bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Nehemiah 9
Nehemiah 9
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 10 →
1
त्यही महिनाको चौबीसौँ दिनमा इस्राएलीहरू भाङ्ग्रा लगाई आ-आफ्नो शिरमा धूलो हालेर उपवासको निम्ति भेला भए।
2
इस्राएली वंशकाहरूले सबै विदेशीहरूबाट आफूलाई अलग गरेका थिए। तिनीहरू खड़ा भई आफ्ना पाप र आफ्ना पुर्खाहरूको अधर्म स्वीकार गरे।
3
तिनीहरू आ-आफ्नो स्थानमा खड़ा भए र पहिलो एक पहरचाहिँ परमप्रभु तिनीहरूका परमेश्वरका व्यवस्थाको पुस्तक पढ़े। अनि तिनीहरूले अर्को एक पहरचाहिँ आ-आफ्ना पापको स्वीकार गर्दै परमप्रभु आफ्ना परमेश्वरको आराधना गर्दैरहे।
4
खुट्किलामा लेवीहरू— येशूअ, बानी, कादमीएल, शबन्याह, बुन्नी, शरेबियाह, बानी र कनानीले खड़ा भएर ठूलो सोरले परमप्रभु तिनीहरूका परमेश्वरलाई पुकारे।
5
अनि यी लेवीहरू— येशूअ, कादमीएल, बानी, हशबन्याह, शरेबियाह, होदियाह, शबन्याह र पतहियाहले भने, “उभिएर परमप्रभु तिम्रा परमेश्वर, जो अनन्तदेखि अनन्तसम्म हुनुहुन्छ, उहाँको प्रशंसा गर।” तपाईंको महिमित नाउँ धन्यको र सारा धन्य र प्रशंसामा सर्वोच्च होस्।
6
तपाईं मात्र परमप्रभु हुनुहुन्छ। तपाईंले नै स्वर्ग, सर्वोच्च आकाश, र त्यसका सबै तारामण्डल, पृथ्वी र त्यसमा भएका सबै थोक, र समुद्रहरू र तिनमा भएका सबै थोकहरू बनाउनुभयो। तपाईंले नै तिनीहरू सबैलाई जीवन दिनुहुन्छ, र स्वर्गका सारा समुदायले तपाईंलाई पुज्दछन्।
7
“तपाईं ती नै परमप्रभु परमेश्वर हुनुहुन्छ, जसले अब्रामलाई कल्दीहरूको ऊरबाट चुनेर निकालिल्याउनुभयो र तिनलाई अब्राहाम नाउँ राख्नुभयो।
8
तिनी तपाईंप्रति विश्वासी भएका तपाईंले पाउनुभयो, र तिनका सन्तानलाई कनानी, हित्ती, एमोरी, परिज्जी, यबूसी र गिर्गाशीहरूको देश दिने करार तिनीसित बाँध्नुभयो। तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ, किनभने तपाईं धर्मी हुनुहुन्छ।
9
“तपाईंले मिश्रदेशमा हाम्रा पुर्खाहरूले पाएको दु:ख देख्नुभयो, र लाल सुमद्रमा सहायताको निम्ति कराएको तिनीहरूको पुकारा तपाईंले नै सुन्नुभयो।
10
फारो र उनका अधिकृतहरू र उनको देशका सबै मानिसहरूका विरुद्धमा चिन्ह र आश्चर्य कामहरू तपाईंले गर्नुभयो, किनकि उनीहरूले तिनीहरूप्रति अहङ्कारपूर्वक व्यवहार गरेका तपाईंले देख्नुभयो। तपाईंले आफ्नो निम्ति एउटा नाउँ राख्नुभयो, जो आजको दिनसम्म छँदैछ।
11
तिनीहरू सुक्खा जमिनमा हिँड़िजान तिनीहरूका सामुन्ने समुद्रलाई दुई भाग पारिदिनुभयो, तर उर्लंदो पानीमा ढुङ्गा फालेझैँ ती खेद्नेहरूलाई तपाईंले फालिदिनुभयो।
12
तिनीहरूले यात्रा गरेको बाटोमा प्रकाश दिन दिउँसो बादलको खामो र राती आगोको खामोद्वारा डोर्याएर तपाईंले तिनीहरूलाई लानुभयो।
13
“तपाईं सीनै पर्वतमाथि ओर्लनुभयो र स्वर्गबाट तिनीहरूसित कुरा गर्नुभयो। तपाईंले तिनीहरूलाई उचित र साँचो नियम तथा कानून र असल धर्म-विधिहरू तथा आज्ञाहरू दिनुभयो।
14
आफ्ना दास मोशाद्वारा पवित्र शबाथ तिनीहरूलाई अवगत गराउनुभयो, र आफ्नो प्रजालाई आज्ञाहरू, धर्म-विधिहरू र नियमहरू दिनुभयो।
