रार्थना गर्दा यसो भन: “ ‘हे पिता, तपाईंको नाम पवित्र गरियोस्। तपाईंको राज्य आओस्।
3
हामीलाई हरेक दिन हाम्रो दैनिक भोजन दिनुहोस्।
4
हाम्रा पापहरू क्षमा गरिदिनुहोस्; किनकि हामीले पनि हाम्रो विरुद्धमा पाप गर्ने हरेकलाई क्षमा गर्दछौँ। अनि हामीलाई परीक्षामा नल्याउनुहोस्।’ ”
5
त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “मानौँ तिमीहरूको एक जना मित्र छन्, र तिमी मध्यरातमा तिनीकहाँ गएर भन्छौ, ‘ए मित्र, मलाई तीन वटा रोटी पैँचो देऊ न;
6
किनकि मेरा एक जना मित्र यात्राबाट मकहाँ आएका छन्। तर तिनलाई खुवाउन मसँग केही पनि छैन।’
7
तब भित्रबाट तिनले जवाफ देलान्, ‘मलाई दुःख नदेऊ। ढोका बन्द भइसकेको छ। मेरा केटाकेटीहरू मसँगै ओछ्यानमा सुतेका छन्। म उठेर तिमीलाई केही दिन सक्दिनँ।’
8
म तिमीहरूलाई भन्दछु: तिनी एक मित्र भएर पनि तिनले उठेर तिमीलाई रोटी नदेलान्, तापनि तिमीले खुरन्धार मागिरहेको कारणले गर्दा तिनी उठ्नेछन्, र तिमीलाई चाहिएको जति दिनेछन्।
9
“त्यसकारण म तिमीहरूलाई भन्दछु: माग, र तिमीहरूलाई त्यो दिइनेछ; खोज, र तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याओ, र तिमीहरूका निम्ति ढोका उघारिनेछ।
10
किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ। जसले खोज्छ, त्यसले भेट्टाउँछ; अनि जसले घचघच्याउँछ, त्यसका निम्ति ढोका उघारिनेछ।
11
“तिमीहरूमध्ये कुनचाहिँ त्यस्तो बुबा होला, जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला? अथवा माछा माग्दा त्यसलाई माछाको सट्टा सर्प देला?
12
अथवा अण्डा माग्दा त्यसलाई बिच्छी देला?
13
यसरी तिमीहरू यति दुष्ट भईकन त आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसँग माग्नेहरूलाई झन् कति प्रशस्त गरेर पवित्र आत्मा दिनुहुनेछ!”
14
एक दिन येशूले एउटा लाटो व्यक्तिबाट भूतआत्मा निकालिरहनुभएको थियो। भूतआत्मा निस्केपछि त्यो मानिस बोल्न थाल्यो। यो देखेर भीड छक्क पर्यो।
15
तर तिनीहरूमध्ये कतिले भने, “यिनले त भूतहरूको शासक बालजिबुलद्वारा भूतहरू धपाउँछन्।”
16
अनि अरूहरूले स्वर्गबाट एउटा चिन्ह माग्दै उहाँको परीक्षा गरे।
17
येशूले तिनीहरूका विचार थाहा पाएर तिनीहरूलाई भन्नुभयो: “आपसमा विभाजित भएको हरेक राज्य नष्ट भएर जान्छ। अनि आपसमा विभाजित भएको जुनसुकै घर पनि पतन भएर जान्छ।
18
यदि शैतान पनि आफ्नै विरुद्धमा विभाजित हुन्छ भने त्यसको राज्य कसरी टिक्न सक्छ? मैले बालजिबुलद्वारा भूत निकाल्छु भनी तिमीहरूले दाबी गरेका कारण म यो भन्दैछु।
19
तर यदि म बालजिबुलद्वारा भूतहरू निकाल्छु भने तिमीहरूका चेलाहरूले चाहिँ कसद्वारा तिनीहरूलाई निकाल्छन् त? यसकारण तिनीहरू नै तिमीहरूका न्यायकर्ता हुनेछन्।
20
तर यदि म परमेश्वरको शक्तिद्वारा भूतहरू निकाल्छु भने परमेश्वरको राज्य तिमीहरूमा आइसकेको छ।
21
“किनकि जब कुनै बलियो मानिस हातहतियारले सुसज्जित भई आफ्नो घरको रक्षा गर्दछ, तब त्यसको सम्पत्ति सुरक्षित रहन्छ।
22
