bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Timothy 5
1 Timothy 5
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 6 →
1
आफूभन्दा जेठालाई नहप्काऊ; तर तिनलाई आफ्नै बुबालाई झैँ बिन्ती चढाऊ अनि सानाहरूलाई चाहिँ भाइहरूलाई जस्तै सम्झाऊ।
2
त्यसै गरी आफूभन्दा जेठी स्त्रीहरूलाई आमाझैँ र कान्छीहरूलाई बहिनीलाई झैँ चोखो मनले सम्झाऊ।
3
आफ्ना कोही नभएका विधवाहरूको हेरचाह गर्ने गर।
4
तर छोरा-छोरी र नाति-नातिनाहरू हुने विधवालाई चाहिँ उनकै छोरा-छोरी र नाति-नातिनाहरूले हेरचाह गरून्। पहिले घरमा नै भक्ति देखाउन सिकून् र आमा-बुबाका ऋण तिरून् किनभने यसो गर्नाले परमेश्वर पनि खुसी हुनुहुनेछ।
5
आफ्नो कोही नहुने विधवाले चाहिँ आफ्नो भरोसा परमेश्वरमा मात्र राखेकी हुन्छे। अनि त्यसले दिनरात लागेर परमेश्वरमा आफ्नो बिन्ती चढाइरहन्छे।
6
तर आफ्नो जीवन मोज-मज्जामा बिताउने विधवा भने बाँचे पनि अघि नै मरे जतिकै हो।
7
तिनीहरू निर्दोषी रहिरहून् भनेर तिनीहरूका लागि यी शिक्षाहरू देओ।
8
कोहीकोहीले त आफ्ना नातेदारहरू र खास गरेर आफ्नै परिवारको पनि हेरविचार गर्दैनन्। त्यस्ताले त विश्वास गर्नसमेत छोडेका हुन्छन्। तिनीहरू विश्वास नगर्नेभन्दा पनि खराब हुन्छन्।
9
साठी वर्ष उमेर नपुगेकी स्त्रीलाई विधवा-खातामा दर्ता नगर। त्यसमा पनि तिनले एउटै पुरुषसँग मात्र बिहे गरेको हुनुपर्छ।
10
राम्रो काम गरेकोमा तिनको नाम चलेको हुनुपर्छ। तिनले आफ्ना छोरा-छोरीहरूलाई राम्ररी हुर्काएकी र पाहुनाहरूलाई आफ्नो घरमा सत्कार गरेकी हुनुपर्छ अनि तिनले ख्रीष्टका पवित्र जनहरूका गोडा धोएर सेवा गरेकी र दु:खमा परेकाहरूलाई सघाएकी र यस्तै असल कामहरू गरेकी हुनुपर्छ।
11
तर तरुनी विधवाहरूलाई भने आफ्नो खातामा दर्ता नगर किनभने तिनीहरूले मौका पाउनेबित्तिकै ख्रीष्टको कामलाई छोडेर फेरि विवाह गरिहाल्नेछन्।
12
यसरी तिनीहरूले ख्रीष्टमा पहिले गरेको प्रतिज्ञा बिर्सिएकोले तिनीहरू दोषी ठहरिन्छन्।
13
फेरि तरुनी विधवा त अरू मानिसहरूका घरघरै डुल्ने बानी भएर बेकामै हुन्छन्। त्यति मात्र होइन, कुरौटे, झगडा लाउने र बोल्न नहुने कुरा पनि बोल्ने हुन्छन्।
14
यसकारण म तरुनी विधवाहरूले चाहिँ फेरि विवाह नै गरून् भनेर सल्लाह दिन्छु। यसरी बरु तिनीहरूले छोराछोरी जन्माएर गृहस्थी बनून्। त्यसो भए मात्र हाम्रा विरोधीहरूलाई हाम्रो निन्दा गर्ने मौका मिल्नेछैन
15
किनभने कोहीकोही विधवाहरू अघि नै शैतानतिर ढल्कि पनि सकेका छन्।
16
तर कुनै विश्वासी स्त्रीका परिवारमा विधवाहरू छन् भने तिनले तिनीहरूको हेरचाह गरून्। यसो गर्यौ भने मण्डलीले तिनीहरूको बोझ बोक्नुपर्नेछैन। त्यसकारण कोही नभएका विधवाहरूको मात्र मण्डलीले हेरचाह गरोस्।
17
राम्ररी हेरचाह गर्ने मण्डलीका धर्म-गुरुहरूको दोब्बर आदर हुनुपर्छ। खास गरेर परमेश्वरको शिक्षा सुनाउन र सिकाउन परिश्रम गर्नेहरूले त यो पाउनैपर्दछ
18
किनभने धर्मशास्त्रले भन्छ, “दाइँ गर्ने गोरुलाई मुखमा मोहला नलगाउनू अनि खेतालाले आफ्नो ज्याला पाउनैपर्दछ।”
19
दुईतीन जना साक्षी नभएसम्म मण्डलीका धर्म-गुरुलाई लगाएको दोष सुन्दै नसुन।
20
पाप गरिरहनेहरूलाई सबैका सामु हप्काऊ, त्यसो भए मात्र मण्डलीका अरूहरू पनि डराउनेछन्।
21
म तिमीलाई परमेश्वर, ख्रीष्ट येशू र पवित्र दूतहरूका सामुन्नेमा यी शिक्षा मान्न आज्ञा दिन्छु। यसो गर्दा तिमीले कसैको ओड नथाप्नू र पक्षपात पनि नगर्नू।
22
हतारमा कसैलाई हात राखेर मण्डलीको काममा नलगाऊ। अरू मानिसहरूको पापमा भाग नलिनू। आफ्नो जीवन सधैँ शुद्ध राख।
23
तैपनि पानी मात्र होइन अलि-अलि दाखमद्य पनि घरीघरी बिरामी हुने हुँदा तिम्रो पेटको लागि पिउने गर।
24
कोहीकोही मानिसको पाप त छर्लंङ्गै देखिने हुन्छन् र उनीहरू पहिले नै दोषी ठहराइन्छन्। तर कतिको पापचाहिँ पछिपछि मात्र देखिंदैजानेछन्।
25
त्यसै गरी कति असल कामहरू पहिले नै छर्लंङ्गै देखिन्छन्। छर्लंङ्गै देखिएनन् भने लुकिरहन पनि सक्दैनन्।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 6 →
All chapters:
1
2
3
4
5
6