15
तिनीहरूको भोक मार्नलाई तपाईंले तिनीहरूलाई स्वर्गबाट रोटी दिनुभयो, र तिनीहरूको तिर्खा मेटाउन तिनीहरूका निम्ति चट्टानबाट पानी निकाल्नुभयो। तिनीहरूलाई दिन्छु भनी तपाईंले हात उठाएर करार गर्नुभएको देश अधिकार गर्नलाई पस्न भनी तपाईंले हुकुम गर्नुभयो।
16
“तर हाम्रा पुर्खाहरू हठी र अटेरी भएर तपाईंका आज्ञाहरू उल्लङ्घन गरे।
17
आज्ञापालन गर्न तिनीहरूले इन्कार गरे, र तिनीहरूका बीचमा तपाईंले गर्नुभएका आश्चर्यकर्महरूलाई तिनीहरूले यादै गरेनन्। तिनीहरू अटेरी भए, र आफ्नो दासत्वमा फेरि लैजान तिनीहरूले एक जना अगुवालाई नियुक्त गरे। तर तपाईं क्षमा गर्नुहुने परमेश्वर, अनुग्रही र कृपालु, रिसानीमा ढिला र प्रेमले पूर्ण हुनुहुन्छ। यसैले तिनीहरूलाई तपाईंले त्याग्नुभएन,
18
यद्यपि तिनीहरूले ढलौटे बाछा बनाएर यसो पनि भने, ‘तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउने तिमीहरूका ईश्वर यही हो,’ अथवा जब तिनीहरूले भयानक ईश्वर-निन्दा गरे।
19
तापनि तपाईंले तिनीहरूलाई ठूलो करुणा देखाएर उजाड़-स्थानमा त्याग्नुभएन। तिनीहरूको यात्रामा दिउँसो बादलको खामोले बाटो देखाउन र राती तिनीहरूका यात्राको बाटोमा प्रकाश दिने आगोको खामोले तिनीहरूलाई छोड़ेनन्।
20
तिनीहरूलाई शिक्षा दिन तपाईंले आफ्ना असल आत्मा दिनुभयो। तिनीहरूको भोक मार्न तिनीहरूलाई मन्न दिन तपाईंले छोड्नुभएन, र तिनीहरूको तिर्खा मार्न तिनीहरूलाई पानी दिनुभयो।
21
चालीस वर्षसम्म उजाड़-स्थानमा तपाईंले तिनीहरूलाई सम्हाल्नुभयो। तिनीहरूलाई केही कुराको अभाव भएन; तिनीहरूका लुगाहरू फाटेनन् र तिनीहरूका खुट्टाहरू सुनिएनन्।
22
“तपाईंले तिनीहरूलाई राज्यहरू र जातिहरू र टाढ़ाका सीमान्त-प्रदेशहरू पनि दिनुभयो। तिनीहरूले हेश्बोनका राजा सीहोनको देश र बाशानका राजा ओगको देश जिते।
23
तपाईंले तिनीहरूका सन्तानलाई आकाशका तारासरह अनगिन्ती बनाउनुभयो, र यिनीहरूका पुर्खाहरूलाई आफ्नो अधिकारमा लिन तपाईंले प्रतिज्ञा गर्नुभएको देशमा यिनीहरूलाई ल्याउनुभयो।
24
तिनीहरूका सन्तान त्यहाँ पसेर त्यो देश अधिकार गरे। त्यहाँका बासिन्दा कनानीहरूलाई तपाईंले तिनीहरूकै अधीन तुल्याउनुभयो, र ती कनानीहरूलाई, उनका राजा र प्रजाहरूलाई समेत आफूलाई इच्छा लागेझैँ व्यवहार गर्न तिनीहरूका हातमा दिनुभयो।
25
पर्खाल लाएका सहरहरू र मलिलो भूमि तिनीहरूले कब्जा गरे। असल-असल थोक भएका घरहरू, खनेका कूवा, दाखबारी, भद्राक्षका रूख र अरू फलका रूखहरू प्रशस्त मात्रामा तिनीहरूले कब्जा गरे। यसरी खाएर तिनीहरू तृप्त भए, र पुष्ट भए र तपाईंको महान् उदारतामा आनन्दित भए।
26
“तर तिनीहरू अनाज्ञाकारी भएर तपाईंको विरुद्धमा बागी भए। तिनीहरूले तपाईंका व्यवस्थाको वास्ता गरेनन्। तिनीहरूलाई तपाईंतर्फ फर्काउनलाई गम्भीर चेताउनी दिने तपाईंका अगमवक्ताहरूलाई तिनीहरूले मारे। यसरी तिनीहरूले ठूलो ईश्वर-निन्दाको अपराध गरे।
27
