bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Esther 4
Esther 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 5 →
1
यी सबै कुरा सुनेर मोर्दकैले मनको वेदनाले आफ्नो वस्त्र च्याते। उनले भाङ्ग्राको लुगा लगाए, टाउकोमा खरानी लाए र चर्को सोरले र साह्रै विलाप गर्दै सहर घुमे।
2
उनी राजमहलको ढोकामा आइपुगे। उनी महल भित्र पसेनन् किनभने भाङ्ग्रा लाएका मानिसलाई भित्र जान दिँइदैनथ्यो।
3
राजाको उर्दी सुनाइएको प्रत्येक प्रान्तमा यहूदीहरूका बीचमा चर्को सोरले विलाप हुन लाग्यो। तिनीहरू उपवास बसे, रोए र विलाप गरे। धेरैजसो यहूदीहरूले भाङ्ग्राका लुगा लाए र खरानीमा सुते।
4
एस्तरका चाकर्नी र नपुंसकहरूले मोर्दकैले के गर्दै थिए, सो तिनलाई सुनाए, तिनी अफसोसमा परिन्। भाङ्ग्राको सट्टामा पहिरिन तिनले मोर्दकैलाई केही लुगा पठाइदिइन्; तर उनले ती लिएनन्।
5
मोर्दकैकहाँ गई के कुरा र के कारणले यस्तो भइरहेको छ, सो बुझी आउन तिनले एउटा नपुंसक चाकर हताकलाई पठाइन्। हताकचाहिँ महलका नपुंसकहरूमध्येबाट राजाद्वारा एस्तरको चाकर हुन खटाइएको व्यक्ति थियो।
6
हताक महलको ढोकानिर भएको सहरको चोकमा मोर्दकैकहाँ गयो।
7
मोर्दकैले हताकलाई आफूसित भएका सबै कुरा साथै सबै यहूदीहरू मारिए भने कति धन हामानले राजकोषमा दिने प्रतिज्ञा गरेको छ, त्यो पनि सुनाइदिए।
8
यहूदीहरूको नाश गर्ने आज्ञा भएको र शूशनमा निकालिएको घोषणा-पत्रको एउटा नकल उनले हताकलाई दिए। त्यो लगेर एस्तरलाई दिनू र सबै कुरा तिनलाई भनिदिनू अनी तिनले राजाकहाँ गई उजूर गरिदेऊन् र आफ्ना जातिका मानिसहरूमाथि राजाको कृपा होस् भनी बिन्ती गरिदेऊन् भनी मोर्दकैले एस्तरकहाँ खबर दिन हताकलाई फर्काई पठाए।
9
हताकले भनेअनुसार गर्यो।
10
एस्तरले यो खबर दिई हताकलाई मोर्दकैकहाँ फेरि पठाइन्,
11
“कुनै पुरुष वा स्त्रीले राजाको आज्ञा नपाई त्यो महलको भित्री चोकमा गई राजाको दर्शन गर्छ भने त्यो मारिन्छ। नियम यस्तै छ। राजाका सल्लाहकारहरूदेखि प्रान्त-प्रान्तका मानिसहरू सबैले यो कुरा जान्दछन्। यो नियमबाट बाँच्ने एउटै मात्र उपाय छ। राजाले आफ्नो सुनको राजदण्ड त्यस व्यक्ति (पुरुष वा स्त्री) तर्फ पसारे भने त्यसको प्राण बाँच्छ। राजाले मलाई नबोलाएको अहिले एक महिना भयो।”
12
एस्तरको खबर पाएपछि
13
मोर्दकैले तिनलाई यस्तो चेतावनी दिएर खबर पठाए, “आफू राजमहलमा छु भनेर अरू यहूदीहरूभन्दा मचाहिँ सुरक्षित छु भनी नचिताऊ।
14
यस्तो समयमा तिमी चुप लागेर बस्यौ भने स्वर्गबाट यहूदीहरूले सहायता पाउनेछन् र तिनीहरू बाँच्नेछन्; तर तिमीचाहिँ मर्नेछौ र तिम्रा बुबाका सन्तान मेटिनेछ। कसले जान्दछ र, यस्तै समयको निम्ति तिमी रानी हुन पुगेकी हौ कि?”
15
एस्तरले मोर्दकैलाई यस्तो जवाफ पठाइन्,
16
“गएर शूशनमा भएका सबै यहूदीहरूलाई भेला गर्नुहोस्। उपवास बसी मेरो निम्ति प्रार्थना गर्नुहोस्। तीन दिन र तीन रात केही नखानुहोस् र केही नपिउनुहोस्। म र मेरा चाकर्नीहरू पनि त्यस्तै गर्नेछौं। त्यसपछि नियमविरुद्ध भए पनि म राजाकहाँ जानेछु। त्यसो गर्दा म मर्न परे, मर्न तयार छु।”
17
त्यसपछि मोर्दकै बिदा भए र एस्तरले उनलाई भनेअनुसार सबै कुरा गरे।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10