bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Esther 2
Esther 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 3 →
1
त्यसपछि आफ्नो रिस मरिसकेपछि पनि राजाले वश्ती रानीको आचरण र आफूले तिनको विरुद्धमा निकालेको उर्दीबारे सोचिरहन्थे।
2
त्यसकारण राजाका नजिकका केही सल्लाहकारहरूले यस्तो सुझाव दिए, “किन कुनै सुन्दरी तरुनी कन्ये-केटी खोज्न लाउनुहुन्न?
3
राज्यभरि हरेक प्रान्तमा भारदारहरू खटाएर सुन्दरी तरुनी केटीहरूलाई राजधानी शूशनको स्त्री बस्ने भित्री महलमा ल्याउने आज्ञा गर्नुहोस्। तिनीहरूलाई राजाका स्त्रीहरूका अधिकारी नपुंसक हेगेको जिम्मामा दिनुहोस् र सिङ्गार-पटार गर्ने ओखती-मूलोको प्रबन्ध गरियोस्।
4
त्यसपछि हजुरलाई मन पर्ने सबैभन्दा असल लाग्ने केटीलाई वश्तीको सट्टामा रानी बनाउनुहोस्।” यो सल्लाह राजालाई असल लाग्यो र उनले त्यही गरे।
5
शूशनमा एक जना मोर्दकै नाम गरेका यहूदी बस्थे। उनी बेन्यामीन कुलका याईरको छोरो र कीश र शिमीका वंशका थिए।
6
बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीनलाई कैद गरी यरूशलेमबाट लैजाँदा त्यस हुलमा मोर्दकै पनि थिए।
7
उनका काकाकी छोरी एस्तर तिनीसित थिइन्। एस्तरको हिब्रू नाम हदस्सा थियो। तिनी एउटी राम्रो जिउ-डाल भएकी सुन्दरी स्त्री थिइन्। तिनका आमा-बुबा मरेपछि मोर्दकैले तिनलाई धर्म-पुत्री बनाई आफ्नै छोरीजस्तै गरी हुर्काएका थिए।
8
राजाले आफ्नो नयाँ उर्दी घोषणा गरेपछि धेरै केटीहरू शूशनमा ल्याइए। तीमध्ये एस्तर पनि थिइन्। तिनलाई पनि राजमहलमा हेगेको जिम्मामा राखे, जोचाहिँ राजाका स्त्रीहरू बस्ने भित्री महलको जिम्मेवार थिए।
9
हेगेले एस्तरलाई मन पराए र तिनले उनीबाट कृपा पाइन्। उनले तुरुन्तै एस्तरलाई सिङ्गार-पटार गर्ने ओखती-मूलो, मालिश र विशेष खाना दिन सुरू गरिदिए। उनले तिनलाई स्त्रीहरू बस्ने भित्री महलमा सबैभन्दा राम्रो ठाउँ दिए र तिनको सेवा गर्न राजमहलबाट चुनिएका सात जना सहेलीहरू खटाइदिए।
10
मोर्दकैको सल्लाहमा एस्तरले म यहूदी हुँ भन्ने कुरा लुकाएकी थिइन्।
11
तिनले कसो गर्दथिन् र तिनलाई के हुने हो भनी खोजी गर्न प्रतिदिन मोर्दकै भित्री महलको सामुन्नेको आँगनमा हिंड्नेगर्थे।
12
सामान्यतया स्त्रीलाई सिङ्गार-पटारका वस्तुहरू लाएर सुशोभित गरी तयार पार्ने काम एक वर्षसम्म चल्दथ्यो: छ महिना तेल र मूर्रको तेलले र छ महिना तेल र अत्तरको तेलले मालिश गरिन्थ्यो। त्यसपछि पालैपालो गरेर केटीहरूलाई एक-एक गरी अहासूरस राजाकहाँ लगिन्थ्यो।
13
भित्री महलबाट राजाको महलमा जाँदा तिनीहरूले आफूले चाहेअनुसार वस्त्र लगाउन पाउँथे।
14
तिनी बेलुका राजाको महलमा जान्थिन्, भोलिपल्ट बिहान तिनलाई अर्को भित्री महलमा लगिन्थ्यो र त्यहाँ शाश्गजको जिम्मामा रहन्थिन्। शाश्गजचाहिँ राजाका रखौटीहरूका जिम्मावार नपुंसक थिए। राजाले नाम काडी नबोलाएसम्म तिनी फेरि राजाकहाँ जान पाउँदैनथिन्।
15
जब मोर्दकैकी धर्मपुत्री उनका काका अबीहेलकी छोरी एस्तरको राजाकहाँ जाने पालो आयो, तब तिनले स्त्रीहरूको जिम्मावाल राजाको नपुंसक हेगेले सल्लाह दिएका कुराबाहेक अरू केही लगिनन्। तिनलाई देख्ने सबैलाई एस्तरले मोहित गराइन्।
16
यसरी अहासूरस राजा भएको सातौँ वर्षको तेबेत भनिने दशौँ महिनामा एस्तर अहासूरस राजाकहाँ राजमहलमा लगिइन्।
17
राजाले तिनलाई अरू सबै स्त्रीहरूभन्दा ज्यादा मन पराए। एस्तरले अरू स्त्रीभन्दा बढी दया र माया राजाबाट पाइन्। राजाले तिनको टाउकोमा राजमुकुट पहिराइदिए र तिनलाई वश्तीको सट्टामा रानी बनाए।
18
त्यसपछि राजाले एस्तरको सम्मानमा एउटा ठूलो भोज दिए र आफ्ना सबै अधिकृतहरू र भारदारहरूलाई निम्त्याए। उनले आफ्ना सारा साम्राज्यमा बिदा घोषणा गरे र राजाको गौरवअनुसार राजकीय उपहारहरू दिए।
19
त्यस बेला राजाले मोर्दकैलाई आफ्ना भारदारका पदमा नियुक्त गरेका थिए।
20
एस्तरले त्यस बेलासम्म म यहूदी हुँ भनी कसैलाई भनेकी थिइनन्। सो कुरा कसैलाई नबताउनू भनी तिनलाई मोर्दकैले भनेका थिए र तिनले त्यो आदेश सानी केटी हुँदा मोर्दकैको कुरा पालन गरेझैँ पालन गरेकी थिइन्।
21
मोर्दकै राजमहलमा दरबारिया छँदा राजाका कोठाका ढोकामा पहरा दिने दुई जना नपुंसकहरू बिग्थाना र तेरेश राजाका विरोधी भए र तिनलाई हत्या गर्ने जाल रचे।
22
त्यो कुरा मोर्दकैले थाहा पाए र एस्तर रानीलाई भने। मोर्दकैले पत्तो लगाएका कुरा रानीले राजालाई सुनाइन्।
23
त्यस कुराको जाँच-बुँझ भयो र त्यो साँचो पाइयो। दुवै नपुंसकहरू झुन्ड्याएर मारिए। राज्यका कागज-पत्रमा यो कुराको बयान लेखियोस् भनी राजाले आज्ञा गरे।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10