यसैकारण तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा दिनुभयो, जसले तिनीहरूमाथि अत्याचार गरे। तर तिनीहरू अत्याचारमा पर्दा तिनीहरूले सहायताको लागि तपाईंलाई पुकारे। तपाईंले स्वर्गबाट तिनीहरूको पुकारा सुन्नुभयो, र आफ्नो ठूलो करुणा देखाएर तिनीहरूलाई आफ्ना शत्रुहरूबाट बचाउन उद्धारकहरू पठाउनुभयो।
28
“तर वरिपरिबाट शान्ति पाएपछि तपाईंको दृष्टिमा जे दुष्ट छ सो तिनीहरूले फेरि गरे। तब तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुका हातमा त्याग्नुभयो, र उनीहरूले तिनीहरूमाथि शासन गरे। अनि फेरि तिनीहरूले सहायताको निम्ति तपाईंको पुकारा गरे, र तपाईंले स्वर्गबाट तिनीहरूको पुकारा सुन्नुभयो, र आफ्नो करुणा देखाएर पटक-पटक तिनीहरूलाई उद्धार गर्नुभयो।
29
“तपाईंले तिनीहरूलाई आफ्नो व्यवस्थातिर फर्कनलाई चेताउनी दिनुभयो, तर तिनीहरू हठी भएर तपाईंका आज्ञाहरूको उल्लङ्घन गरे। तिनीहरूले तपाईंका धार्मिक-विधिका विरुद्धमा पाप गरे, जसलाई पालन गरेमा जीवन छ। हठी र आफ्नो जिद्दीमा अटेरी भएर तिनीहरूले तपाईंको आज्ञापालन गरेनन्।
30
धेरै वर्षसम्म तपाईंले तिनीहरूसित धैर्य धर्नुभयो। तपाईंले आफ्ना अगमवक्ताहरूद्वारा तपाईंका आत्माले तिनीहरूलाई चेताउनी दिनुभयो। तर तिनीहरूले सुनेनन्। यसैकारण तपाईंले तिनीहरूलाई छिमेकका मानिसहरूका हातमा सुम्पिदिनुभयो।
31
तर आफ्नो अपार करुणा देखाएर तपाईंले तिनीहरूलाई खतम पार्नुभएन र तिनीहरूलाई त्याग्नु पनि भएन, किनभने तपाईं अनुग्रह गर्ने करुणामय परमेश्वर हुनुहुन्छ।
32
“यसकारण हे हाम्रा परमेश्वर, तपाईं महान्, पराक्रमी र भययोग्य परमेश्वर, जसले आफ्नो प्रेमको करार पूरा गर्नुहुन्छ। हाम्रा राजाहरू, अगुवाहरू, पूजाहारीहरू, अगमवक्ताहरू, पुर्खाहरू र तपाईंका सबै प्रजामाथि परिआएका कष्ट— अश्शूरका राजाहरूको समयदेखि आजको दिनसम्म पाएका कष्टलाई हलुका नसम्झनुहोस्।
33
हामीमाथि सबै जे-जति परिआएका छन्, तिनमा तपाईंले न्यायसित काम गर्नुभएको छ। तपाईंले विश्वाससित काम गर्नुभएको छ, तर हामीले चाहिँ भूल गर्यौं।
34
हाम्रा राजाहरू, अगुवाहरू, पूजाहारीहरू र पुर्खाहरूले तपाईंको व्यवस्था पालन गरेनन्, र तपाईंले दिनुभएका आज्ञाहरू र चेताउनीहरूको वास्ता गरेनन्।
35
तिनीहरू आफ्नो राज्यमा हुँदा, तपाईंले तिनीहरूलाई दिनुभएको विस्तृत र मलिलो देशमा तपाईंको महान् उदारता तिनीहरूले उपभोग गर्दागर्दै पनि, तिनीहरूले तपाईंको सेवा गरेनन् र आफ्ना दुष्ट चाल त्यागेनन्।
36
“हेर्नुहोस्, आज हामी दास भएका छौं। तपाईंले हाम्रा पुर्खाहरूलाई त्यसका फलहरू खान र त्यसका असल उब्जनीहरू उपभोग गर्नलाई दिनुभएको यही देशमा हामी दास भएका छौं।
37
हाम्रा पापहरूले गर्दा त्यसका प्रशस्त उब्जनीहरू हामीमाथि प्रभुत्व गर्न तपाईंले खटाउनुभएका राजाहरूकहाँ जान्छन्। हाम्रा शरीर र हाम्रा पशुहरूमाथि उनीहरू आफूखुशी शासन गर्दछन्। हामी ठूलो सङ्कष्टमा परेका छौं।
38
“यी सबैको कारण हामी लिखित रूपमा यो वाचा बाँध्दैछौं, र हाम्रा अगुवाहरू, लेवीहरू र पूजाहारीहरूले सहीछाप लगाउँदैछन्।”
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13