bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Corinthians 9
2 Corinthians 9
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 10 →
1
सन्तहरूका निम्ति दिइएको भेटीको विषयमा तिमीहरूलाई लेखिरहन मलाई आवश्यक छैन।
2
किनभने म तिमीहरूको तत्परता जान्दछु। यसको विषयमा माकेडोनियाका मानिसहरूका सामुन्ने तिमीहरूको गर्व गर्दै मैले भनेथें, कि पोहोर सालदेखि अखैया तयारी भइरहेको छ। तिमीहरूको जोशले तिनीहरूमध्ये धेरैजसोलाई उत्तेजित पारेको छ।
3
तर यस विषयमा तिमीहरूका लागि हामीले गर्व गरेको व्यर्थ नहोस्, र मैले भनेअनुसार तिमीहरू तयार रहो भनेर म भाइहरूलाई पठाइरहेछु।
4
यदि कोही माकेडोनियाकाहरू मसँग आए र तिमीहरूलाई तयार भेट्टाएनन् भने हामी शर्ममा पर्नेछौं, र तिमीहरूलाई पनि कम्ती शर्म हुँदैन, किनभने हामीले तिमीहरूमाथि ठूलो भरोसा राखेका थियौं।
5
यसकारण तिमीहरूले प्रतिज्ञा गरेका भेटीको प्रबन्ध अघिबाटै मिलाउनका निम्ति मभन्दा अघि भाइहरूलाई तिमीहरूकहाँ पठाउन मैले आवश्यक ठानें। यसैले यो भेटी करकापले होइन, तर राजीखुशीले दिइएको भेटीको रूपमा तयार होस्।
6
तर कुरा यही हो, कि थोरै छर्नेले थोरै नै कटनी गर्छ, र प्रशस्तसँग छर्नेले प्रशस्तसँग कटनी गर्छ।
7
अनि हरेक मानिसले आफ्नो मनमा सङ्कल्प गरेबमोजिम देओस्, इच्छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।
8
परमेश्वरले तिमीहरूलाई हरेक आशिष् प्रशस्त मात्रामा दिन सक्नुहुन्छ, ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्त होस्, र हरेक असल कामको निम्ति तिमीहरूले प्रशस्त मात्रामा दिन सक।
9
यसरी लेखिएको छ, “उसले छर्छ, र गरीबहरूलाई दिन्छ, उसको धार्मिकता सदासर्वदै रहिरहन्छ।”
10
छर्नेलाई बीउ र खानलाई भोजन दिनुहुनेले तिमीहरूलाई बीउ दिनुहुनेछ, र त्यसमा वृद्धि गराउनुहुनेछ, अनि तिमीहरूका धार्मिकताको फसल बढ़ाउनुहुनेछ।
11
तिमीहरूको ठूलो उदारताको निम्ति हरेक कुरामा तिमीहरू धनी तुल्याइनेछौ, जुन उदारताले हामीद्वारा परमेश्वरमा चढ़ाउने धन्यवाद उत्पन्न गराउनेछ।
12
यस सेवाको कामले सन्तहरूको अभाव पूरा हुन्छ। त्यति मात्र होइन, परमेश्वरप्रति धेरै धन्यवादका भावना उर्लेर आउँछन्।
13
सेवाको यस जाँचअन्तर्गत तिमीहरूले ख्रीष्टको सुसमाचार स्वीकार गर्ने आफ्नो भावना आज्ञाकारिताद्वारा तथा तिनीहरू र अरू सबैका निम्ति तिमीहरूले उदार-चित्तले दिएको भेटीद्वारा परमेश्वरको महिमा हुनेछ।
14
परमेश्वरको असीम अनुग्रह तिमीहरूमा रहेको हुनाले तिनीहरूले तिमीहरूको तृष्णा गर्छन्, र तिमीहरूका निम्ति प्रार्थना गर्छन्।
15
उहाँको वर्णन गर्न नसक्ने वरदानको निम्ति परमेश्वरलाई धन्यवाद होस्।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13