bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Luke 8
Luke 8
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 9 →
1
त्यसपछि येशू परमेश्वरको राज्यको सुसमाचार घोषणा गर्दै सहर-सहर र गाउँ-गाउँमा जानुभयो। ती बाह्रै जना चेलाहरू उहाँसँगै थिए।
2
दुष्ट आत्मा र रोगहरूबाट निको भएका कतिपय स्त्रीहरू पनि उहाँसँगै थिए: मग्दलिनी भन्ने मरियम, जसबाट सात वटा दुष्ट आत्माहरू निस्केका थिए;
3
हेरोदका कामदार कुजाकी पत्नी योअन्ना थिइन्। साथै सुसन्ना र अरू धेरै स्त्रीहरू थिए, जसले आफूसँग जे छ, त्यसबाट उहाँको सेवामा सहायता गर्थे।
4
जब ठूलो भीड जम्मा भए, र धेरै मानिसहरू सहर-सहरबाट येशूकहाँ आएका थिए, तब उहाँले यो दृष्टान्त भन्नुभयो:
5
“एक जना किसान बिउ छर्नलाई निस्क्यो। उसले जब बिउ छर्दैथियो, तब केही बिउ बाटोमा परे; ती कुल्चिइए र आकाशका चराहरूले आएर खाइदिए।
6
केही ढुङ्गेनी जमिनमा परे। उम्रिने बित्तिकै ती बिरुवाहरू सुकिहाले; किनकि तिनमा ओस थिएन।
7
केही बिउ काँडाहरूका झाडीमा परे, जो ती साथसाथै बढेर आए, र बिरुवाहरूलाई निसासिदिए।
8
कतिपय बिउ असल जमिनमा खसे; र ती उम्रिए। अनि छरिएकोभन्दा सय गुणा बढी फल फलाए।” यति भनिसकेपछि उहाँले उच्च सोरमा भन्नुभयो, “जसका सुन्ने कानहरू छन्, त्यसले सुनोस् र बुझोस्।”
9
उहाँका चेलाहरूले यो दृष्टान्तको अर्थ के हो भनी उहाँलाई सोधे।
10
उहाँले भन्नुभयो, “परमेश्वरको राज्यको रहस्यको ज्ञान तिमीहरूलाई प्रकट गरिएको छ; तर अरूहरूसँग म दृष्टान्तद्वारा बोल्छु, यसरी धर्मशास्त्र पूरा होस्: “ ‘तिनीहरूले हेरेर पनि नदेखून्, र सुनेर पनि नबुझून्।’
11
“दृष्टान्तको अर्थ यही हो, बिउचाहिँ परमेश्वरको वचन हो।
12
बाटोतिर परेका तिनीहरू हुन्, जसले वचन त सुन्छन्, तर तिनीहरूले विश्वास नगरून् र मुक्ति नपाऊन् भनी शैतान आउँछ, र तिनीहरूका हृदयबाट वचन लैजान्छ।
13
ढुङ्गेनी ठाउँमा परेका तिनीहरू हुन्, जसले सुन्दैगर्दा वचन बडो आनन्दसाथ ग्रहण गर्छन्, तर तिनको कुनै जरा हुँदैन। तिनीहरू केही बेरका निम्ति विश्वास त गर्छन्, तर परीक्षाको समयमा तिनीहरू पछि हट्छन्।
14
काँडाहरूका बीचमा परेका तिनीहरूलाई दर्शाउँछ, जसले वचन सुन्छन्, तर आफ्नो बाटोमा अगि बढ्दै जाँदा जीवनको चिन्ता, धनसम्पत्ति र सुख-चैनका कारण निसासिन्छन्, र परिपक्व हुन पाउँदैनन्।
15
तर असल जमिनमा परेको बिउले तिनीहरूलाई दर्शाउँछ, जसको हृदय निष्कपट र भलो छ, तिनीहरूले वचन सुन्छन्, त्यसलाई हृदयमा जोगाइराख्छन् र मेहनत गरी फल फलाउँछन्।
16
“कसैले पनि बत्ती बालेर भाँडाले छोप्दैन, अथवा खाटमुनि राख्दैन। तर भित्र आउनेहरूले उज्यालो पाऊन् भनी उसले त्यसलाई सामदानमाथि राख्दछ।
17
किनकि लुकेको कुनै कुरा छैन, जो प्रकट हुँदैन। अनि गुप्तमा लुकेको कुनै कुरा छैन, जो थाहा लाग्दैन अथवा प्रकाशमा आउँदैन।
18
त्यसकारण तिमीहरू कसरी सुन्छौ, त्यसमा होसियार रहो। जससित छ, त्यसलाई अरू दिइनेछ; र जससँग छैन, त्यसले आफूसँग जे छ भनी ठान्छ, त्यो पनि त्यसबाट खोसिनेछ।”
19
