bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Nehemiah 5
Nehemiah 5
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 6 →
1
अब पुरुषहरू र तिनका पत्नीहरूले आफ्ना यहूदी दाजुभाइहरूका विरुद्धमा आवाज उठाए।
2
कतिले भने, “हामी अनि हाम्रा छोराछोरीहरू धेरै छौं, र हामीहरू बाँच्नका निम्ति हामीलाई अन्नको खाँचो छ।”
3
अरूले चाहिँ यसो भने, “अनिकालको समयमा अन्न पाउन हामी आफ्ना खेतहरू, दाखबारीहरू र घरहरू बन्धक राख्दैछौं।”
4
अझ अरूहरूले यसो भनेर दु:ख पोखाए, “आफ्ना खेतहरू र दाखबारीहरूको राजकर तिर्न हामीले ऋण लिनुपरेको छ।
5
हाम्रो शरीर आफ्ना देशका अरू मानिसहरूको शरीरजस्तै हो। हाम्रा छोराछोरी उनीहरूका छोराछोरीजस्तै छन्, तापनि हामीलाई आफ्ना छोराछोरीहरू कमारा-कमारी तुल्याउन दिनुपरिरहेको छ। कसै-कसैका छोरीहरू त अघि नै कमारी तुल्याइएका छन्, तर हामी केही पनि गर्न सक्दैनौं, किनभने हाम्रा खेतहरू र दाखबारीहरू अरूहरूका भइसकेका छन्।”
6
तिनीहरूको रोदन र तिनीहरूले भनेको कुरा सुनेर मलाई साह्रै रीस उठ्यो।
7
ती सबलाई आफ्नो मनमा मैले चिन्तन गरें। अनि भारदारहरू र अधिकृतहरूको दोष देखाउँदै मैले भनें, “तिमीहरू आफ्ना यहूदी दाजुभाइहरूबाट धेरै ब्याज लिँदैछौ।”
8
मैले यस विषयमा एउटा ठूलो सभा बोलाएँ अनि भनें, “हामीले सकभर अरू जातिहरूमा बेचिएका हाम्रा यहूदी बन्धुहरूलाई किनेर छुटकारा गराएका छौं। अब दाम तिरेर छुटकारा दिएका आफ्ना भाइहरूलाई तिमीहरू हामीलाई बेचिरहेका छौ।” तिनीहरू चूप रहे, किनकि तिनीहरूसित भन्ने कुरा केही थिएन।
9
मैले अझै भनें, “तिमीहरू जे गरिरहेका छौ सो ठीक छैन। हाम्रा अन्यजाति शत्रुहरूको नजरमा निन्दित नहुनलाई हाम्रा परमेश्वरको डर राखेर तिमीहरूलाई बस्नुपर्नेथिएन?
10
म र मेरा भाइहरू र मेरा अधीनका मानिसहरू पनि तिनीहरूलाई रुपियाँपैसा र अन्न सापट दिँदैछौं। तर ऋणको लागि ब्याज उठाउने काम बन्द होस्।
11
तिनीहरूबाट लिएका खेतहरू, दाखबारीहरू र भद्राक्षबारीहरू र घरहरू तुरुन्तै तिनीहरूलाई फर्काइदेओ, अनि तिनीहरूबाट असूल गरेका ब्याज, अर्थात् रुपियाँपैसा, अन्न, नयाँ दाखमद्य र तेलको सयौँ भाग फर्काइदेओ।”
12
“हामी फर्काइदिनेछौं, र तिनीहरूबाट अरू केही लिनेछैनौं। तपाईं जे भन्नुहुन्छ सो हामी गर्नेछौं” भनी तिनीहरूले भने। तब मैले पूजाहारीहरूलाई बोलाएँ, र भारदार र अधिकृतहरूलाई आफूले प्रतिज्ञा गरेअनुसार गर्न शपथ खान लाएँ।
13
त्यसपछि मैले मेरो खास्टोको छेउ टकटक्याएर भनें, “आफ्नो प्रतिज्ञा पूरा नगर्ने हरेक मानिसको घर र धन-सम्पत्ति परमेश्वरले यसरी नै टकटक्याइदेऊन्। त्यसलाई यसरी नै टकटक्याएर रित्तो बनाइओस्।” यो भएपछि भेला भएका सबै मानिसहरूले भने, “आमेन,” र तिनीहरूले परमप्रभुको प्रशंसा गरे। अनि तिनीहरूले आफ्नो प्रतिज्ञाअनुसार गरे।
14
त्यसबाहेक यहूदा देशका राज्यपाल म नियुक्त भएको समयदेखि, अर्थात् अर्तासास्त राजाको बीसौँ वर्षदेखि बत्तीसौँ वर्षसम्म, जम्मा बाह्र वर्षसम्म मैले र मेरा भाइहरूले राज्यपालले पाउनुपर्ने खानेकुराको भत्ता लिएनौं।
15
तर मभन्दा अघिका राज्यपालहरूले रोटी र दाखमद्यबाहेक चाँदीका चालीस सिक्का कर तोकेर मानिसहरूलाई ठूलो भारले थिचेका थिए। उनीहरूका सहायकहरूले पनि यसरी नै अत्याचार गरेका थिए। तर परमेश्वरको भय राखेर मैले त्यस्तो व्यवहार गरिनँ।
16
त्यसको साटो मैले पर्खाल बनाउने काममा मेरो सारा मेहनत लगाएँ। मेरा सबै मानिसहरू कामको निम्ति त्यहाँ भेला भए, र हामीले तिनीहरूबाट कुनै जग्गाजमिन लिएनौं।
17
यसबाहेक मसँग मेरो टेबिलमा बसेर खानेहरू एक सय पचास जना यहूदीहरू र अधिकृतहरूलगायत छेउछाउका जातिहरूबाट हामीकहाँ आउने अतिथिहरू पनि थिए।
18
प्रतिदिन खानलाई मेरो निम्ति जुटाउनुपर्ने एउटा गोरु, छ वटा मोटा-मोटा भेड़ा, र कुखुराहरूलाई पनि तयार गरिन्थ्यो। दश-दश दिनपछि विभिन्न प्रकारका दाखमद्य प्रशस्त मात्रामा जुटाइन्थ्यो। यति भए तापनि मैले राज्यपालले पाउनुपर्ने भोजनको माग गरिनँ, किनभने मानिसहरूमाथि ठूलो भार परेको थियो।
19
हे मेरा परमेश्वर, मैले गरेका सबै कामको निम्ति मेरो हितमा सम्झना गर्नुहोस्।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13