तर त्यसभन्दा बलियो अर्को मानिसले त्यसलाई आक्रमण गरेर जित्यो भने त्यो मानिसले भरोसा गरेका हातहतियार त्यसले खोसेर लैजान्छ, र त्यसका मालसामानहरू लुटेर बाँड्छ।
23
“जो मसँग छैन, त्यो मेरो विरुद्धमा हुन्छ। जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्दछ।
24
“जब कुनै अशुद्ध आत्मा कुनै मानिसबाट निस्किन्छ, तब त्यो ओबानो ठाउँहरूमा विश्राम खोज्न जान्छ र त्यसले भेट्टाउँदैन, तब त्यसले भन्छ, ‘म निस्केर आएको घरमा नै फर्केर जानेछु।’
25
जब त्यो आइपुग्छ, त्यसले त्यो घर सफा गरिएको र सुव्यवस्थित पाउँछ।
26
त्यसपछि त्यो जान्छ, र आफूभन्दा अझै दुष्ट अरू सात आत्माहरूलाई लिएर आउँछ। अनि ती सबै भित्र गएर त्यहीँ बस्छन्; र त्यो मानिसको पछिल्लो दशा पहिलोभन्दा झन् खराब हुन्छ।”
27
येशूले यी कुराहरू भन्दै गर्नुहुँदा भीडबाट एउटी स्त्रीले कराएर भनी, “ती आमा धन्य हुन्, जसले तपाईंलाई जन्म दिइन् र पालनपोषण गरिन्।”
28
तर उहाँले जवाफ दिनुभयो, “बरु तिनीहरू धन्य हुन्, जसले परमेश्वरको वचन सुन्छन् र पालन गर्छन्।”
29
भीडहरू बढ्दै गएपछि येशूले भन्नुभयो, “यो एक दुष्ट पुस्ता हो; यिनीहरूले अद्भुत चिन्ह खोज्दछन्, तर योनाको चिन्ह बाहेक अरू कुनै चिन्ह दिइनेछैन।
30
किनकि जसरी योना निनवेका मानिसहरूका लागि चिन्ह थिए, त्यसरी नै मानिसको पुत्र पनि यस पुस्ताको निम्ति चिन्ह हुनेछ।
31
न्यायको समयमा दक्षिणकी रानी यस पुस्ताका मानिसहरूसित खडा भएर तिनीहरूलाई दोषी ठहराउनेछिन्; किनकि तिनी सोलोमनको बुद्धि सुन्नलाई पृथ्वीको पल्लो छेउदेखि आएकी थिइन्। तर हेर, सोलोमनभन्दा महान् एक जना यहाँ छन्।
32
न्यायको समयमा निनवेका मानिसहरू यस पुस्तासँग खडा भएर यसलाई दोषी ठहराउनेछन्; किनकि तिनीहरूले योनाको प्रचार सुनेर पश्चात्ताप गरेका थिए। तर हेर, योनाभन्दा महान् एक जना यहाँ छन्।
33
“कसैले पनि बत्ती बालेर त्यसलाई गुप्त ठाउँमा अथवा कुनै भाँडोमुनि राख्दैन; तर भित्र आउनेहरूले उज्यालो पाऊन् भनी उसले त्यो सामदानमाथि राख्दछ।
34
तिम्रो आँखा तिम्रो शरीरको बत्ती हो। यदि तिम्रा आँखा स्वस्थ छन् भने तिम्रो सम्पूर्ण शरीर उज्यालो हुन्छ; तर यदि आँखा अस्वस्थ छन् भने तिम्रो शरीर पनि अँध्यारो हुन्छ।
35
त्यसकारण होसियार होऊ, तिमीमा भएको उज्यालो अँध्यारो नहोस्।
36
त्यसकारण तिम्रो सम्पूर्ण शरीर उज्यालोले पूर्ण छ, र त्यसको कुनै भाग अँध्यारो छैन भने त्यो सम्पूर्ण रूपले उज्यालो हुन्छ, जसरी बत्तीको उज्यालो तिमीहरूमा चम्कन्छ।”
37
येशूले बोलिसक्नुभएपछि एक जना फरिसीले उहाँलाई भोजनमा निम्तो दिए। उहाँ घरभित्र गएर टेबुलमा खान बस्नुभयो।
38
तर येशूले भोजन गर्नुअगि हात नधुनुभएको देखेर ती फरिसी छक्कै परे।
39
त्यसपछि प्रभुले तिनलाई भन्नुभयो, “तिमी फरिसीहरू कचौरा र थालको बाहिरपट्टि त सफा गर्दछौ; तर तिमीहरूको भित्री भागचाहिँ लोभ र दुष्टताले भरिएको हुन्छ।
40
मूर्ख मानिसहरू हो! जसले बाहिरको भाग बनाउनुभयो, उहाँले नै भित्रको भाग पनि बनाउनुभएको होइन र?
