bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Nehemiah 10
Nehemiah 10
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 11 →
1
सहीछाप लाउनेहरूमध्ये यिनै थिए: हकल्याहका छोरा राज्यपाल नहेम्याह, सिदकियाह,
2
सरायाह, अजर्याह, यर्मिया,
3
पशहूर, अमर्याह, मल्कियाह,
4
हत्तूश, शबन्याह, मल्लूक,
5
हारीम, मरेमोत, ओबदिया,
6
दानिएल, गिन्नतोन, बारूक,
7
मशुल्लाम, अबिया, मियामीन,
8
माज्याह, बिल्गै, र शमायाह। यिनीहरूचाहिँ पूजाहारी थिए।
9
लेवीहरू: अजन्याहका छोरा येशूअ, हेनादादका छोरा बिन्नूई, कादमीएल,
10
र तिनीहरूका दाजुभाइहरू शबन्याह, होदियाह, कलीता, पलयाह, हानान,
11
मीयका, रहोब, हशब्याह,
12
जक्कूर, शरेबियाह, शबन्याह,
13
होदियाह, बानी, र बनीनू।
14
मानिसहरूका अगुवाहरू: परोश, पहत-मोआब, एलाम, जत्तू, बानी
15
बुन्नी, अज्गाद, बेबै,
16
अदोनियाह, बिग्वै, आदीन,
17
आतेर, हिजकिया, अज्जूर,
18
होदियाह, हाशूम, बेजै,
19
हारीप, अनातोत, नेबै,
20
मग्पीआस, मशुल्लाम, हेजीर,
21
मशेजेबेल, सादोक, यदूअ,
22
पलत्याह, हानान, अनायाह,
23
होशिया, हनन्याह, हश्शूब,
24
हल्लोहेश, पिल्हा, शोबक,
25
रेहूम, हशब्ना, मासेयाह,
26
अहिया, हानान, आनान,
27
मल्लूक, हारीम र बानाह।
28
“बाँकी मानिसहरू— पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गवैयाहरू, मन्दिरका सेवकहरू, र परमेश्वरका व्यवस्थाको खातिर आ-आफूलाई छिमेकका मानिसहरूबाट अलग गरेकाहरू, सबै आ-आफ्ना पत्नीहरू र छोराछोरीहरूसाथ जो बुझ्न सक्तछन्—
29
तिनीहरू सबैले आफ्ना भारदार दाजुभाइहरूसित मिलेर परमेश्वरका दास मोशाद्वारा दिइएको परमेश्वरको व्यवस्था मान्न र परमप्रभु हाम्रा परमेश्वरका सबै आज्ञा, नियम र धर्म-विधिहरू पालन गर्न आफूमाथि सरापको बन्धन राखी शपथ खाए।
30
“हामी आफ्ना छोरीहरू वरिपरिका मानिसहरूसित विवाह गरिदिनेछैनौं, अथवा हाम्रा छोराहरूका निम्ति उनीहरूका छोरीहरू ल्याउनेछैनौं।
31
“यदि शबाथमा यी मानिसहरूले व्यापारका माल वा अन्न बेच्न ल्याए भने, हामी शबाथ अथवा अरू कुनै पवित्र दिनमा उनीहरूबाट किन्नेछैनौं। प्रत्येक सातौँ वर्ष हामी खेतबारीमा उब्जनीको काम गर्नेछैनौं, र सबै ऋणहरू माफी गरिदिनेछौं।
32
“हाम्रा परमेश्वरको भवनका सेवाको निम्ति, अर्थात् टेबिलमा राखिने रोटीको निम्ति, नियमित अन्नबलि र होमबलिका निम्ति, तथा शबाथ, औंसीको चाड़ र अरू ठहराइएका चाड़हरूका भेटीका निम्ति, पवित्र-दानहरू तथा इस्राएलका प्रायश्चितको लागि पापबलि र परमप्रभुका भवनको लागि गरिने अरू सबै कामका निम्ति
33
हामी वर्षैपिच्छे शेकेलको एक तिहाइ दिन आफ्नो दायित्व स्वीकार गर्छौं।
34
“हामी पूजाहारीहरू, लेवीहरू र मानिसहरूले व्यवस्थामा लेखिएअनुसार परमप्रभु हाम्रा परमेश्वरको वेदीमा जलाउन वर्षैपिच्छे ठहराइएको समयमा पालैपालो परिवार-परिवार गरी हाम्रा परमेश्वरको भवनमा दाउरा ल्याउनका निम्ति चिट्ठा हालेका छौं।
35
“परमप्रभु परमेश्वरको भवनमा वर्षैपिच्छे हाम्रो जमिनको फसल र फल फलाउने हरेक रूखको अगौटे फल ल्याउने जिम्मेवारी हामीले लिएका छौं।
36
“हाम्रा परमेश्वरको भवनमा, त्यहाँ सेवा गर्ने पूजाहारीहरूकहाँ व्यवस्थामा तोकिएअनुसार हाम्रा छोराहरू, गाईबस्तुहरू र भेड़ाबाख्राहरूका पहिले बियाएका ल्याउन हामी प्रतिज्ञा गर्छौं।
37
“तीबाहेक पूजाहारीहरूकहाँ हाम्रा पहिलो पिँधेको पीठो र अन्नबलि, हरेक रूखको अगौटे फल, नयाँ दाखमद्य र नयाँ तेल परमप्रभुका भवनको भण्डारमा ल्याउन, अनि लेवीहरूकहाँ हाम्रो जमिनको दशौँ अंश ल्याउन हामी प्रतिज्ञा गर्छौं— किनभने हाम्रा खेतीपाती गरिने बस्तीहरूको दशौँ अंश उठाउनेचाहिँ लेवीहरू नै हुन्।
38
दशौँ अंश उठाउँदा हारूनको वंशका एक जना पूजाहारी लेवीहरूका साथमा हुनेछन्। अनि लेवीहरूले दशांशको दशौँ भाग परमेश्वरका भवनको भण्डारका कोठाहरूमा ल्याउनेछन्।
39
इस्राएलीहरूले, लेवीहरूले समेत अन्न, नयाँ दाखमद्य र तेलका दान पवित्रस्थानका भाँड़ाहरू राख्ने कोठाहरूमा र त्यहाँ सेवा गर्ने पूजाहारीहरू, द्वारपालहरू र गवैयाहरू बस्ने ठाउँमा ल्याउनेछन्। हामी परमेश्वरका भवनको अवहेलना गर्नेछैनौं।”
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13