bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Esther 1
Esther 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 2 →
1
[1-2] फारस देशको राजधानी शूशन सहरको राजकीय सिंहासनबाट अहासूरस राजाले भारतवर्षदेखि इथियोपिया देशसम्म जम्मा एक सय सत्ताईस प्रान्तहरूमाथि राज्य गर्थे।
3
उनका राज्यकालको तेस्रो वर्षमा उनले आफ्ना सबै अधिकृतहरू र भारदारहरूलाई एउटा ठूलो भोज दिए। त्यहाँ फारस र मादी देशका सेना हाजिर थिए। प्रान्त-प्रान्तका बडा-हाकिम र ठूल्ठूला घरानाका मानिसहरू हाजिर थिए।
4
पूरा छ महिनासम्म उनले राजदरबारका सम्पत्ति र तिनका चहक-महक र गौरव प्रदर्शन गरे।
5
त्यसपछि राजाले आफ्नो राजधानी शूशन सहरका धनी, गरीब सबै मानिसहरूलाई भोज खुवाए। राज-दरबारको बगैँचामा सो भोज एक सातासम्म चल्यो।
6
त्यहाँका आँगन नीला र सेता रङ्गका सुती कपडाको पर्दाले सिङ्गारिएका थिए। ती पर्दाहरू सिङ्गमरमरका खामामा लगाइएका चाँदीका कुण्डलहरूसित बैजनी रङ्गका मिहिन सुती धागोले बाँधेर जोडिएका थिए। आँगनमा सेता सिङ्गमरमर प्रकार-प्रकारका राता र नीला पत्थरहरू र मोती छापेका थिए। त्यसमा सुन र चाँदीका आराम गर्ने आसनहरू राखिएका थिए।
7
राजाले विभिन्न प्रकारका कचौरामा राजसी दाखमद्य प्रशस्त मात्रामा बाँडे।
8
दाखमद्यको केही हिसाब थिएन। हरेकलाई चाहेअनुसार पिउन दिन राजाले महलका चाकरहरूलाई आज्ञा दिएका थिए।
9
त्यही बेला वश्ती रानीले राजमहलमा स्त्रीहरूलाई एउटा भोज दिँदै थिइन्।
10
भोजको सातौँ दिन राजाले पिउँदै आनन्द मनाउँदै थिए। उनले आफ्ना सात जना नपुंसक चाकरहरू महूमान, बिज्था, हर्बोना, बिग्ता, अबगथा, जेथेर र कर्कासलाई बोलाए।
11
राजकीय मुकुट लाएर वश्ती रानीलाई ल्याउनू भनी राजाले तिनीहरूलाई आज्ञा गरे। रानी अति सुन्दरी थिइन् र राजाले तिनको सुन्दरता आफ्ना पाहुना अफिसरहरूलाई देखाउन चाहन्थे।
12
तर जब चाकरहरूले वश्ती रानीलाई राजाका आज्ञा सुनाए, तिनी आउन मानिनन्। त्यसो हुँदा राजा रिसले आगो भए।
13
नियम-कानुन र आचरणबारे पोख्त मानिसहरूको सल्लाह लिने राजाको चलन थियो र उनले आफ्ना सल्लाहकारहरूलाई बोलाए। अब कसो गर्नुपर्ने हो भनी तिनीहरूले जान्दथे।
14
राजाले धेरैजसो कर्शेना, शेथार, अद्माथा, तर्शीश, मेरेस, मर्सेना र ममूकानका सल्लाह लिन्थे। ती सात जना राज्यमा सबैभन्दा ठूल्ठूला पदमा रहेका फारस र मादीका अधिकृतहरू थिए।
15
उनले तिनीहरूलाई भने, “म अहासूरस राजाले वश्ती रानीलाई चाकरहरूद्वारा एउटा आज्ञा पठाएँ। तिनले सो आज्ञापालन गरिनन्। हामीले रानीलाई के गर्नुपर्छ? कानुनले के भन्छ?”
16
ममूकानले राजा र भारदारहरूलाई भने, “वश्ती रानीले राजाको मात्र होइन, अधिकृतहरूको पनि अपमान गरिन्। वास्तवमा तिनले राज्यका सबै मानिसहरूको अपमान गरिन्।
17
रानीले के गरिन्, त्यो सुन्नेबित्तिकै राज्यभरि स्त्रीहरूले आ-आफ्ना लोग्नेलाई होचो दृष्टिले हेर्नेछन्। तिनीहरूले यसो भन्नेछन्, ‘अहासूरस राजाले वश्ती रानीलाई आफूकहाँ आउन भने तर तिनले इन्कार गरिन्।’
18
रानीको आचरणबारे जब फारस र मादीका अधिकृतहरूका स्वास्नीहरूले सुन्नेछन्, तब आजै दिनभरिमा तिनीहरूले आफ्ना लोग्नेलाई त्यो कुरा सुनाउनेछन्। जहीँ-तहीँ स्वास्नीहरूले लोग्नेहरूलाई इज्जत गर्न छोड्नेछन् र लोग्नेहरू आफ्ना स्वास्नीहरूमाथि रिसाउनेछन्।
19
हजुरको इच्छा भए, वश्ती रानी अब कहिल्यै राजाको अघि देखा पर्न पाउनेछैनन् भनी एउटा राजकीय उर्दी निकालियोस्। फारस र मादीका कानुनमा यो उर्दी लेखियोस् भन्ने आज्ञा होस् र यो आज्ञा कहिल्यै नफेरियोस् अनि कुनै अझै योग्य स्त्रीलाई रानीको स्थान दिइयोस्।
20
राजाको उर्दी यो विशाल राज्यभरि सुनाइएपछि हरेक स्त्रीले आफ्ना लोग्नेलाई ऊ धनी होस् वा गरीब, इज्जत गर्नेछिन्।”
21
राजा र अधिकृतहरूले यो सल्लाह मन पराए र राजाले ममूकानको सल्लाहअनुसार काम गरे।
22
हरेक लोग्ने मानिस आफ्नो घरको मालिक हुनेछ र उसको आज्ञा घरका सबैले मान्नुपर्नेछ भनी राजाले हरेक प्रान्तमा त्यस प्रान्तकै भाषा र लिपिमा लेखेर आफ्ना आज्ञा पठाए।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10