bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Luke 19
Luke 19
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 20 →
1
येशू यरीहोमा प्रवेश गरी त्यहाँबाट जाँदैहुनुहुन्थ्यो।
2
त्यहाँ जक्कै नाम भएका एक जना मानिस थिए। तिनी कर उठाउनेहरूका प्रमुख थिए; र धनी थिए।
3
अनि तिनले येशू को हुनुहुँदोरहेछ भनी हेर्न चाहन्थे, तर भीडले गर्दा तिनले उहाँलाई देख्न सकेनन्; किनकि तिनी पुड्का थिए।
4
त्यसकारण तिनी दौडेर अगि-अगि गएर उहाँलाई हेर्नका लागि एउटा अञ्जीरको रूखमा चढे; किनकि येशू त्यही बाटो भएर आउन लाग्नुभएको थियो।
5
जब येशू त्यस ठाउँमा आइपुग्नुभयो, तब उहाँले माथितिर हेरेर तिनलाई भन्नुभयो, “ए जक्कै, चाँडै तल ओर्लेर आऊ। आज मलाई तिम्रो घरमा बस्नु छ।”
6
तिनी झट्टै तल ओर्लेर आए, र खुशी हुँदै उहाँलाई सत्कार गरे।
7
तर यो देखेर सबै जनाले गनगनाउँदै भन्न लागे, “उनी त एउटा पापीको घरमा पाहुना बस्न गए।”
8
तर जक्कै खडा भएर प्रभुलाई भने, “हे प्रभु, हेर्नुहोस्! म अहिले यहीँ नै मेरो सम्पत्तिको आधा भाग गरिबहरूलाई दिन्छु; यदि मैले कसैलाई कुनै कुरामा ठगेको छु भने म त्यसको चार गुणा फिर्ता गरिदिनेछु।”
9
येशूले तिनलाई भन्नुभयो, “आज यस घरमा मुक्ति आएको छ; किनकि यी मानिस पनि अब्राहामकै सन्तान हुन्।
10
किनकि मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो।”
11
तिनीहरूले यी कुराहरू सुन्दैगर्दा उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो; किनकि उहाँ यरूशलेमको नजिकै हुनुहुन्थ्यो, र मानिसहरूले परमेश्वरको राज्य अब तुरुन्तै प्रकट हुनेछ भन्ने विचार गरेका थिए।
12
उहाँले भन्नुभयो: “असल खानदानका एक जना मानिस राजा नियुक्त भएर फेरि फर्किआउनका लागि एउटा टाढा मुलुकमा गए।
13
तिनले आफ्ना दश जना सेवकहरूलाई बोलाएर तिनीहरूलाई सुनका दश सिक्का दिएर भने, ‘म फर्केर नआएसम्म यो पैसा व्यापारमा लगाओ।’
14
“तर उनका अधीनका प्रजाहरूले तिनलाई घृणा गर्दथे; र त्यसैले तिनका पछि-पछि तिनीहरूले यसो भन्ने दूतहरू पठाए, ‘यी मानिस हाम्रा राजा भएको हामी चाहँदैनौँ।’
15
“तर तिनी राजा भएर घर फर्के। त्यसपछि तिनले दिएका पैसाबाट सेवकहरूले कति फाइदा कमाए भनी पत्ता लगाउनका लागि तिनले आफ्ना सेवकहरूलाई आफूकहाँ बोलाए।
16
“पहिलो सेवक आएर भन्यो, ‘मालिक, तपाईंको पैसाले मैले अरू दश सिक्का कमाएको छु।’
17
“अनि त्यसका मालिकले भने, ‘स्याबास, मेरो असल सेवक! तिमी सानो कुरामा पनि विश्वासयोग्य भयौ। त्यसकारण अब दश सहरहरूमाथि अधिकार गर।’
18
“दोस्रो सेवक आएर भन्यो, ‘मालिक, तपाईंको पैसाले मैले अरू पाँच सिक्का कमाएको छु।’
19
“अनि त्यसका मालिकले भने, ‘तिमीले पाँच सहरहरूमाथि अधिकार गर।’
20
“त्यसपछि अर्को सेवक आयो, र भन्यो, ‘मालिक, हेर्नुहोस्, तपाईंको सिक्का यहीँ छ। मैले यसलाई कपडाको टालोमा बाँधेर राखेको छु।
21
म तपाईंसँग डराएँ, किनकि तपाईं एक कठोर मानिस हुनुहुन्छ। तपाईंले जे राख्नुभएको छैन, त्यो लिनुहुन्छ र जे छर्नुभएन, त्यसैको कटनी गर्नुहुन्छ।’
22
“त्यसका मालिकले जवाफ दिए, ‘ए दुष्ट सेवक, म तेरै मुखको वचनबाट तेरो न्याय गर्नेछु! मैले जे राखिनँ, त्यो लिने, र जे छरिनँ, त्यसैको कटनी गर्ने म एक कठोर मानिस हुँ भन्ने तँलाई थाहा थियो, होइन र?
23
त्यसो भए मेरो सिक्का तैँले किन साहुकहाँ राखिनस् त? त्यसो गरेको भए म फर्केर आउँदा मैले त्यसलाई ब्याजसमेत पाउनेथिएँ।’
24
“त्यसपछि तिनले त्यहाँ नजिकै उभिनेहरूलाई भने, ‘त्यसबाट त्यो सिक्का लेओ, र जससित दश सिक्का छ, त्यसलाई देओ।’
25
“तिनीहरूले भने, ‘मालिक, त्यससँग दश सिक्का छँदैछन् नि!’
