bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Corinthians 10
2 Corinthians 10
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 11 →
1
म पावल, तिमीहरूका सामने नम्र हुन्छु, तर टाढ़ा हुँदा तिमीहरूप्रति साहसी हुन्छु! ख्रीष्टको नम्रता र कोमलताद्वारा म तिमीहरूलाई बिन्ती गर्दछु।
2
म तिमीहरूलाई बिन्ती गर्छु, कि तिमीहरूकहाँ आउँदा मैले देखाउन सोचेको त्यो साहस निर्भयतासाथ तिनीहरूलाई देखाउन नपरोस्, जुनहरूले हामी सांसारिक तरीकाले काम गर्छौं भन्ने शङ्का गर्छन्।
3
किनभने हामी संसारका हौं, तापनि सांसारिक लड़ाइँ त लड्दैनौं।
4
किनकि हाम्रो युद्धका अस्त्र-शस्त्र सांसारिक होइनन्, तर किल्लाहरू नाश गर्ने ईश्वरीय सामर्थ्य तिनमा छ।
5
परमेश्वरका ज्ञानको विरुद्धमा खड़ा हुने बहसहरू र हरेक अहङ्कारपूर्ण बाधालाई हामी नाश गर्छौं, र हरेक विचारलाई ख्रीष्टको आज्ञापालन गर्नलाई वशमा पार्छौं।
6
तिमीहरूको आज्ञाकारिता पूरा भएपछि हरेक अनाज्ञाकारितालाई दण्ड दिन हामी तयार बस्नेछौं।
7
तिमीहरू आँखाकै सामुन्ने भएका थोकलाई हेर। कुनै मानिसलाई यो भरोसा छ कि त्यो ख्रीष्टको हो भने, आफैलाई याद दिलाओस्, कि जस्तो त्यो ख्रीष्टको हो, हामी पनि ख्रीष्टका नै हौं।
8
किनकि हाम्रो अधिकारको विषयमा मैले केही ज्यादै नै घमण्ड गरेँ भने पनि म शर्ममा पर्नेछैनँ, किनकि यो अधिकार तिमीहरूका बिगारको निम्ति होइन, तर तिमीहरूका सुधारको निम्ति प्रभुले दिनुभएको छ।
9
मैले तिमीहरूलाई लेखेका पत्रहरू तिमीहरूलाई डर देखाउनलाई हो भन्ने नठान।
10
किनकि तिनीहरू भन्छन्, “त्यसका चिट्ठीहरू गहकिला र प्रभावशाली हुन्छन्, तर त्यो आफै उपस्थित हुँदाचाहिँ त्यो कमजोर हुन्छ र त्यसको वचनको केही महत्त्व नै हुँदैन।”
11
त्यस्ता मानिसहरूले यो याद राखून्, कि हामी आफ्नो अनुपस्थितिमा पत्रहरूद्वारा जे भन्छौं, उपस्थित हुँदा पनि सोही काम गर्छौं।
12
आफ्नो तारीफ आफैले गर्ने कुनै-कुनै व्यक्तिहरूसँग हामी आफैलाई एकै श्रेणीमा राख्न, अथवा आफैलाई तिनीहरूसँग दाँज्न हामी साहस गर्दैनौं। तर तिनीहरू आफूले आफैलाई एक-अर्कासँग नापेर हेर्दा अथवा दाँज्दा तिनीहरू बेसमझका हुन्छन्।
13
हामी सीमा नाघेर गर्व गर्दैनौं, तर तिमीहरूसम्मै पुग्नका निम्ति परमेश्वरले हामीलाई तोकिदिनुभएको सीमाभित्र नै रहनेछौं।
14
तिमीहरूकहाँ आउँदै नआएजस्तो हामी बढ़ाइचढ़ाइ घमण्ड गर्दैनौं, किनभने ख्रीष्टको सुसमाचार लिएर तिमीहरूकहाँ पहिला पुग्ने हामी नै थियौं।
15
हामी सीमा नाघेर अरूहरूको परिश्रममा गर्व गर्दैनौं, तर हाम्रो आशा यो छ, कि तिमीहरूको विश्वास बढ्दैजाँदा तिमीहरूका बीचमा हाम्रो क्षेत्र झन् बढ्दैजानेछ,
16
ताकि हामी अरूको क्षेत्रमा अघि नै भइसकेको काममा घमण्ड नगरी तिमीहरूदेखि बाहिरका ठाउँहरूमा सुसमाचार प्रचार गर्न सकौं।
17
“घमण्ड गर्नेले परमप्रभुमा घमण्ड गरोस्।”
18
किनकि आफ्नो तारीफ आफै गर्ने मानिस स्वीकार गरिँदैन, तर प्रभुले तारीफ गर्नुहुने मानिसचाहिँ स्वीकार गरिनेछ।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13