bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Corinthians 2
2 Corinthians 2
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 3 →
1
तिमीहरूलाई कष्ट दिन अर्को पल्ट फेरि नआउने नै मैले निश्चय गरें।
2
किनकि मैले तिमीहरूलाई दुःखित तुल्याएँ भने मैले दुःखित तुल्याएको त्यस मानिसबाहेक अरू कसले मलाई खुशी तुल्याउने र?
3
र मैले जे कुरा लेखें, त्यो यस हेतुले लेखें, कि म आउँदा जुन व्यक्तिहरूद्वारा मैले आनन्द पाउनुपर्नेथियो तिनीहरूद्वारा म दुःखित नहोऊँ। किनकि मेरो आनन्द तिमीहरू सबैको आनन्द हुन्छ भन्ने मलाई तिमीहरू सबैका बारे भरोसा थियो।
4
किनभने तिमीहरूलाई दुःखी तुल्याउन होइन, तर तिमीहरूप्रति भएको मेरो प्रशस्त प्रेम तिमीहरूले जान भनेर हृदयको धेरै पीडा र वेदनामा धेरै आँसु बगाउँदै मैले तिमीहरूलाई लेखेथें।
5
तर कसैले दुःखी तुल्याएको छ भने उसले मलाई होइन, तर साह्रै कड़ा गरी नभन्ने हो भने, तिमीहरू सबैलाई केही हदसम्म दुःखी तुल्याएको छ।
6
त्यस्तालाई बहुमतद्वारा दिइएको सजाय यथेष्ट छ।
7
तर बरु तिमीहरूले त्यसलाई क्षमा गर्नु र सान्त्वना दिनुपर्छ, नत्रता त्यो ज्यादै शोकमा डुबिजाला।
8
यसकारण म तिमीहरूलाई अनुरोध गर्दछु, कि त्यस व्यक्तिप्रति आफ्नो प्रेम अझ गहिरो पार।
9
यसैकारणले नै तिमीहरूलाई जाँच्न, र हरेक कुरामा तिमीहरू आज्ञाकारी छौ कि छैनौ भन्ने थाहा पाउनका निम्ति मैले तिमीहरूलाई लेखेथें।
10
जसलाई तिमीहरू क्षमा गर्छौ, म पनि क्षमा गर्छु। यदि मैले कसैलाई केही कुरामा क्षमा गरेको छु भने तिमीहरूकै खातिर ख्रीष्टको उपस्थितिमा क्षमा गरेको छु,
11
ताकि शैतानले हामीलाई फसाउन नपाओस्, किनकि त्यसका युक्तिहरूका विषयमा हामी अजान छैनौं।
12
ख्रीष्टको सुसमाचार प्रचार गर्न त्रोआसमा आउँदा प्रभुमा मेरो लागि एउटा ढोका खोलिएको थियो,
13
तर मेरो भाइ तीतसलाई त्यहाँ नभेट्टाउँदा मेरो मनमा चैन भएन। यसकारण तिनीहरूबाट बिदा लिएर म माकेडोनियातर्फ लागे।
14
तर परमेश्वरलाई धन्यवाद होस्, उहाँले हामीलाई ख्रीष्टमा सधैँ विजयको निम्ति डोर्याउनुहुन्छ, र उहाँको ज्ञानको सुबास्ना हामीद्वारा हरेक स्थानमा फैलाउनुहुन्छ।
15
किनकि उद्धार पाइरहेकाहरू र नष्ट भइराखेकाहरूका माझमा पनि हामी परमेश्वरको निम्ति ख्रीष्टको सुबास्ना हौं,
16
एउटाको निम्ति मृत्युको दुर्गन्ध र अर्काको निम्ति जीवनको सुगन्ध। यी कुराका निम्ति को योग्य छ र?
17
किनकि धेरै मानिसहरूसरह हामी परमेश्वरको वचन व्यापार गर्ने होइनौं, तर परमेश्वरले पठाउनुभएको निष्कपट मानिसको रूपमा हामी परमेश्वरको सामुन्ने ख्रीष्टमा बोल्दछौं।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13