bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Esther 3
Esther 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 4 →
1
केही समयपछि अहासूरस राजाले हामान नाम भएको मानिसलाई पद बढाएर राज्यका प्रधान-मन्त्री बनाए। हामान अगाग वंशको हम्मदाताका छोरा थिए।
2
सबैले घुँडा टेकी दण्डवत् गरेर हामानलाई आदर दिनू भनी राजाले आफ्नो सेवा गर्ने भारदारहरूलाई आज्ञा गरे। मोर्दकैबाहेक अरू सबैले त्यो आज्ञापालन गरे। मोर्दकैले चाहिँ सो आज्ञा मान्न इन्कार गरे।
3
राज-दरबारमा सेवा गर्ने अरू भारदारहरूले मोर्दकैलाई राजाका आज्ञापालन नगरेको कारणबारे तिनलाई सोधे।
4
राजाका आज्ञापालन गर भनी दिनहुँ तिनीहरूले मोर्दकैलाई सम्झाउँथे; तर मोर्दकैले तिनीहरूका कुरा सुनेनन्। तिनी भन्थे, “म यहूदी हुँ। म हामानलाई दण्डवत् गर्न सक्दिनँ।” त्यो कुरा तिनीहरूले हामानलाई सुनाइदिए। मोर्दकैको व्यवहार हामानले सहने हुन् कि होइनन्, सो तिनीहरू बुझ्न चाहन्थे।
5
मोर्दकैले घुँडा टेकी आफूलाई दण्डवत् गर्नेछैन भनी थाहा पाएर हामान रिसले चुर भए।
6
मोर्दकै यहूदी हो भनी जानेर तिनले मोर्दकैलाई मात्र दण्ड नदिएर अरू बढ्ता केही गर्न विचार गर्दै थिए। तिनले फारस राज्यमा भएका सारा यहूदीहरूलाई मार्ने उपाय खोजे।
7
अहासूरसको राज्यकालको बाह्रौँ वर्षको नीसान भनिने पहिलो महिनामा हामानले आफ्नो षड्यन्त्र पूरा गर्ने ठीक दिन र महिना निकाल्नलाई चिठा हाल्न लगाए। (त्यस चिठालाई ‘पूरीम’ भन्दथे।) अदार भनिने बाह्रौँ महिनाको तेह्रौं दिन यो काम गर्ने निधो भयो।
8
राजालाई हामानले भने, “हजुरका राज्यभरि एउटा विशेष जातिका मानिसहरू फैलिएर बसेका छन्। तिनीहरू हरेक प्रान्तमा पाइन्छन्। तिनीहरूले अरू जातिले भन्दा भिन्नै रीतिथितिहरू पालन गर्छन्, त्यसभन्दा बढी तिनीहरू राज्यका ऐन-कानुनसमेत पालन गर्दैनन्। तिनीहरूलाई रहन दिनु हजुरको हितमा हुनेछैन।
9
हजुरको अनुमति भए, तिनीहरू मारिऊन् भनी एउटा आज्ञा जारी गरियोस्। त्यसो गरेमा म ३,४०,००० किलोग्रामभन्दा बढी चाँदी साम्राज्यको शासन-कार्यको निम्ति राजकीय भण्डारमा जम्मा गर्न सक्छु।”
10
राजाले राज-घोषणामा छाप लाएर चलाउने गरेको औँठी औँलाबाट खोलेर यहूदी जातिका शत्रु अगागका वंशका हम्मदाताका छोरा हामानलाई दिए।
11
राजाले तिनलाई भने, “यी मानिसहरू र तिनका धन-सम्पत्ति तिम्रा हुन्। जस्तो तिमी इच्छा गर्छौ, त्यसै गर।”
12
यसकारण पहिलो महिनाको तेह्रौँ दिनमा हामानले राजाका सबै सरकारी लेखकहरूलाई बोलाएर एउटा उर्दी सुनाए। त्यसलाई राज्यमा चलिआएको हरेक भाषामा अनुवाद गरी त्यसकै लेख्ने तरिकाअनुसार लेखेर सबै शासक, बडा-हाकिम र भारदारहरूकहाँ पठाउने आदेश पनि दिए। अहासूरस राजाको नाममा उनकै औँठीको छाप लगाई त्यो उर्दी निकालियो।
13
उर्दी-पत्र लिई हुलाकीहरू राज्यका हरेक प्रान्तमा गए। त्यसमा यही आदेश थियो, “अदार भनिने महिनाको तेह्रौँ दिनमा सबै यहूदीहरूलाई; युवा, बुढा, आइमाई र केटा-केटीहरू सबैलाई एकै दिनमा मार्नू। केही दया नदेखाई तिनीहरूलाई मार्नू र तिनीहरूका सम्पत्ति जफत गर्नू।
14
घोषणा-पत्रमा भएको कुरा हरेक प्रान्तमा प्रजालाई सुनाउनू र त्यो दिन आउँदा सबै तयार भएका होऊन् भन्ने कुरा पनि त्यसमा लेखिएको थियो।
15
राजाका आज्ञाले त्यो उर्दी राजधानी शूशनका प्रजालाई पनि सुनाइयो। हुलाकीहरू गएर त्यो समाचार प्रान्त-प्रान्तमा पुर्याए। शूशन सहरमा गड्बडी भयो। राजा र हामानचाहिँ पिउन बसे।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10