bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Timothy 3
1 Timothy 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 4 →
1
कसैले मण्डलीका देखरेख गर्ने काममा इच्छा राख्छ भने त्यसको विचार राम्रो हो। हो, यो साँचो कुरो हो।
2
यस्तो देखरेख गर्ने मानिस कुनै दोषबिनाको हुनुपर्छ। उसले एउटै मात्र स्वास्नी विवाह गरेको हुनुपर्छ। ऊ आफैंलाई वशमा राख्ने, आफ्नो मनलाई अधीनमा राख्ने र राम्रो चालचलन भएको हुनुपर्छ। उसले अतिथिसत्कार गर्नुपर्छ र शिक्षा दिन सक्नुपर्छ।
3
मारपिट गर्ने, मात्तिने हुनुहुँदैन। तर ऊ त सहने र शान्त स्वभावको र पैसाको लोभ नगर्ने हुनुपर्दछ।
4
ऊ आफ्नै घर राम्ररी चलाउन सक्ने, आफ्ना छोराछोरीहरूलाई राम्ररी तह लाउन सक्ने हुनुपर्छ
5
किनभने आफ्नो घरलाई नै राम्ररी चलाउन नसक्नेले कसरी मण्डलीको हेर-विचार गर्न सक्ला र?
6
त्यस्तो मानिस भरखर विश्वास गर्ने सिकारु पनि हुनुहुँदैन। नत्र ऊ घमण्डले फुलेर शैतानझैँ दण्डमा परेर पतन हुनेछ।
7
हेर-विचार गर्ने मानिसले मण्डली मात्र होइन, मण्डलीबाहिर पनि मान पाएका हुनुपर्छ। त्यसो भए मात्र उसलाई मानिसहरूले निन्दा गर्नेछैनन् र शैतानको जालमा पनि पर्नेछैन।
8
मण्डलीमा सेवा गर्नेहरू पनि त्यस्तै गहकिलो मानिस हुनुपर्छ। उनीहरू साँचो बोल्ने, नमात्तिने, पैसाको लोभ नगर्ने हुनुपर्दछ।
9
उनीहरूले आफैंले पाएको विश्वासको गहिरो सत्यलाई शुद्ध विवेकले जोगाइराख्नुपर्छ।
10
पहिले सेवा गर्नेहरू जाँच गरिनुपर्छ अनि ठीक ठहरिए भने मात्र तिनीहरूलाई पनि सेवा गर्ने काममा लगाउनुपर्छ।
11
तिनीहरूका पत्नीहरू पनि त्यसरी राम्रो चालचलनका र अर्काको निन्दा नगर्ने हुनुपर्दछ। तिनीहरूले नराम्रो गफ नगरून् तर आफैंलाई वशमा राखेर सबै कुरामा विश्वासी होऊन्।
12
मण्डलीमा सेवा गर्नेको पनि एउटै मात्र स्वास्नी हुनुपर्दछ। उसले पनि आफ्ना छोराछोरी र घर-परिवार राम्ररी मिलाएर राख्नुपर्दछ।
13
राम्रो सेवा गर्नेहरूको इज्जत पनि राम्रो हुनेछ अनि तिनीहरूले येशू ख्रीष्टमा भएको आफ्नो विश्वासको बारेमा अरूलाई पनि साहससँग भन्न सक्नेछन्।
14
यो पत्र लेख्दा पनि मैले चाँडै आउने आशा राखेको छु।
15
तर केही गरी म आउन ढिला भएँ भने परमेश्वरको घरमा हाम्रो चालचलन कस्तो हुनुपर्ने हो, यसै पत्रबाट जानिराख्नू। परमेश्वरको घरचाहिँ जीवित परमेश्वरको मण्डली हो। यो परमेश्वरको घर, सत्यको खम्बा र किल्ला पनि हो।
16
साँच्चै भक्तिको बुझ्नैनसकिने रहस्य कति ठूलो छ? उहाँ मानिसकै शरीरमा देखा पर्नुभयो, पवित्र आत्माले पापबिनाको ठहरिनुभयो अनि उहाँलाई स्वर्गदूतहरूले देखे। देशदेशमा उहाँको प्रचार भयो, संसारमा उहाँलाई विश्वास गरियो अनि उहाँ फेरि सम्मान्सँग माथि लगिनुभयो।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 4 →
All chapters:
1
2
3
4
5
6