bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Timothy 1
1 Timothy 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 2 →
1
हामीलाई मुक्ति दिने परमेश्वर र आशा दिने येशू ख्रीष्टको आज्ञाअनुसार येशू ख्रीष्टको प्रेरित भएको म पावल यो पत्र
2
विश्वासमा मेरा साँचो छोरा तिमोथीलाई लेख्दैछु। परमेश्वर पिता र हाम्रा ख्रीष्ट येशूले तिमीलाई अनुग्रह, कृपा र शान्ति देऊन्।
3
मैले माकेडोनियामा जान लाग्दा तिमीलाई एफिससमै बस भनेर कर लगाएको थिएँ र अझै पनि त्यहाँ झूटो शिक्षा दिनेलाई रोक्न त्यहीं बस।
4
तिमीले तिनीहरूलाई ती दन्त्यकथा र पिता-पुर्खाहरूका नटुङ्गिने सूचीमा अल्मलिन नदेओ किनभने त्यसले त विश्वासले बुझिने परमेश्वरको योजनामा शङ्का मात्र बढाउँछ।
5
हामीले दिएका शिक्षाचाहिँ शुद्ध मन, राम्रो विवेक र साँचो विश्वासबाट निक्लने प्रेमलाई बढाउनु हो।
6
कतिपय मानिसहरू यी कुरालाई भुलेर व्यर्थैको कुरामा अल्मलिरहेका छन्।
7
आफूले बोलेको कुरा पनि नबुझ्ने र के बारेमा बोल्दै छन्, त्यसको पनि अत्तो-पत्तो नराख्ने व्यवस्था सिकाउने गुरु हुन खोज्छन्।
8
हामीलाई थाहा छ, ठीकसँग चलायो भने व्यवस्था धेरै राम्रो कुरो हो।
9
यो थाहा हुनुपर्छ, नियम असल मानिसको निम्ति बनिएको होइन। ऐन त नियम भङ्ग गर्ने, डाकुहरू, ईश्वर नमान्ने र पापीहरू, आफ्ना आमा-बुबालाई मार्नेहरू, मान्छे मार्नेहरू,
10
व्यभिचारीहरू, पुरुषगामीहरू, अपहरणकारीहरू, झूटो बोल्ने र झूटो साक्षी दिने र सत्य शिक्षाको विरुद्ध काम गर्नेहरूका लागि बनिएको हो।
11
यो हाम्रो शिक्षाचाहिँ पूज्य परमेश्वरले विश्वास गरेर मलाई दिनुभएको ठूलो सुसमाचारमा पाइन्छ।
12
मेरो काममा मलाई बल दिने हाम्रा प्रभु येशू ख्रीष्टलाई म धन्यवाद दिन्छु। उहाँले मलाई विश्वास गरेर नै आफ्नो काममा लगाउनुभयो।
13
हुन म त पहिले उहाँको निन्दा गर्ने र खेदो गर्ने थिएँ। त्यस बेला मेरो विश्वास थिएन र यी सबै कुरा अन्जानमै गरेको थिएँ। त्यसो हुँदा परमेश्वरले मलाई दया गर्नुभयो
14
र ममाथि हाम्रो प्रभुको अनुग्रह प्रशस्तसँग खन्याउनुभयो। ख्रीष्टमा पाएको विश्वास र प्रेम उहाँले नै मलाई दिनुभयो।
15
ख्रीष्ट येशू पापीहरूलाई नै बचाउन यस संसारमा आउनुभएको हो, यो सबैले मान्नुपर्ने साँचो कुरा हो। तिनीहरूमा मचाहिँ सबैभन्दा पापी हुँ।
16
यही कारणले नै उहाँले मलाई दया गर्नुभयो। मजस्तो सबैभन्दा पापीलाई आफ्नो धैर्य प्रकट गर्न उहाँले मलाई नमुना बनाउनुभयो। यो नमुना पछि उहाँमाथि विश्वास गर्ने र अनन्त जीवन पाउनेहरूका लागि हो।
17
अब सधैँको राजा सधैँ जिउने र देख्न नसकिने एकमात्र परमेश्वरलाई सधैँभरि आदर र सम्मान् होइरहोस्। हो, आमेन।
18
हेर बाबु तिमोथी, धेरैअघि तिम्रो बारेमा परमेश्वरका तर्फबाट बोलेको कुराअनुसार तिमीलाई यो भार जिम्मा लाउँदै छु। असल लडाइँ लड्नलाई उहाँले भन्नुभएका ती कुराहरूलाई हतियारको रूपमा प्रयोग गर।
19
त्यस बेला तिमीले आफ्नो विश्वास र राम्रो विवेकलाई नछोड्नू। विवेकले भनेको नटेर्दा कति जनाको विश्वासै नष्ट भएर गयो।
20
तिनीहरूमा हुमेनियस र अलेक्जेन्डर हुन्। परमेश्वरलाई निन्दा गर्न छोडून् भनेर मैले तिनीहरूलाई शैतानको हातमा सुम्पिदिएको छु।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 2 →
All chapters:
1
2
3
4
5
6