bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Luke 2
Luke 2
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 3 →
1
ती दिनहरूमा रोमी सम्राट सिजर अगस्टसले उनको साम्राज्यमा सबैको जनगणना गरियोस् भन्ने हुकुम जारी गरे।
2
(कुरेनियस सिरिया राज्यका राज्यपाल हुँदा यो पहिलो जनगणना भएको थियो।)
3
नाम दर्ता गर्न सबै आ-आफ्ना सहरमा गए।
4
यसरी योसेफ पनि गालील प्रदेशको नासरत सहरबाट यहूदिया प्रदेशमा, दावीदको सहर बेथलेहेम गए; किनकि उनी दावीदकै घराना र वंशका थिए।
5
उनी आफ्नो नाम दर्ता गर्न मरियमसँगै गए, जसको मगनी उनीसँग भएको थियो, र तिनी गर्भवती थिइन्।
6
तिनीहरू त्यहाँ रहेकै बेला बालक जन्मने बेला भयो,
7
र तिनले आफ्नो जेठो छोरा जन्माइन्। तिनले बालकलाई लुगाले बेह्रेर एउटा डुँडमा राखिन्; किनकि तिनीहरूका निम्ति पाटी-पौवामा ठाउँ नै थिएन।
8
त्यहाँ नजिकैको चउरमा राति आफ्नो बगालको रखवाली गर्दै बस्ने केही गोठालाहरू थिए।
9
त्यस बेला प्रभुका एक स्वर्गदूत तिनीहरूकहाँ प्रकट भए, र प्रभुको ज्योति तिनीहरूका चारैतिर चम्कियो; र तिनीहरू डराए।
10
तर स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनकि म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका लागि हुनेछ।
11
आज दावीदको सहर बेथलेहेममा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, उहाँ नै ख्रीष्ट प्रभु हुनुहुन्छ।
12
अनि तिमीहरूका निम्ति यो एउटा चिन्ह हुनेछ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेर डुँडमा सुतिरहेको भेट्टाउनेछौ।”
13
तब एक्कासि ती स्वर्गदूतको साथमा स्वर्गीय सेनाको एउटा ठूलो भीड परमेश्वरको प्रशंसा गर्दै, यसो भन्दै देखा पर्यो:
14
“सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा उहाँको निगाह पाएका मानिसहरूलाई शान्ति।”
15
जब स्वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्वर्गमा गए, तब ती गोठालाहरूले आपसमा भने, “हामी बेथलेहेममा जाऔँ, र यो भएको घटना हेरौँ, जसको विषयमा प्रभुले हामीलाई भन्नुभएको छ।”
16
त्यसकारण तिनीहरू हतार-हतार गए, र मरियम, योसेफ र डुँडमा बालकलाई सुतिरहेका भेट्टाए।
17
जब तिनीहरूले उहाँलाई देखे, तब त्यस बालकको विषयमा तिनीहरूलाई जे भनिएको थियो, त्यस बारेमा तिनीहरूले कुरा फैलाए।
18
जति जनाले यो सुने, गोठालाहरूले तिनीहरूलाई बताएका कुरामा सबै आश्चर्यचकित भए।
19
तर मरियमले यी सबै कुरा मनैमा राखिन् र त्यस बारेमा विचार गर्दै बसिन्।
20
सबै कुरा तिनीहरूलाई भनिएबमोजिम नै सुनेका र देखेका हुनाले ती सबै कुराहरूका निम्ति परमेश्वरलाई महिमा र प्रशंसा गर्दै गोठालाहरू फर्के।
21
आठौँ दिनमा बालकको खतना हुँदा उहाँको नाम येशू राखियो, जुन नाम उहाँ गर्भमा आउनुभन्दा अगि नै स्वर्गदूतले राख्नू भनी भनेका थिए।
22
जब मोशाको व्यवस्थाअनुसार तिनीहरूको शुद्ध हुने समय पूरा भयो, तब योसेफ र मरियमले उहाँलाई प्रभुमा समर्पण गर्न यरूशलेममा ल्याए,
23
(जसरी प्रभुको व्यवस्थामा लेखिएको छ, “पहिले जन्मने हरेक जेठो पुत्र प्रभुका निम्ति पवित्र गरिनेछ”),
24
अनि “एक जोर ढुकुर अथवा परेवाका दुई वटा बचेरा” भनी प्रभुको व्यवस्थाले भनेजस्तै तिनीहरू बलिदान चढाउन गए।
25
त्यस समय यरूशलेममा शिमियोन नाम गरेका एक जना धर्मी र भक्त मानिस थिए। पवित्र आत्मा तिनीमाथि हुनुहुन्थ्यो; अनि तिनले इस्राएलका सान्त्वना दिनुहुनेलाई पर्खिरहेका थिए।
26
प्रभुका ख्रीष्टलाई नदेखेसम्म तिनी मर्नेछैनन् भनी पवित्र आत्माद्वारा तिनलाई प्रकट गरिएको थियो।