येशूका आमा र भाइहरू उहाँलाई भेट्न आए, तर भीडले गर्दा तिनीहरू उहाँकहाँ नजिक पुग्न सकेनन्।
20
कसैले उहाँलाई भन्यो, “तपाईंकी आमा र भाइहरू बाहिर उभिरहेका छन् र तपाईंलाई भेट्न चाहन्छन्।”
21
उहाँले जवाफ दिनुभयो, “मेरी आमा र मेरा भाइहरू तिनीहरू नै हुन्, जसले परमेश्वरको वचन सुन्छन् र त्यो पालन गर्छन्।”
22
एक दिन येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “हामी तालको पारिपट्टि जाऔँ।” अनि उहाँहरू डुङ्गामा चढेर जानुभयो।
23
तिनीहरू डुङ्गामा जाँदै गर्दा येशू निदाउनुभयो। त्यस तालमा ठूलो आँधी चल्न लाग्यो जसले गर्दा डुङ्गा पानीले भरिन थाल्यो र तिनीहरू ठूलो खतरामा परे।
24
तब उहाँकहाँ गएर चेलाहरूले यसो भन्दै उहाँलाई बिउँझाए, “गुरुज्यू, गुरुज्यू, हामी त डुब्नै लाग्यौँ!” तब उहाँ उठेर बतास र उर्लंदो पानीको छाललाई हप्काउनुभयो। आँधी थामियो र सबै शान्त भयो।
25
उहाँले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूको विश्वास खोइ?” डर र आश्चर्यमा परी तिनीहरूले एक-आपसमा भने, “उहाँ को हुनुहुन्छ? उहाँले आँधी र पानीलाई समेत आज्ञा गर्नुहुन्छ, र तिनीहरूले उहाँको आज्ञा मान्दा रहेछन्।”
26
उहाँहरू डुङ्गामा चढेर गालीलको तालको पारिपट्टि गिरासिनीहरूको मुलुकमा आइपुग्नुभयो।
27
येशू जब किनारमा उत्रनुभयो, तब भूतआत्माले ग्रसित भएको त्यस सहरको एक जना मानिसले उहाँलाई भेट्यो। धेरै लामो समयदेखि त्यस मानिसले लुगा लगाउँदैनथियो। घरमा बस्दैनथियो; तर चिहानहरूका गुफामा बस्नेगर्थ्यो।
28
जब त्यसले येशूलाई देख्यो, त्यो चिच्यायो, र उहाँको पाउमा पर्यो। अनि चर्को सोरले कराएर भन्यो, “हे येशू, सर्वोच्च परमेश्वरका पुत्र, तपाईं मसित के चाहनुहुन्छ? म तपाईंलाई बिन्ती गर्दछु, मलाई नसताउनुहोस्!”
29
किनकि येशूले अशुद्ध आत्मालाई त्यो मानिसबाट अगिबाटै निस्किआउन आज्ञा गर्नुभएको थियो। त्यस आत्माले त्यसलाई धेरै पल्ट पक्रेको थियो। त्यसलाई हात र खुट्टामा साङ्लोले बाँधेर पहरा दिएर राखिएको भए तापनि साङ्लाहरू छिनाइहाल्थ्यो। अनि भूतआत्माले त्यसलाई एकान्त ठाउँहरूमा लैजान्थ्यो।
30
येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाम के हो?” त्यसले जवाफ दियो, “फौज,” किनकि त्यसभित्र धेरै भूतआत्माहरू पसेका थिए।
31
तिनीहरूले उहाँसँग तिनीहरूलाई अतल कुण्डमा जाने आज्ञा नदिनका निम्ति बारम्बार बिन्ती गरे।
32
त्यहाँ डाँडामा एक हुल सुँगुरहरू चरिरहेका थिए। भूतआत्माहरूले तिनीहरूलाई ती सुँगुरहरूभित्र पस्न दिनुहोस् भनी उहाँलाई बिन्ती गरे। उहाँले अनुमति दिनुभयो।
33
तब त्यो मानिसबाट भूतहरू निस्केर ती सुँगुरहरूभित्र पसे। त्यो हुल भिरालो पाखाबाट हुरमुरिँदै गएर तालमा खसे, र डुबेर मरे।
34
जब सुँगुर चराउनेहरूले त्यहाँ यो भएको घटना देखे, तब तिनीहरू भागे। अनि सहर र गाउँतिर यसको खबर दिए।
35
मानिसहरू जे घटेको थियो, त्यो हेर्न गए। येशूकहाँ आउँदा तिनीहरूले जुन मानिसबाट भूतआत्माहरू निस्केर गएका थिए, त्यो मानिस ठिक दिमागको भएर लुगा लगाएर येशूका पाउमा बसिरहेका भेट्टाए। यो देखेर तिनीहरू डराए।
36
