bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Timothy 2
1 Timothy 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 3 →
1
अब सबैभन्दा पहिले म भन्छु, सबै मानिसहरूका लागि नम्र निवेदन, प्रार्थना, अन्तर्बिन्ती र धन्यवाद पनि चढाउने गर।
2
राजाहरू र सरकारी मानिसहरूका लागि पनि प्रार्थना गर्ने गर। त्यसो भए हामी सुखशान्तिको जीवनले पूरा समय परमेश्वरकै भक्ति र ध्यानमा लाग्न सक्नेछौं।
3
यसो गर्नु राम्रो कुरो हो र हाम्रा मुक्तिदाता परमेश्वरले पनि यही मन पराउनुहुन्छ।
4
सबै मानिसहरू बाँचून् र सत्यलाई राम्ररी चिनून् भन्ने नै उहाँको इच्छा छ।
5
परमेश्वर एउटै हुनुहुन्छ अनि मानिसहरूलाई परमेश्वरमा ल्याउने पनि एउटै मध्यस्थ हुनुहुन्छ। यो मध्यस्थ मानिसचाहिँ ख्रीष्ट येशू हुनुहुन्छ।
6
सबै मानिसहरूलाई छुटकारा दिन उहाँ बलि हुनुभयो। हरेक व्यक्ति बाँचेको परमेश्वर चाहनुहुन्छ भन्ने कुरा ठीक प्रमाण यही हो।
7
यसैकारणले म अरू जातिका मानिसहरूलाई विश्वास र सत्य शिक्षा दिने र प्रचार गर्ने राजदूत बनाइएको हुँ। मैले साँच्चै भनेको हुँ, ढाँटेको होइनँ।
8
पुरुषहरूले रिस र शङ्का नलिई निर्दोष हात उठाएर प्रार्थना गरून् भन्ने मेरो इच्छा छ।
9
त्यसरी नै स्त्रीहरूले पनि सुहाउने गरी भद्रतासाथ लुगा लगाऊन्। बढी मात्रामा कपाल सिङ्गारेर सुन, मोतीको गरगहना अनि दामी लुगा नलगाऊन्,
10
तर भक्ति गर्ने स्त्रीहरूले आफूलाई सुहाउने किसिमका असल कामहरू मात्र गरून्।
11
स्त्री अधीनमा रहेर चुपचापसँग सिकून्।
12
स्त्रीले पुरुषमाथि हक जमाउन र शिक्षा दिन मचाहिँ दिन्नँ। स्त्री चुपै लाग्नुपर्छ
13
किनभने पहिले आदम अनि त्यसपछि मात्र हव्वाको सृष्टि भएको थियो।
14
छकिने आदम होइनन्, छकिएर परमेश्वरको आज्ञा भङ्ग गर्ने हव्वा नै हुन्।
15
स्त्रीहरू नम्र भएर विश्वास, प्रेम र पवित्रतामा रहन सके भने बालक जन्मँदा तिनीहरू बचाइनेछन्।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 3 →
All chapters:
1
2
3
4
5
6