bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Esther 6
Esther 6
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 7 →
1
त्यस रात राजालाई निद्रा लागेन। उनले भारदारहरूलाई राज्यका इतिहासको विवरण आफूकहाँ ल्याएर पढ्न लगाए।
2
तिनीहरूले पढेका विवरणमा कसरी मोर्दकैले राजाका कोठाका पहरादार काम गर्ने महलका दुई नपुंसकहरू बिग्थाना र तेरेशले राजालाई मार्ने जाल गरेका कुरा पत्ता लगाएका थिए, त्यो कुराको पनि बयान थियो।
3
राजाले सोधे, “यस कामको निम्ति हामीले मोर्दकैलाई के इनाम र सम्मान दियौं त?” राजाका सेवकहरूले उत्तर दिए, “त्यसको निम्ति केही गरिएको छैन।”
4
“के राजमहलमा कोही भारदार हाजिर छ?” राजाले सोधे। त्यस बेला हामान महलको चोकमा मात्र आइपुगेका थिए। आफूले तयार गरेको फाँसीको काठमा मोर्दकैलाई झुन्ड्याउने आज्ञा लिन उनी राजाकहाँ आएका थिए।
5
यसकारण सेवकहरूले उत्तर दिए, “हजुरको दर्शन गर्न हामान यहाँ हाजिर छन्।” “उनलाई भित्र आउन देओ,” राजाले भने।
6
हामान भित्र पसे। राजाले उनलाई भने, “एक जना मानिस छ, जसलाई सम्मान गर्ने मेरो ठूलो इच्छा छ। कसरी मैले त्यसलाई सम्मान गरूँ?” हामानले मन-मनै सोचे, “राजाले कसलाई त्यस्तो सम्मान दिने इच्छा गरे होलान्? मलाई त होला नि?”
7
[7-8] यसर्थ उनले राजालाई जवाफ दिए, “त्यसको निम्ति राजसी-पोशाक, हजुर आफैंले लाउने पोशाक र सवार हुने घोडा ल्याउने आज्ञा गरिओस्। घोडा राजसी साज-बाजले सिङ्गारियोस्।
9
त्यसपछि हजुरको एक जना सबैभन्दा माननीय, ठूला घरानाको व्यक्तिले त्यस मानिसलाई त्यो पोशाक पहिराओस् र घोडामा चढाएर त्यसको अघि-अघि जाँदै सहरका चोकबाट लैजाओस्। त्यसरी जाँदैगर्दा ती ठूला घरानाका भारदारले यसो भनोस्, ‘राजाले सम्मान गर्न इच्छा गरेका मानिसलाई उहाँले कस्तो इनाम दिनुहुन्छ, त्यो हेर।”
10
तब राजाले हामानलाई भने, “चाँडो गर। घोडा र पोशाकहरू ल्याऊ। यहूदी मोर्दकैलाई त्यसरी नै सम्मान गर। तिमीले अहिले भनेअनुसार सबै कुरा उनको निम्ति गर। तिमीले उनलाई महलको ढोकामा बसिरहेका भेट्टाउनेछौ।”
11
यसकारण हामानले घोडा र पोशाकहरू ल्याएर मोर्दकैलाई पहिराइदिए। मोर्दकै घोडामा चढे र उनलाई हामानले सहरका चोकबाट लगे। हामान अघि-अघि यसो भन्दै हिँडे, “राजाले सम्मान गर्न इच्छा गरेका मानिसलाई उहाँले कस्तो इनाम दिनुहुन्छ, त्यो हेर!”
12
त्यसपछि मोर्दकै महलको ढोकामा फर्किगए। हामान भुतुक्क भएर हातले मुख छोप्दै हतार-हतार घरतिर गए।
13
भए जति सबै कुरा उनले आफ्ना साथीहरू र स्वास्नीलाई बताए। उनकी स्वास्नी र ती ज्ञानी साथीहरूले उनलाई भने, “मोर्दकैको अघि तपाईंको शक्ति घट्न थालेको छ। त्यो यहूदी हो र त्यसलाई तपाईंले जित्न सक्नुहुन्न। त्यसले निश्चय तपाईंको हार गराउनेछ।”
14
यसरी कुरा गरिरहेको बेलामा हामानलाई एस्तरको भोजमा लैजान हतारिँदै महलका नपुंसक आइपुगे।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10