जतिले यो देखेका थिए, तिनीहरूले त्यस दुष्ट आत्मा लागेको मानिस कसरी निको पारियो भनी मानिसहरूलाई भनिदिए।
37
तब गिरासिनी इलाकाका सबै मानिसहरूले येशूलाई तिनीहरूका ठाउँबाट छोडेर गइहाल्न बिन्ती गरे; किनकि तिनीहरू अत्यन्तै डराएका थिए। यसकारण उहाँ डुङ्गामा चढेर फर्कनुभयो।
38
जुन मानिसबाट भूतहरू निस्केका थिए, त्यसले उहाँकै साथमा जान पाऊँ भनी बिन्ती गर्यो; तर येशूले त्यसलाई यसो भन्दै पठाउनुभयो,
39
“तिमी आफ्नै घरमा फर्क। परमेश्वरले तिम्रा निम्ति कति ठूला काम गरिदिनुभएको छ, सो भनिदेऊ।” अनि त्यो मानिस गयो र येशूले त्यसका निम्ति कति ठूलो काम गर्नुभयो, सो कुरा सारा सहरभरि प्रचार गरिहिँड्न थाल्यो।
40
जब येशू फर्केर आउनुभयो, तब एउटा ठूलो भीडले उहाँलाई स्वागत गरे; किनकि तिनीहरू सबैले उहाँलाई प्रतीक्षा गरिरहेका थिए।
41
तब याइरस नाम गरेका सभाघरका एक जना शासक आए। अनि उहाँलाई तिनको घरमा आइदिनुहोस् भनी बिन्ती गर्दै येशूका पाउमा घोप्टो परे।
42
किनभने तिनकी एउटै मात्र छोरी, जो लगभग बाह्र वर्षकी थिई, ऊ मर्न लागेकी थिई। येशू त्यहाँ जाँदै गर्नुहुँदा भीडहरूले उहाँलाई घचेटिरहेका थिए।
43
बाह्र वर्षदेखि रगत बग्ने रोगले सताइएकी एउटी स्त्री पनि त्यहाँ थिई। उसलाई कसैले निको पार्न सकेको थिएन।
44
त्यो स्त्री येशूको पछिल्तिर आई, र उहाँको लुगाको किनार छोई। अनि तुरुन्तै उसको रगत बग्न बन्द भयो।
45
येशूले “कसले मलाई छोयो?” भनी सोध्नुभयो। सबैले इन्कार गरेपछि पत्रुसले भने, “गुरुज्यू, भीडले तपाईंलाई घेरेर घचेटिरहेका छन्।”
46
तर येशूले भन्नुभयो, “कसैले मलाई छोएकै हो। मबाट शक्ति निस्केर गएको मैले थाहा पाएँ।”
47
तब त्यस स्त्रीले आफू उम्केर जान नसक्ने देखेर काम्दै आई, र येशूको पाउमा घोप्टो परी। उसले उहाँलाई किन छोएकी थिई र ऊ कसरी तुरुन्तै निको भई, त्यो कुरा सबै मानिसहरूका सामु बताइदिई।
48
तब उहाँले उसलाई भन्नुभयो, “छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ; शान्तिसँग जाऊ!”
49
येशू बोलिरहनुभएकै बेला सभाघरका शासक याइरसको घरबाट एक जना मानिस आइपुग्यो र त्यसले भन्यो, “तपाईंकी छोरीको मृत्यु भइसकेको छ; अब गुरुज्यूलाई कष्ट नदिनुहोस्।”
50
यो सुनेर येशूले याइरसलाई भन्नुभयो, “नडराऊ, विश्वास मात्र गर, र ऊ निको हुनेछे।”
51
याइरसको घरमा आइपुगेपछि उहाँले पत्रुस, यूहन्ना, याकोब, र केटीका आमा र बुबाबाहेक अरू कसैलाई उहाँसँग भित्र आउन दिनुभएन।
52
त्यस बेला सबै जना त्यस केटीका लागि रोइरहेका र बिलौना गरिरहेका थिए। तर उहाँले भन्नुभयो, “बिलौना नगर, ऊ मरेकी छैन, तर निदाएकी मात्र छे।”
53
त्यो मरिसकेकी छ भनी जानेर तिनीहरूले उहाँलाई हाँसोमा उडाए।
54
तर उहाँले त्यसको हात समातेर भन्नुभयो, “मेरी छोरी, उठ!”
55
अनि त्यसको आत्मा फेरि फर्केर आयो, र ऊ तुरुन्तै उठी। त्यसपछि येशूले उसलाई केही खान दिनू भनी तिनीहरूलाई आज्ञा दिनुभयो।
56
त्यसका आमाबुबा आश्चर्यचकित भए, तर उहाँले तिनीहरूलाई जे भएको थियो, त्यसबारे कसैलाई नभन्नू भन्ने आज्ञा दिनुभयो।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24