bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Timothy 6
1 Timothy 6
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
1
नोकरले आफ्ना मालिकको हरेक कुरामा मान-मनितो गर्नुपर्छ भन्ने सम्झ। त्यसो भए मात्र कसैले पनि परमेश्वरको नाउँ र हामीले दिएको शिक्षालाई दोष लाउन पाउनेछैनन्।
2
विश्वासी दाजुभाइ नै हुन् भनेर आफ्नो विश्वास गर्ने मालिकको कम आदर गर्ने नगर। राम्ररी उनीहरूको सेवा गर्ने गर किनभने उनीहरूलाई फाइदा हुनु आफ्नै प्यारा विश्वासी दाजुभाइलाई फाइदा हुनु हो। यिनै कुरामा शिक्षा र उत्साह दिने गर।
3
कसैले बेग्लै शिक्षाहरू सिकाउँदछ भने हाम्रा प्रभु येशू ख्रीष्टको सत्य शिक्षा र हामीले गर्नुपर्ने भक्तिको शिक्षा मान्दैन।
4
ऊ केही नबुझी त्यसै घमण्डले फुल्छ। ऊ त झगडा गर्ने रोग लागेको मानिस हो। उसले शब्दशब्दमा लडाइँ गर्छ। यसले त डाह, झगडा गाली र नराम्रो शङ्का मात्रै गराउँछ।
5
यस्ता मानिसहरूले त एकोहोरो कचकच गरिरहन्छन्। तर तिनीहरूको बुद्धि नै बिग्रेको हुन्छ। तिनीहरूले सत्य नै गुमाएका हुन्छन्। तिनीहरूले भक्ति गर्नुचाहिँ धनी हुने कुरा सम्झन्छन्।
6
हुन त हो, ऊ आफूसँग भएको कुरामा सन्तोष छ भने भक्तिले धेरै धनी हुनेछ।
7
जन्मँदा हामीले के लिएर आयौं? अनि मर्दा के पो लिएर जानेछौं र?
8
त्यसो भए त हामीलाई खान र लाउन पाए त पुगिहाल्यो नि
9
तर धनी हुन खोज्ने मानिस पापमा पार्ने कुरामा फस्दछ। ऊ मूर्ख र हानि गर्ने इच्छाहरूको पासोमा पर्दछ। यी खराब इच्छाहरूले उसलाई डरलाग्दो नाश र नरकमा पुर्याउँछ
10
किनभने सब किसिमको खराबीको मूल नै धनसम्पत्तिको माया हो। कति मानिसले त धन कमाउने लोभमा लागेर विश्वास गर्न छोडिदिएका छन्। अनि दु:खले तिनीहरूको मन नै छियाछिया भएको छ।
11
परमेश्वरका भक्त, तिमी यी नराम्रा कुराहरूदेखि अलग्गै बस। तिमीले परमेश्वरका अघि ठीक ठहरिने कुरामा, भक्तिमा, विश्वासमा, प्रेममा, धैर्यमा, नम्र हुने कुरामा आफ्नो मन लगाऊ।
12
विश्वासको लडाइँमा राम्ररी लड्न अनन्त जीवनलाई पक्रिराख किनभने यसकै लागि परमेश्वरले तिमीलाई बोलाउनुभएको हो अनि तिमीले पनि धेरै मानिसहरूका सामुन्नेमा आफ्नो साँचो साक्षी दिएको हो।
13
सबै थोकलाई जीवन दिने परमेश्वर र पन्तियस पिलातसकै सामुन्नेमा साँचो साक्षी दिने ख्रीष्ट येशूकै अगाडि
14
म तिमीलाई यो आज्ञा दिंदै छु, तिमीले हाम्रा प्रभु येशू ख्रीष्ट नआउञ्जेल तिमीले पाएको आज्ञा राम्ररी मान र कसैले दोष लगाउन नपाओस्।
15
परमेश्वरले उहाँलाई ठीक समयमा फेरि पठाउनुहुनेछ। परमेश्वर नै सबै शक्तिका मालिक, राजाहरूका पनि राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ।
16
उहाँ सधैँभरि रहने र कोही पुग्न नसक्ने उज्यालोमा रहनुहुन्छ। उहाँलाई कसैले पनि अहिलेसम्म देखेको छैन र देख्न पनि सक्दैन। सधैँभरि रहने शक्ति र आदर उहाँमै रहोस्। आमेन।
17
अहिले यस संसारमा धनी हुनेहरूलाई घमण्डी नहुनू भन। तिनीहरूका धन-सम्पत्ति सधैँ रहने होइन तर हाम्रो सुखका लागि प्रशस्त गरी सबै कुरा दिने परमेश्वरमै भरोसा राख भनेर आज्ञा देओ।
18
भलाइको काम गर्नू, भलाइको काममा धनी हुनू, खुला मनको हुनू र अरूलाई दिन तयार हुनू भनी तिनीहरूलाई भन।
19
यसरी तिनीहरूले पछि आफ्नो साँचो जीवनमा काम लाग्ने धनसम्पत्ति जम्मा गरून् र उनीहरूले साँचो जीवन जोगाइराख्न सक्नेछन्।
20
तिमोथी, तिम्रो जिम्मामा दिएका कुरालाई राम्ररी हेरचाह गर। कतिपय मानिसहरूले संसारका मूर्ख कुरा र ‘ज्ञान’ भनेर मानेको झूटो कुराबाट अलग होओ
21
किनभने कतिले यस्ता कुरामा लाग्दा विश्वासको बाटै हराएका छन्। तिमीहरू सबैसँग परमेश्वरको अनुग्रह रहोस्।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
All chapters:
1
2
3
4
5
6