bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Luke 18
Luke 18
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 19 →
1
तिनीहरूले सधैँ प्रार्थना गरिरहनुपर्छ र हिम्मत हार्नुहुँदैन भन्ने कुरा दर्शाउन येशूले चेलाहरूलाई एउटा दृष्टान्त भन्नुभयो।
2
उहाँले भन्नुभयो: “कुनै एउटा सहरमा एक जना न्यायाधीश थिए। तिनले परमेश्वरको भय मान्दैनथे, र मानिसको वास्ता पनि गर्दैनथे।
3
त्यसै सहरमा एउटी विधवा थिई; जो तिनीकहाँ यस्तो बिन्ती लिएर आइरहन्थी, ‘मेरो विरोधीको विरुद्ध मलाई न्याय दिनुहोस्।’
4
“केही समयसम्म त तिनले इन्कार गरे; तर पछि तिनले आफ्नो मनमा भन्न लागे, ‘म परमेश्वरको डर मान्दिनँ, र मानिसहरूको वास्ता पनि गर्दिनँ;
5
तापनि यस विधवाले मलाई हैरान पारिरहेकी हुनाले म त्यसलाई न्याय दिलाउनेछु, ताकि त्यसले घरी-घरी आएर मलाई हैरान नबनाओस्!’ ”
6
अनि प्रभुले भन्नुभयो, “ती अधर्मी न्यायाधीशले के भन्दैछन्, सुन!
7
तब के परमेश्वरले दिनरात उहाँलाई पुकार्ने उहाँका चुनिएकाहरूको न्याय गर्नुहुनेछैन र? के उहाँ तिनीहरूलाई ढिलो गरी पन्छाइरहनुहुन्छ र?
8
म तिमीहरूलाई भन्दछु, उहाँले तिनीहरूको झट्टै न्याय गर्नुहुन्छ। तापनि जब मानिसको पुत्र आउनेछ, तब के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र?”
9
आफ्नै धार्मिकतामा ढुक्क भई भरोसा राखेर अरूहरूलाई तुच्छ दृष्टिले हेर्नेहरू कसै कसैलाई येशूले यो दृष्टान्त भन्नुभयो:
10
“दुई जना मानिस मन्दिरमा प्रार्थना गर्न गए। एक जना फरिसी र अर्कोचाहिँ कर उठाउने।
11
फरिसी उभियो र आफ्नै विषयमा यसरी प्रार्थना गर्यो: ‘हे परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु, किनकि म अरू मानिसहरूजस्तो छली, दुष्ट, व्यभिचारी, अथवा यही कर उठाउने मान्छेजस्तो पनि म छैनँ।
12
म हप्तामा दुई पल्ट उपवास बस्दछु; र आफूले कमाएका सबै थोकहरूबाट दशांश दिन्छु।’
13
“तर त्यो कर उठाउने मानिस टाढै उभियो। त्यसले स्वर्गतिर हेर्ने आँट पनि नगरी छाती पिट्दै यसो भन्यो, ‘हे परमेश्वर, ममाथि दया गर्नुहोस्, म पापी हुँ।’
14
“म तिमीहरूलाई भन्दछु, त्यो फरिसी होइन, तर कर उठाउने मानिस परमेश्वरको सामु धर्मी ठहरिएर घर फर्कियो; किनकि आफूलाई उच्च तुल्याउने नम्र बनाइनेछन् र आफूलाई नम्र बनाउने उच्च पारिनेछन्।”
15
मानिसहरूले आ-आफ्ना बालबालिकाहरूलाई पनि येशूले छोइदेऊन् भनी उहाँकहाँ ल्याइरहेका थिए। यो देखेर चेलाहरूले तिनीहरूलाई हप्काए।
16
तर येशूले बालबालिकाहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक; किनकि परमेश्वरको राज्य यस्तैहरूका लागि हो।
17
म तिमीहरूलाई साँच्चै भन्दछु, जसले परमेश्वरको राज्यलाई एउटा सानो बालकलेझैँ ग्रहण गर्दैन, ऊ कहिल्यै पनि त्यसमा प्रवेश गर्नेछैन।”
18
कुनै एक शासकले उहाँलाई सोधे, “हे असल गुरु, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ?”
