bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Corinthians 13
2 Corinthians 13
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
1
तेस्रो पल्ट म तिमीहरूकहाँ आउनेछु। कुनै पनि दोष दुई वा तीन साक्षीहरूका गवाहीद्वारा साबित गरिनुपर्छ।
2
दोस्रो पटक तिमीहरूका बीचमा हुँदा मैले तिमीहरूलाई चेताउनी दिएजस्तै अब अनुपस्थिति हुँदा पनि म तिमीहरूलाई चेताउनी दिँदैछु। म फेरि आउँदा अघिअघि पाप गर्नेहरू र अरू कसैलाई पनि म छोड्नेछैनँ—
3
किनकि ख्रीष्ट ममा बोल्नुहुन्छ भन्ने प्रमाण तिमीहरू चाहन्छौ। तिमीहरूसँगको व्यवहारमा उहाँ दुर्बल हुनुहुन्न, तर उहाँ तिमीहरूमा शक्तिशाली हुनुहुन्छ।
4
किनभने दुर्बलतामा उहाँ क्रूसमा टाँगिनुभयो, तर परमेश्वरको शक्तिमा उहाँ जीवित हुनुहुन्छ। यसरी हामी उहाँसँग दुर्बल हुन्छौं, तर तिमीहरूसँगको हाम्रो व्यवहारमा परमेश्वरको शक्तिद्वारा हामी उहाँसँग जिउनेछौं।
5
तिमीहरू विश्वासमा दह्रिला छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर हेर। आफैलाई जाँच। जाँचमा असफल भएनौ भने येशू ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ भन्ने तिमीहरूलाई थाहा हुनुपर्ने हो!
6
म आशा गर्दछु, कि हामी असफल भएका छैनौं भन्ने तिमीहरू थाहा पाउनेछौ।
7
तर हामी परमेश्वरमा प्रार्थना गर्दछौं, कि तिमीहरू केही खराबी नगर। हामी जाँचमा उत्तीर्ण भएका जस्तो देखा पर्ने होइन। हामीहरू असफल भएजस्तो देखिए तापनि तिमीहरूले चाहिँ जे असल छ सो गर।
8
किनकि हामी सत्यको विरुद्धमा केही गर्न सक्दैनौं, केवल सत्यको निम्ति मात्र गर्न सक्छौं।
9
किनभने हामी दुर्बल हुँदा र तिमीहरू सामर्थी हुँदा हामी आनन्दित हुन्छौं। तिमीहरूका प्रगतिको निम्ति नै हामी प्रार्थना गर्छौं।
10
तिमीहरूबाट अलग हुँदा म यो लेख्दैछु, यस हेतुले कि तिमीहरूकहाँ आउँदा प्रभुले मलाई दिनुभएको अधिकार कठोरतासाथ मैले प्रयोग गर्नु नपरोस्। त्यो त उहाँले बनाउनका निम्ति दिनुभएको हो, भत्काउनका निम्ति होइन।
11
अन्त्यमा भाइ हो, अब बिदा पाऊँ। सिद्धताको लक्ष्य राख। सान्त्वना पाओ। एक-अर्कासँग सहमत होओ। शान्तिमा रहो, र प्रिय र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।
12
एउटाले अर्कोलाई पवित्र चुम्बनले अभिवादन गर।
13
सबै सन्तहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
14
प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको सङ्गति तिमीहरू सबैसँग रहून्।
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13