bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Nehemiah 7
Nehemiah 7
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 8 →
1
पर्खालको निर्माण भइसकेपछि, र मैले ढोकाहरू तिनको ठाउँ-ठाउँमा लगाइसकेपछि, तब द्वारपालहरू, गवैयाहरू र लेवीहरू नियुक्त गरिए।
2
मैले मेरा भाइ हनानीलाई, किल्लाका सेनापति हनन्याहको साथमा यरूशलेमको जिम्मा दिएँ। किनभने अरू मानिसहरूभन्दा हनानीचाहिँ ज्यादै विश्वासी र परमेश्वरसँग डराउने मानिस थिए।
3
मैले तिनीहरूलाई भनें, “यरूशलेमका मूल ढोकाहरू घाम निकै लागेपछि मात्र खोल्नू। द्वारपालहरू पहरामा बस्दा मूल ढोकाहरू बन्द गरेर आग्लाहरू लाउन लगाउनू। कसैलाई पहरा बस्न र कसैलाई चाहिँ आफ्नै घरको सामुन्ने रक्षा गर्न यरूशलेमकै बासिन्दाहरूबाट रक्षकहरूलाई नियुक्त गर।”
4
सहर ठूलो र विस्तृत थियो, तर त्यसमा मानिसहरू थोरै थिए, र अझसम्म कुनै घरको पुनर्निर्माण भएको थिएन।
5
यसैले भारदारहरू, अधिकृतहरू र मानिसहरूलाई परिवार-परिवार गरी नाउँ लेखाउन भनी भेला गराउन परमेश्वरले मलाई प्रेरणा दिनुभयो। मैले सबैभन्दा पहिले फर्कनेहरूको वंशावलीको पुस्तक भेट्टाएँ। त्यसमा लेखिएको कुरो मैले यही पाएँ:
6
बेबिलोनका राजा नबूकदनेसरले कैदमा लगेकाहरूमध्येका यरूशलेम र यहूदामा हरेक आ-आफ्नो सहरमा फर्केर आएका प्रदेशका मानिसहरू यिनै हुन्।
7
तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, अजर्याह, राम्याह, नहमानी, मोर्दकै, बिल्शान, मिसपेरेत, बिग्वै, नेहूम र बानाहका साथमा आएका थिए।
8
इस्राएलका मानिसहरूको नामावली यही हो: परोशका परिवारका २,१७२
9
शपत्याहका परिवारका ३७२
10
आराका परिवारका ६५२
11
येशूअ र योआबका घरानाबाट पहत-मोआबका परिवारका २,८१८
12
एलामका परिवारका १,२५४
13
जत्तूका परिवारका ८४५
14
जक्कैका परिवारका ७६०
15
बिन्नूईका परिवारका ६४८
16
बेबैका परिवारका ६२८
17
अज्गादका परिवारका २,३२२
18
अदोनीकामका परिवारका ६६७
19
बिग्वैका परिवारका २,०६७
20
आदीनका परिवारका ६५५
21
हिजकियाबाट आतेरका परिवारका ९८
22
हाशूमका परिवारका ३२८
23
बेजैका परिवारका ३२४
24
हारीपका परिवारका ११२
25
गिबोनका परिवारका ९५
26
बेथलेहेम र नतोपाका मानिसहरू १८८
27
अनातोतका मानिसहरू १२८
28
बेथ-अज्मावेतका मानिसहरू ४२
29
किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३
30
रामा र गेबाका मानिसहरू ६२१
31
मिकमाशका मानिसहरू १२२
32
बेथेल र ऐका मानिसहरू १२३
33
अर्को नेबोका मानिसहरू ५२
34
अर्को एलामका मानिसहरू १,२५४
35
हारीमका मानिसहरू ३२०
36
यरीहोका मानिसहरू ३४५
37
लोद, हादीद र ओनोका मानिसहरू ७२१
38
सेनाहका मानिसहरू ३,९३०
39