19
येशूले जवाफ दिनुभयो, “तिमी मलाई किन असल भन्दछौ? परमेश्वरबाहेक अरू कोही पनि असल छैन।
20
तिमीलाई आज्ञाहरू त थाहै छ: ‘तैँले व्यभिचार नगर्नू, तैँले मानव हत्या नगर्नू, तैँले नचोर्नू, तैँले झूटो साक्षी नदिनू, आफ्ना आमा र बुबाको आदर गर्नू।’ ”
21
तिनले भने, “यी आज्ञाहरू त मैले बालककालदेखि नै पालन गर्दैआएको छु।”
22
यो सुनेर येशूले तिनलाई भन्नुभयो, “तिमीलाई अझै एउटा कुराको अभाव छ। तिमीसँग भएका सबै थोक बेचेर गरिबहरूलाई बाँडिदेऊ, र तिम्रो निम्ति स्वर्गमा धनसम्पत्ति हुनेछ। त्यसपछि आऊ, मेरो पछि लाग।”
23
यो सुनेर तिनी साह्रै दुःखित भए; किनकि तिनी धेरै धनी थिए।
24
येशूले तिनलाई हेरेर भन्नुभयो, “धनीहरूलाई परमेश्वरको राज्यमा प्रवेश गर्न कति कठिन छ!
25
वास्तवमा कुनै धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।”
26
यो सुन्नेहरूले सोधे, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?”
27
येशूले जवाफ दिनुभयो, “जे कुरा मानिसहरूका लागि असम्भव छ, त्यो परमेश्वरको लागि सम्भव छ।”
28
पत्रुसले उहाँलाई भने, “तपाईंलाई पछ्याउनका निम्ति हामीले आफूसँग भएका सबै कुरा त्यागेका छौँ!”
29
येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु, जसले परमेश्वरको राज्यको निम्ति घर अथवा पत्नी अथवा दाजुभाइ अथवा बुबाआमा अथवा छोराछोरीलाई त्यागेको छ,
30
त्यसले यसै युगमा त्यसको धेरै गुणा र आउँदा युगमा अनन्त जीवन प्राप्त गर्नेछ।”
31
येशूले बाह्र जनालाई एकातिर लैजानुभयो र तिनीहरूलाई भन्नुभयो, “हामी यरूशलेमतिर जाँदैछौँ। अनि अगमवक्ताहरूले मानिसको पुत्रको विषयमा लेखेका सबै कुरा पूरा हुनेछ।
32
उसलाई गैरयहूदीहरूको हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई गिल्ला गर्नेछन्, निन्दा गर्नेछन् र थुक्नेछन्।
33
उसलाई कोर्रा लगाउनेछन् र मार्नेछन्। तेस्रो दिनमा ऊ फेरि जीवित भई उठ्नेछ।”
34
चेलाहरूले यी कुराहरू केही पनि बुझेनन्। यसको अर्थ तिनीहरूबाट गोप्य राखिएको थियो, र उहाँले के विषयमा भन्दैहुनुहुन्थ्यो, सो तिनीहरूले बुझेनन्।
35
येशू यरीहो नजिकै पुग्नुहुँदा, एउटा दृष्टिविहीन मानिस बाटोको छेउमा बसेर मागिरहेको थियो।
36
नजिकैबाट भीड गइरहेको आवाज सुनेर त्यसले त्यहाँ के हुँदैछ भनी सोधपुछ गर्यो।
37
तिनीहरूले त्यसलाई भने, “नासरतका येशू जाँदैहुनुहुन्छ।”
38
त्यसले उच्च सोरमा भन्यो, “हे येशू, दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!”
39
बाटो देखाउँदै अगि-अगि हिँड्नेहरूले त्यसलाई हप्काएर चुप लाग् भने। तर त्यो झन् चर्को सोरमा करायो, “हे दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!”
40
येशू टक्क अडिनुभयो, र त्यस मानिसलाई आफूकहाँ ल्याउन आज्ञा दिनुभयो। त्यो नजिक आएपछि येशूले त्यसलाई सोध्नुभयो,
41
“म तिम्रो निम्ति के गरिदिऊँ भन्ने तिमी चाहन्छौ?” त्यसले भन्यो, “हे प्रभु, म देख्न चाहन्छु।”
42
येशूले त्यसलाई भन्नुभयो, “तिमी देख्ने भइजाऊ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”
43
तुरुन्तै त्यसले आफ्नो दृष्टि पायो, र परमेश्वरको प्रशंसा गर्दै येशूको पछि लाग्यो। जब सबै मानिसहरूले यो देखे, तब तिनीहरूले पनि परमेश्वरको प्रशंसा गरे।
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24