bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Nehemiah 3
Nehemiah 3
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 4 →
1
प्रधान पूजाहारी एल्यासीब र तिनका सङ्गी-पूजाहारीहरूले काम सुरु गरेर भेड़ा ढोकाको पुनर्निर्माण गरे। तिनीहरूले त्यसका ढोकाहरू खड़ा गरे। तिनीहरूले यो काम सयको बुर्जा र हननेलको बुर्जासम्मै सके र त्यसलाई अर्पण गरे।
2
यरीहोका मानिसहरूले त्यसैसँग जोड़िएको भाग बनाए, र इम्रीका छोरा जक्कूरले अर्को भाग बनाए।
3
माछा ढोकाचाहिँ हस्सेनाका छोराहरूले पुनर्निर्माण गरे। तिनीहरूले त्यसका सत्तरीहरू बसाले, र त्यसका छेस्किनी र आग्लाहरू लगाएर ढोकाहरू खड़ा गरे।
4
उरियाहका छोरा, हक्कोसका नाति मरेमोतले अर्को भाग मरम्मत गरे। बेरेक्याहका छोरा, मशेजेबेलका नाति मशुल्लामले अर्को भाग मरम्मत गरे, र त्यसका छेउको भाग बानाका छोरा सादोकले मरम्मत गरे।
5
तकोका मानिसहरूले अर्को भाग मरम्मत गरे, तर तिनीहरूका भारदारहरूचाहिँ आ-आफ्ना नाइकेहरूको निर्देशनमा काम गरेर आफैलाई नीच तुल्याउन मानेनन्।
6
येशना ढोका पसेहका छोरा योयादा र बसोदयाहका छोरा मशुल्लामले मरम्मत गरे। तिनीहरूले त्यसका सत्तरीहरू बसालेर छेस्किनी र आग्लाहरू लगाएर ढोकाहरू खड़ा गरे।
7
तिनीहरूका छेउमा गिबोनी मलत्याह र मेरोनोती यादान, गिबोन र मिस्पाका मानिसहरूले मरम्मत गरे। तिनीहरू यूफ्रेटिस पारिको प्रान्तका राज्यपालको अधिकारमुनि थिए।
8
सुनार हरयाहका छोरा उज्जीएलले अर्को भाग मरम्मत गरे। त्यसका छेउको भाग अत्तर बनाउने हनन्याहले मरम्मत गरे। तिनीहरूले चौड़ा पर्खालसम्मै यरूशलेमको पुनर्निर्माण गरे।
9
यरूशलेमको आधा जिल्लाका शासक हूरका छोरा रपायाहले अर्को भाग मरम्मत गरे।
10
त्यससँग जोड़िएको भाग हरूमापका छोरा यदायाहले आफ्नो घरको सामुन्नेको अर्को भाग मरम्मत गरे। हशबन्याहको छोरा हत्तूशले अर्को भाग मरम्मत गरे।
11
अर्को भागचाहिँ भट्टीको बुर्जासमेत हारीमका छोरा मल्कियाह र पहत-मोआबका छोरा हश्शूबले मरम्मत गरे।
12
यरूशलेमको आधा जिल्लाका शासक हल्लोहेशका छोरा शल्लूमले आफ्ना छोरीहरूको सहायताले अर्को भाग मरम्मत गरे।
13
बेँसी ढोकाचाहिँ हानून र जानोहका बासिन्दाहरूले मरम्मत गरे। तिनीहरूले त्यो पुनर्निर्माण गरे, र छेस्किनीहरू र आग्लाहरू लगाएर त्यसका ढोकाहरू बसाले, र फोहोर ढोकासम्मै चार सय पचास मिटर लामो पर्खाल मरम्मत गरे।
14
फोहोर ढोकाचाहिँ बेथ-हक्केरेम जिल्लाका शासक रेकाबका छोरा मल्कियाहले मरम्मत गरे। तिनले त्यो पुनर्निर्माण गरी छेस्किनीहरू र आग्लाहरू लगाएर त्यसका ढोकाहरू बसाले।
15