पूजाहारीहरू: येशूअको वंशबाट यदायाहका परिवारका ९७३
40
इम्मेरका परिवारका १,०५२
41
पशहूरका परिवारका १,२४७
42
हारीमका परिवारका १,०१७
43
लेवीहरू: होदबिया र कादमीएलका वंशबाट येशूअका परिवारका ७४
44
गवैयाहरू: आसापका परिवारका १४८
45
द्वारपालहरू: शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता, शोबैका परिवारहरूका जम्मा १३८
46
मन्दिरका सेवकहरू: सीहा, हसूपा, तब्बाओत,
47
कोरेस, सीआ, पादोन,
48
लेबाना, हगाबा, शल्मै,
49
हानान, गिद्देल, गहर,
50
रायाह, रसीन, नकोदा,
51
गज्जाम, उज्जा, पसेह,
52
बेजै, मोनिम, नेपुसीम,
53
बक्बूक, हकूपा, हर्हुर,
54
बस्लूत, महीदा, हर्शा,
55
बर्कोस, सीसरा, तेमह,
56
नसीह, र हतीपाका परिवारहरू
57
सोलोमनका सेवकहरूका सन्तान: सोतै, सोपेरेत, पारीद,
58
याला, दर्कोन, गिद्देल,
59
शपत्याह, हत्तील, पोकेरेतहसेबायीम, र अमोनका परिवारहरू।
60
मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानको संख्या जम्मा ३९२
61
तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्मेर सहरबाट आएकाहरूले आफ्ना परिवारहरू इस्राएलको वंशबाट आएका हुन् भनी बताउन सकेनन्। यी हुन्:
62
दलायाह, तोबिया, र नकोदाका परिवारहरूका जम्मा ६४२
63
पूजाहारीहरूबाट: होबायाहका परिवार, हक्कोसका परिवार, र गिलादी बर्जिल्लैकी एउटी छोरीलाई विवाह गरेर तिनकै नाउँ राख्ने बर्जिल्लैका परिवार।
64
वंशावलीहरूमा लेखिएका नाउँहरूमा यिनीहरूका नाउँ पनि खोजिए तर पाइएनन्। यसैले तिनीहरू पूजाहारीगिरीको निम्ति अशुद्ध झैँ अयोग्य ठहराइए।
65
“ऊरीम” र “तुम्मीम” ले सेवा गर्ने कुनै एक जना पूजाहारी नहोउञ्जेल राज्यपालले तिनीहरूलाई कुनै पनि महापवित्र थोक खानलाई मनाही गरे।
66
सम्पूर्ण जनसमुदायको संख्या ४२,३६० थियो।
67
यीबाहेक तिनीहरूका कमारा-कमारीहरू ७,३३७ जना थिए, र तिनीहरूका २४५ जना पुरुष र स्त्री गवैयाहरू थिए।
68
तिनीहरूका घोड़ाहरूको संख्या ७३६, खच्चर २४५,
69
ऊँट ४३५ र गधा ६,७२० थिए।
70
परिवारका कोही मुखियाहरूले कामको निम्ति दान दिए। राज्यपालले भण्डारमा १,००० सुनका सिक्का, ५० कचौरा र पूजाहारीहरूले लाउने ५३० पोशाकहरू दिए।
71
परिवारका कुनै-कुनै मुखियाहरूले कामको निम्ति भण्डारमा २०,००० सुनका सिक्का र २,२०० चाँदीका सिक्का दिए।
72
बाँकी मानिसहरूले चाहिँ जम्मा २०,००० सुनका सिक्का, २,००० चाँदीका सिक्का र पूजाहारीहरूले लाउने ६७ पोशाकहरू दिए।
73
पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गवैयाहरू, मन्दिरका सेवकहरू, साथै कुनै-कुनै मानिसहरू र अरू बाँकी इस्राएलीहरू आ-आफ्ना सहरहरूमा बसोबास गरे।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13