27
त्यस दिन आत्माद्वारा डोर्याइएर तिनी मन्दिरको चोकमा गए। जब बुबाआमाले बालक येशूलाई उहाँका निम्ति व्यवस्थाले मागे अनुसारको विधि गर्नलाई मन्दिरभित्र ल्याए,
28
तब शिमियोनले उहाँलाई आफ्नो पाखुरामा लिएर परमेश्वरको प्रशंसा गर्दै भने:
29
“हे सार्वभौम प्रभु, तपाईंले प्रतिज्ञा गर्नुभएबमोजिम, अब आफ्नो सेवकलाई शान्तिसित बिदा दिनुहोस्,
30
किनकि मेरा आँखाले तपाईंको ‘उद्धार’ देखेका छन्,
31
जो तपाईंले सबै मानिसहरूको दृष्टिमा तयार पार्नुभएको छ;
32
सबै जातिहरूलाई प्रकाशका निम्ति र तपाईंको जाति इस्राएललाई महिमाका निम्ति ज्योति हुनुहुन्छ।”
33
बालकका बुबा र आमा उहाँका विषयमा बोलिएका कुरा सुनेर छक्क परे।
34
त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए, र येशूकी आमा मरियमलाई भने: “यी बालक इस्राएलमा धेरै जनाका लागि पतन र उत्थानका कारण ठहरिनुहुनेछ। उहाँ परमेश्वरबाट पठाइएको चिन्ह हुनुहुन्छ, तर धेरैले उहाँको विरोध गर्नेछन्।
35
जसबाट धेरै हृदयका विचारहरू प्रकट हुनेछन्। अनि एउटा तरवारले तिम्रो आफ्नै प्राण पनि छेड्नेछ।”
36
त्यहाँ आशेरका कुलका फनुएलकी छोरी हन्ना नाम गरेकी एउटी अगमवादिनी थिइन्। तिनी साह्रै वृद्ध थिइन्; र तिनी विवाहपछि सात वर्ष मात्र पतिसँग बसेकी थिइन्।
37
तिनी लगभग चौरासी वर्षकी विधवा थिइन्; तिनले कहिल्यै मन्दिर छोड्दैनथिइन्, तर दिनरात उपवास र प्रार्थनासाथ आराधनामा समय बिताउँथिन्।
38
त्यही बेला तिनीहरूकहाँ आएर तिनले परमेश्वरलाई धन्यवाद दिइन्, र यरूशलेमको उद्धारको प्रतीक्षा गर्दै बस्नेहरू सबैलाई बालकको बारेमा बताइन्।
39
प्रभुको व्यवस्थाले बताएका सम्पूर्ण काम गरेर सिद्ध्याएपछि योसेफ र मरियम गालील प्रदेशको आफ्नै सहर नासरतमा फर्के।
40
बालक बढ्दै र बलियो हुँदै जानुभयो; उहाँ बुद्धिले भरिनुभयो र परमेश्वरको अनुग्रह उहाँमाथि थियो।
41
येशूका आमाबुबा निस्तार चाडको निम्ति वर्षेनी यरूशलेम जाने गर्दथे।
42
जब उहाँ बाह्र वर्षको हुनुभयो, तब उहाँहरू चाडको रीतिअनुसार जानुभयो।
43
चाड सकिएपछि उहाँका आमाबुबा घर फर्कंदै गर्दा बालक येशू यरूशलेममै रहनुभयो। तर उहाँका आमाबुबाले यो थाहा पाएनन्।
44
उहाँ तिनीहरूकै यात्रीदलमा हुनुहुन्छ होला भन्ने ठानी तिनीहरू एक दिनभरिको बाटो गए। तब तिनीहरूले उहाँलाई आफ्ना नातेदारहरू र मित्रहरूका बीचमा खोज्न थाले।
45
उहाँलाई त्यहाँ नभेट्टाउँदा, तिनीहरू उहाँलाई खोज्न यरूशलेम नै फर्के।
46
तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरको चोकमा शिक्षकहरूसँग बसेर तिनीहरूका कुरा सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै रहनुभएको भेट्टाए।
47
उहाँका कुरा सुन्नेहरू सबै जना उहाँको समझ र उत्तरहरूमा छक्क परेका थिए।
48
जब उहाँका आमाबुबा उहाँलाई देखेर चकित भए; तब उहाँकी आमाले उहाँलाई भनिन्, “छोरा, तिमीले हामीलाई किन यस्तो व्यवहार गर्यौ? तिम्रा बुबा र म चिन्तित भएर तिमीलाई खोजिरहेका थियौँ।”
49
उहाँले भन्नुभयो, “तपाईंहरूले मलाई किन खोज्नुभयो? म मेरा पिताको घरमा हुनुपर्छ भन्ने कुरा के तपाईंहरूलाई थाहा थिएन?”
50
तर उहाँले तिनीहरूलाई के भन्दैहुनुहुन्थ्यो, त्यो तिनीहरूले बुझेनन्।
51
त्यसपछि उहाँ तिनीहरूसँग नासरत जानुभयो, र तिनीहरूप्रति आज्ञाकारी बन्नुभयो। उहाँकी आमाले यी सबै कुरा आफ्नो मनैमा राखिन्।
52
अनि येशू बुद्धिमा, कदमा अनि परमेश्वर र मानिसहरूको कृपादृष्टिमा बढ्दै जानुभयो।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24