फुहारा ढोकाचाहिँ मिस्पा जिल्लाका शासक कोल-होजेका छोरा शल्लूनले मरम्मत गरे। तिनले त्यो पुनर्निर्माण गरेर त्यसका छाना लगाए, र त्यसका छेस्किनीहरू र आग्लाहरू लगाएर त्यसका ढोकाहरू बसाले। तिनले राजाका बगैँचाको छेउमा भएको सिलोआमको तलाउको पर्खाल दाऊदको सहरबाट ओर्लने खुट्किलाहरूसम्मै मरम्मत गरे।
16
तिनको छेउमा बेथ-सरको आधा जिल्लाका शासक अज्बूकका छोरा नहेम्याहले दाऊदका चिहानको सामुको एउटा जग्गा, बनावटी पोखरी र वीरहरूको घरसम्म मरम्मत गरे।
17
तिनको छेउमा बानीका छोरा रेहूमको अधीनमा लेवीहरूले मरम्मत गरे। तिनको छेउमा कीलाहको आधा जिल्लाका शासक हशब्याहले आफ्नो जिल्लाको निम्ति मरम्मत गरे।
18
तिनको छेउमा तिनका देशवासीहरूले कीलाहको आधा जिल्लाका शासक हेनादादका छोरा बिन्नूईको अधीनमा मरम्मत गरे।
19
तिनको छेउमा मिस्पाका शासक येशूअका छोरा एसेरले अर्को एउटा भाग हतियारखानाका भिरालोको सामुन्नेदेखि मरम्मत गरे।
20
तिनको छेउमा जब्बैका छोरा बारूकले जोशिला भई अर्को एउटा भाग कुनादेखि प्रधान पूजाहारी एल्यासीबका घरको ढोकासम्म मरम्मत गरे।
21
तिनको छेउमा उरियाहका छोरा, हक्कोसका नाति मरेमोतले अर्को एउटा भाग एल्यासीबका घरको ढोकादेखि तिनका घरको छेउसम्मै मरम्मत गरे।
22
तिनको छेउमा यरूशलेमका छेउछाउका क्षेत्रमा बस्ने पूजाहारीहरूले मरम्मत गरे।
23
तिनका छेउमा बेन्यामीन र हश्शूबले आफ्नो घरको सामुन्ने मरम्मत गरे। तिनका छेउमा मासेयाहका छोरा, हननियाका नाति अजर्याहले आफ्नो घरको छेउमा मरम्मत गरे।
24
तिनको छेउमा हेनादादका छोरा बिन्नूईले अर्को एउटा भाग अजर्याहको घरदेखि कुनाको कोणसम्म मरम्मत गरे।
25
उज्जैका छोरा पालालले कोण र रक्षकहरूका चोकनेरको माथिल्लो महलदेखि बाहिर निस्केको बुर्जाको सामुन्ने मरम्मत गरे।
26
तिनको छेउमा परोशका छोरा पदायाह र ओफेल डाँड़ामा बस्ने मन्दिरका सेवकहरूले पूर्वपट्टिको पानी ढोका र बाहिर निस्केको बुर्जाको सामुन्ने एउटा ठाउँसम्म मरम्मत गरे।
27
तिनका छेउमा तकोका मानिसहरूले बाहिर निस्केको ठूलो बुर्जादेखि ओफेलको पर्खालसम्म अर्को एउटा भाग मरम्मत गरे।
28
अश्व ढोकाको मास्तिर पूजाहारीहरूले आ-आफ्नो घरको सामु मरम्मत गरे।
29
तिनीहरूका छेउमा इम्मेरका छोरा सादोकले आफ्नो घरको सामु मरम्मत गरे। तिनको छेउमा पूर्व ढोकाका द्वारपाल शकन्याहका छोरा शमायाहले मरम्मत गरे।
30
तिनको छेउमा शेलेम्याहका छोरा हनन्याह र सालापका जन्तरे छोरा हानूनले अर्को एउटा भाग मरम्मत गरे। तिनका छेउमा बेरेक्याहका छोरा मशुल्लामले आफ्नो डेराको सामु मरम्मत गरे।
31
तिनको छेउमा सुनार मल्कियाहले निरीक्षण ढोकाका सामुन्नेको, मन्दिरका सेवकहरू र व्यापारीहरूको घरसम्म र कुनाका मास्तिरको कोठासम्म मरम्मत गरे।
32
कुनाका मास्तिरको कोठा र भेड़ा ढोकाको बीचमा चाहिँ सुनारहरू र व्यापारीहरूले मरम्मत गरे।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13