41
तर तिमीहरूभित्र लोभले थुपारेका जे कुराहरू छन्, ती गरिबहरूलाई देओ, र तिमीहरूका निम्ति सबै कुराहरू शुद्ध हुन्छन्।
42
“धिक्कार! तिमी फरिसीहरूलाई, किनकि तिमीहरूले परमेश्वरलाई पुदिना, आरूद र हरेक जडीबुटीका दशांश दिन्छौ, तर न्याय र परमेश्वरको प्रेमलाई तिमीहरू बेवास्ता गर्दछौ। तिमीहरूले पहिलो कार्य नछोडी, यो दोस्रो पनि गर्नुपर्नेथियो।
43
“तिमी फरिसीहरूलाई धिक्कार! किनकि तिमीहरू सभाघरहरूमा सबैभन्दा प्रमुख आसन र बजारहरूमा आदरपूर्ण अभिवादन लिन रुचाउँछौ।
44
“तिमीहरूलाई धिक्कार! किनकि तिमीहरू सङ्केत नभएका चिहानहरूजस्ता छौ, जसमाथिबाट मानिसहरू थाहै नपाई हिँड्छन्।”
45
व्यवस्थाका विद्वान्हरूमध्ये एक जनाले उहाँलाई भने, “गुरुज्यू, यी कुराहरू भनेर तपाईंले हाम्रो पनि बेइज्जत गर्दै हुनुहुन्छ।”
46
येशूले जवाफ दिनुभयो, “तिमी व्यवस्थाका विद्वान्हरूलाई पनि धिक्कार! किनकि तिमीहरूले मानिसहरूलाई तिनीहरूले बोक्नै नसक्ने भारी लदाउँछौ, तर तिमीहरू आफैँले भने तिनीहरूलाई सहायता गर्न एउटा औँलाले पनि छुँदैनौ।
47
“तिमीहरूलाई धिक्कार! किनकि तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ; तर तिनीहरूलाई तिमीहरूकै पुर्खाहरूले मारेका थिए।
48
यसरी तिमीहरूले आफ्ना पुर्खाहरूले जे गरेका थिए, त्यसमा तिमीहरूको पनि सहमति छ भन्ने साक्षी दिन्छौ। किनकि तिनीहरूले अगमवक्ताहरूलाई मारे, अनि तिमीहरू भने उनीहरूका चिहान बनाउँछौ।
49
यसैकारण परमेश्वरले आफ्नो बुद्धिमा यसो भन्नुभयो, ‘म तिनीहरूकहाँ अगमवक्ताहरू र प्रेरितहरू पठाउनेछु। उनीहरूमध्ये कतिलाई मार्नेछन् र अरूहरूलाई तिनीहरूले सताउनेछन्।’
50
त्यसकारण संसारको सुरुदेखि अहिलेसम्म भएका सबै अगमवक्ताका रक्तपातको लेखा दिन यही पुस्ता जिम्मेवार रहनेछ।
51
हाबिलको रगतदेखि जकरियाको रगतसम्म, जसको हत्या वेदी र पवित्रस्थानको बीचमा गरिएको थियो। हो, म तिमीहरूलाई भन्दछु, यी सबै कुराको लेखा यो पुस्ताबाट नै लिइनेछ।
52
“तिमी व्यवस्थाका विद्वान्हरूलाई धिक्कार! किनकि तिमीहरूले ज्ञानमा प्रवेश गर्ने साँचो लगेका छौ। तर तिमीहरू आफैँ पनि भित्र पसेनौ र अरू पस्नेहरूलाई पनि तिमीहरूले रोक्यौ।”
53
येशू त्यहाँबाट जानुभएपछि फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँको घोर विरोध गर्न र उहाँलाई प्रश्नहरू सोध्दै घेराउ गर्न थाले।
54
अनि उहाँले बोल्नुहुने जुनसुकै कुरामा पनि तिनीहरूले उहाँलाई पक्रन दाउ खोज्न थाले।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24