bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Timothy 4
1 Timothy 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 5 →
1
पवित्र आत्माले प्रष्टै भन्नुहुन्छ, पछिपछि कति मानिसहरूले विश्वासै गर्न छोड्नेछन्। उनीहरूले भर्माउने आत्माका कुरा सुन्नेछन् अनि भूतले दिएका शिक्षा मान्नेछन्।
2
यस्ता शिक्षाहरू झूटा कपटी मानिसबाट आउँछ, जसको विवेक रन्केको फलामले डामेर मरिसकेको हुन्छ।
3
यिनीहरूले विवाह गर्नुहुँदैन र कति कुराचाहिँ खानुहुँदैन भनेर मानिसहरूलाई सिकाउँछन्। तर विश्वास गर्ने र सत्यलाई चिन्नेहरूले धन्यवाद चढाएर यी खाने कुराहरू खानुहुन्छ किनभने परमेश्वरले नै यी कुरा सृष्टि गर्नुभएको हो।
4
परमेश्वरबाट सृष्टि भएका सबै कुराहरू राम्रा छन्। परमेश्वरलाई धन्यवाद ग्रहण गरेमा कुनै थोक पनि इन्कार गरिदिनुपर्दैन
5
किनभने परमेश्वरको शिक्षा र प्रार्थनाले नै त्यसलाई चोखो तुल्याउँछ।
6
विश्वासको शिक्षा र तिमीले भन्दैआएका सत्य सन्देशमा तिमी हुर्किरहेका छौ। यिनै कुराहरू तिमीले ख्रीष्टिय भाइहरूलाई पनि सिकायौ भने त तिमी ख्रीष्ट येशूका लागि राम्रो सेवा गर्ने हुनेछौ।
7
ईश्वरहीन र अर्थहीन दन्त्यकथाहरूलाई नमान्नू तर भक्तिको जीवन बिताउन अभ्यास गर्नू।
8
शरीरको कसरतमा लाग्यौ भने त थोरै कुरामा मात्र फाइदा हुन्छ। तर आत्माको कसरत गर्यौ भने धेरै कुराको फाइदा हुन्छ। यसले त अहिलेको र पछिको जीवनमा फाइदाको निम्ति प्रतिज्ञा दिन्छ।
9
यो विश्वास गरेर मान्नुपर्ने साँचो कुरा हो।
10
यसकारणले हामी दिलोज्यानले काम गर्छौं किनभने हामी हाम्रो जिउँदो परमेश्वरबाट कहिल्यै निराश हुँदैनौं। उहाँ नै सबै मानिसहरूलाई खास गरी उहाँमा विश्वास राख्ने जतिलाई छुटकारा दिने परमेश्वर हुनुहुन्छ।
11
यी नै कुराहरूलाई जोड दिएर तिमी पनि सिकाउने गर।
12
तन्नेरी भएको कारणले कसैले पनि तिमीलाई हेंला गर्न नपाओस्। तर तिम्रो बोली-वचन, चालचलन, प्रेम, विश्वास र शुद्धतामा तिमी एउटा नमुना बन्न सक।
13
म नआउञ्जेल तिमीले मानिसहरूलाई धर्मशास्त्र पढेर सुनाऊ, साहस देऊ र शिक्षाहरू दिने गर।
14
तिमीले पाएको दानलाई हेलचेक्र्याइँ नगर। त्यो दान अगमवक्ताले बोल्दा र मण्डलीका धर्म-गुरुहरूले तिमीमाथि हात राख्दा तिमीलाई मिलेको दान हो।
15
तिम्रो सम्पूर्ण ध्यान र भएभरको शक्ति यिनै सिकाएका कुराहरूमा लगाऊ र तिमीले गरेको उन्नति सबैले देखून्।
16
आफ्नो बारेमा र आफूले दिएको शिक्षाको बारेमा राम्ररी चनाखो होऊ। यी कुरामा लागिरह्यो भने आफू र आफ्ना कुरा सुन्नेहरू दुवै थरीले मुक्ति पाउनेछन्।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 5 →
All chapters:
1
2
3
4
5
6