bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Nehemiah 1
Nehemiah 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 2 →
1
हकल्याहका छोरा नहेम्याहको विवरण: बीसौँ वर्षको किसलेव महिनामा जब म राजधानी शूशनमा थिएँ,
2
तब मेरा दाजुहरूमध्येका एक जना हनानी अरू कोही मानिससँग यहूदाबाट आइपुगे। मैले यरूशलेमको र कैदबाट अरू बाँचेका यहूदीहरूको विषयमा तिनीहरूसित सोधपूछ गरें।
3
तिनीहरूले मलाई भने, “निर्वासनबाट बाँचेर प्रदेशमा आएकाहरूले साह्रै दु:ख र निन्दा सहनुपरिरहेको छ। यरूशलेमको पर्खाल भत्काइएको छ र त्यसका मूल ढोकाहरू आगोले नष्ट पारिएका छन्।”
4
यो समाचार सुनेपछि बसेर म रोएँ। म केही दिनसम्म विलाप गर्दैरहें, र उपवास बसें अनि स्वर्गका परमेश्वरसित प्रार्थना गरें।
5
तब मैले भनें: “हे परमप्रभु, स्वर्गका परमेश्वर, महान् र भययोग्य परमेश्वर, तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञा पालन गर्नेहरूसँग तपाईंले आफ्नो करार विश्वाससित राख्नुहुन्छ।
6
इस्राएलका मानिसहरू, तपाईंका दासहरूका पक्षमा रातदिन तपाईंलाई गरेको मेरो विनम्र प्रार्थना सुन्न तपाईंले आफ्नो कान थाप्नुहोस् र आँखा खोल्नुहोस्। तपाईंको विरुद्धमा हामी सबै इस्राएलीहरूले गरेका पाप म स्वीकार गर्दछु। म र मेरा पिताको घराना पनि त्यसमा दोषी छौं।
7
तपाईंले आफ्ना दास मोशालाई दिनुभएका आज्ञा, धर्म-विधि र नियमहरूलाई पालन नगरेर हामीले तपाईंको विरुद्धमा घोर अपराध गरेका छौं।
8
“आफ्ना दास मोशालाई यसो भनेर आज्ञा गर्नुभएको वचन सम्झनुहोस्,
9
‘यदि तिमीहरू अविश्वासी भयौ भने म तिमीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पार्नेछु, तर तिमीहरू मतिर फर्क्यौ र मेरा आज्ञाहरू पालन गर्यौ भने पृथ्वीको पल्लो छेउसम्म पनि कैदमा रहेका तिमीहरूका निर्वासित मानिसहरूलाई म भेला गर्नेछु, र मेरो नाउँको वासस्थान हुन मैले छानेको ठाउँमा म तिनीहरूलाई फर्काएर ल्याउनेछु’।
10
“तपाईंले आफ्नो महाबल र शक्तिशाली हातद्वारा उद्धार गर्नुभएका तिनीहरू तपाईंका दासहरू र तपाईंका प्रजा हुन्।
11
हे परमप्रभु, तपाईंको दासको विनम्र प्रार्थनामा ध्यानसित कान थाप्नुहोस्, र तपाईंका नाउँको सम्मान गर्न प्रसन्न हुने तपाईंका दासहरूको प्रार्थना सुन्नुहोस्। आज यस मानिसको उपस्थितिमा आफ्नो सेवकमाथि कृपा देखाई उसलाई सफलता दिनुहोस्।” त्यस बेला म राजाको मद्य टक्र्याउनेहरूका अधिकृत थिएँ।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
Recommended Reading
Commentary
Nehemiah Commentaries
→
Devotional
Nehemiah Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→