bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Corinthians 6
2 Corinthians 6
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 7 →
1
परमेश्वरका सहकर्मी भएका हुनाले हामी तिमीहरूलाई बिन्ती गर्छौं, कि उहाँको अनुग्रह व्यर्थ हुन नदेओ,
2
किनभने उहाँ भन्नुहुन्छ, “ग्रहणयोग्य समयमा मैले तिम्रो पुकारा सुनें, र मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरें।” हेर, ग्रहणयोग्य समय अहिले हो, मुक्तिको दिन अहिले हो।
3
हाम्रो सेवामा दोष नभेटोस् भनेर हामी कसैको मार्गमा बाधाको कारण राख्दैनौं,
4
तर हरतरहले हामी आफैलाई परमेश्वरका सेवकहरू हौं भन्ने देखाउँछौं— ज्यादै सहनशीलतामा, कष्टमा, कठिनाइमा, आपद्-विपद्मा,
5
कुटाइ-चुटाइमा, कैदमा, हूलदङ्गामा, परिश्रममा, अनिदो बस्दा, भोकमा,
6
शुद्धतामा, ज्ञानमा, धैर्यमा, दयामा, पवित्र आत्मामा, साँचो प्रेममा,
7
सत्य बोलीमा र परमेश्वरको शक्तिमा, दाहिने र देब्रेपट्टि धार्मिकताको अस्त्र-शस्त्र धारण गरेर,
8
आदरमा र अनादरमा, बदनाम र सुनाममा। हामी ठगाहाझैँ ठानिन्छौं, तर हामी साँचा छौं।
9
अपरिचित भए, तापनि सुपरिचित छौं। मर्न लागेका झैँ, तापनि हामी बाँचेकै छौं। सजाय भोगेका, तापनि मारिएका छैनौं।
10
अफसोसी, तापनि सधैँ आनन्दित। गरीब, तापनि धेरैलाई धनी तुल्याउने। केही नभएजस्तो, तापनि सबै थोक भएका।
11
कोरिन्थी हो, हामीले तिमीहरूलाई प्रष्टै भनिदिएका छौं, हाम्रो हृदय तिमीहरूका निम्ति खुला छ।
12
तिमीहरूप्रतिको हाम्रो स्नेह कम भएको छैन, बरु तिमीहरूको हामीप्रतिको स्नेह पो कम भएको छ।
13
अब यसको सट्टामा म आफ्नै बालकहरूसँग झैँ भन्दछु, कि तिमीहरूले पनि आफ्ना हृदय खुला राख।
14
अविश्वासीहरूसँग एउटै जुवामा ननारिओ। किनकि धर्म र अधर्मको के साझेदारी हुन्छ? अथवा अँध्यारोसँग उज्यालोको के सहभागिता?
15
ख्रीष्टको बेलिआलसँग के सरोकार? वा विश्वास गर्नेको विश्वास नगर्नेसित के समानता?
16
मूर्तिहरूसँग परमेश्वरको मन्दिरको के सम्झौता? किनभने हामी जीवित परमेश्वरका मन्दिर हौं, जसरी परमेश्वरले भन्नुभएको छ, “म तिनीहरूमा वास गर्नेछु, र तिनीहरूका बीचमा हिँड्डुल गर्नेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, अनि तिनीहरू मेरा प्रजा हुनेछन्”
17
“यसकारण तिनीहरूका बीचबाट निस्केर आओ, र तिनीहरूबाट तिमीहरू अलग होओ, परमप्रभु भन्नुहुन्छ। अशुद्ध कुरा केही नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु।
18
म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।”
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13