bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Corinthians 3
2 Corinthians 3
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 4 →
1
के फेरि हामी आफ्नै तारीफ गर्न लागेका छौं? के कसै-कसैलाई चाहिएझैँ हामीले तिमीहरूलाई वा तिमीहरूबाट अरूलाई सिफारिश-पत्र देखाउनुपर्छ र?
2
तिमीहरू नै हाम्रा सिफारिश-पत्र हौ, जो सबै मानिसहरूले चिन्न र पढ्न सक्ने गरी तिमीहरूका हृदयमा लेखिएको छ।
3
तिमीहरूले नै देखाउँदछौ, कि तिमीहरू ख्रीष्टका पत्र हौ, अर्थात् हाम्रो सेवाको फल, जुन पत्र मसीले होइन, तर जीवित परमेश्वरका आत्माले लेखिएको हो— ढुङ्गाका पाटीमा होइन, तर मासुका हृदय-पाटीमा।
4
ख्रीष्टद्वारा परमेश्वरप्रति हाम्रो यस्तो भरोसा छ।
5
कुनै पनि कुरा हामीबाट आएको हो भनी दाबी गर्न हामी आफै योग्य छैनौं, तर हाम्रो योग्यता परमेश्वरबाट आउँछ।
6
नयाँ करारका सेवकहरू हुन उहाँले हामीलाई योग्यका बनाउनुभयो, लिखित अक्षरमा होइन, तर पवित्र आत्मामा। किनभने लिखित अक्षरले त मार्छ, तर पवित्र आत्माले जीवन दिनुहुन्छ।
7
तर मृत्यु ल्याउने व्यवस्थाका अक्षरहरू ढुङ्गामा खोपिएका थिए। त्यो व्यवस्था यस्तो महिमामय भएर आयो, कि त्यसको तेजले गर्दा इस्राएलीहरूले मोशाको अनुहार हेर्न सकेनन्, यद्यपि त्यो तेज हराउँदै जाँदैथियो।
8
पवित्र आत्माको सेवा कसरी अझ बढ़ी महिमामय नहोला?
9
किनभने दोषी ठहराउने व्यवस्था महिमामय थियो भने, धर्मी ठहराउने सेवा ज्यादै बढ़ी महिमामय हुन्छ।
10
किनभने जो एक पल्ट महिमामय थियो, अहिले त्यसलाई उछिन्ने महिमाले गर्दा अब त्यो महिमामय रहेन।
11
किनकि जो बितेर गयो त्यो महिमासाथ आएको थियो भने, स्थायी रहनेचाहिँ अझ बढ़ी महिमापूर्ण हुनुपर्छ।
12
यसकारण हाम्रो यस्तो आशा भएकोले हामी अत्यन्तै साहसी भएका छौं।
13
हामी मोशाजस्तै होइनौं, जसले उनको धमिलिँदैगएको महिमाको अन्तिम झलक इस्राएलीहरूले नदेखून् भनेर आफ्नो अनुहारमा घुम्टो हाल्ने गर्थे।
14
तर तिनीहरूका मन कठोर भएका थिए, किनकि आजको दिनसम्मै पुरानो करार पढ्दा त्यो घुम्टो रहिरहन्छ, जुन घुम्टो ख्रीष्टद्वारा मात्र हटाइन्छ।
15
हो, आजसम्म पनि मोशाको पुस्तक पढ्दा तिनीहरूका हृदयमा घुम्टो हालिएको हुन्छ,
16
तर जब मानिस प्रभुपट्टि फर्कन्छ, त्यो घुम्टो हटाइन्छ।
17
अब प्रभु आत्मा हुनुहुन्छ, अनि जहाँ प्रभुका आत्मा हुनुहुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ।
18
हामी सबै घुम्टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्बित गर्दछौं, अनि एउटा महिमादेखि अर्को महिमातिर उक्लँदै उहाँको रूपमा बद्लिँदैजान्छौं। परमप्रभुबाट यो आउँछ, जो आत्मा हुनुहुन्छ।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13