26
“राजाले जवाफ दिए, ‘म तिमीहरूलाई भन्दछु, जससित छ, त्यसलाई अरू दिइनेछ, तर जससित छैन, त्यससित भएको पनि खोसिनेछ।
27
तर म तिनीहरूमाथि राजा बनेको नचाहने मेरा ती शत्रुहरू, तिनीहरूलाई यहाँ ल्याओ र तिनीहरूलाई मेरै सामु मार।’ ”
28
येशूले यी कुराहरू भनिसकेपछि उहाँ यरूशलेमतर्फ जानलाई अगि बढ्नुभयो।
29
जब उहाँ जैतुन डाँडा भनिने पहाडमा बेथफागे र बेथानीको नजिक आइपुग्नुभयो, तब उहाँले आफ्ना दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो,
30
“तिमीहरूका सामुको गाउँमा जाओ, र जब तिमीहरू त्यहाँ प्रवेश गर्छौ, तिमीहरूले त्यहाँ एउटा गधाको बछेडोलाई बाँधिराखेको भेट्टाउनेछौ; जसमाथि अझसम्म कोही सवार भएको छैन। त्यसलाई खोलेर यहाँ ल्याओ।
31
यदि कसैले तिमीहरूलाई ‘त्यसलाई किन फुकाउँदैछौ?’ भनी सोध्यो भने, ‘प्रभुलाई यो चाहिएको छ’ भनेर भन्नू।”
32
ती अगि-अगि पठाइएकाहरू गए, र उहाँले तिनीहरूलाई जस्तो भन्नुभएको थियो, त्यस्तै भेट्टाए।
33
तिनीहरूले त्यो बछेडालाई फुकाउँदै गर्दा त्यसका मालिकहरूले तिनीहरूलाई सोधे, “तिमीहरूले त्यो बछेडालाई किन फुकाउँदैछौ?”
34
तिनीहरूले जवाफ दिए, “प्रभुलाई यो चाहिएको छ।”
35
तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए; अनि आफ्ना लुगाहरू त्यस गधामाथि राखे, र येशूलाई त्यसमाथि बसाले।
36
उहाँ अगि बढ्दै गर्नुहुँदा मानिसहरूले आ-आफ्ना लुगाहरू बाटोमा ओछ्याइदिए।
37
उहाँ जैतुन डाँडाको ओह्रालो सुरु हुने ठाउँको नजिक आइपुग्नुहुँदा, चेलाहरूका सम्पूर्ण भीड, आफैँले देखेका सबै अचम्मका कामहरूका लागि आनन्दसाथ चर्को सोरमा परमेश्वरको प्रशंसा गर्न लागे:
38
“प्रभुको नाममा आउनुहुने राजा धन्य हुनुहुन्छ!” “स्वर्गमा शान्ति र सर्वोच्चमा महिमा होस्।”
39
भीडमध्येका कोही फरिसीहरूले येशूलाई भने, “गुरुज्यू, तपाईंका चेलाहरूलाई हप्काउनुहोस्!”
40
उहाँले भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, यिनीहरू चुप लागे भने ढुङ्गाहरू कराएर उठ्नेछन्।”
41
जब येशू यरूशलेमको नजिक पुग्नुभयो, र सहरलाई देख्नुभयो, तब उहाँ त्यसका निम्ति रुनुभयो,
42
र भन्नुभयो, “यदि तैँले, हो तैँले, शान्ति कुन कुराले ल्याउँछ भनी आज जानेको भए हुनेथियो। तर अब त्यो तेरो नजरबाट लुकेको छ।
43
तँमाथि यस्ता दिनहरू आउनेछन्, जब तेरा शत्रुहरूले तेरो वरिपरि तेरो विरुद्धमा मोर्चा बाँध्नेछन्; घेरा हाल्नेछन् र तँलाई चारैतिरबाट थुनिराख्नेछन्।
44
तिनीहरूले तँलाई र तेरो पर्खालभित्र भएका तेरा सन्तानहरूलाई जमिनमा पछार्नेछन्; र तिनीहरूले एउटा ढुङ्गा पनि अर्कोमाथि छोड्नेछैनन्; किनकि तैँले तँभित्र हुनुभएको परमेश्वरको आगमनको समयलाई चिनिनस्।”
45
त्यसपछि उहाँ मन्दिरको क्षेत्रभित्र प्रवेश गर्नुभयो र त्यहाँ बिक्री गर्नेहरूलाई निकाल्न लाग्नुभयो।
46
उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकुहरूका ओडार’ बनाएका छौ।”
47
त्यसपछि उहाँले दिनहुँ मन्दिरमा शिक्षा दिन थाल्नुभयो। तर मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरू र मानिसहरूका अगुवाहरूले उहाँलाई मार्न खोज्दैथिए।
48
तर तिनीहरूले उहाँलाई मार्न कुनै उपाय भेट्टाउन सकेनन्; किनकि सबै मानिसहरू उहाँका वचनमा प्रभावित भएका थिए।
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 20 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24