bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Corinthians 10
1 Corinthians 10
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 11 →
1
दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा पुर्खाहरू बादलमुनि थिए, र तिनीहरू सबै समुद्रको बीचबाट भएर गए भन्ने कुरामा तिमीहरू यस वास्तविकताबाट अनजान रहो भन्ने म चाहन्नँ।
2
तिनीहरू सबै जनाको बादल र समुद्रमा बप्तिस्मा भएर मोशासँग जोडिए।
3
तिनीहरू सबैले एउटै आत्मिक भोजन खाए,
4
अनि एउटै आत्मिक पानी पिए; किनकि तिनीहरूले त्यस आत्मिक चट्टानबाट पिए, जो तिनीहरूसँगै हिँड्नुभयो र त्यो चट्टानचाहिँ ख्रीष्ट हुनुहुन्थ्यो।
5
तरै पनि परमेश्वर तिनीहरूमध्ये धेरैसँग प्रसन्न हुनुभएन। त्यसैले तिनीहरूका शरीर उजाडस्थानमै छरपस्ट भए।
6
हामीले आफ्ना हृदयहरू तिनीहरूले जस्तै दुष्ट कुराहरूमा नलगाऔँ भनेर यी कुराहरू हाम्रा लागि उदाहरणको रूपमा नै घटेका थिए।
7
तिमीहरू मूर्तिपूजक नबन, जसरी तिनीहरूमध्ये कति जना थिए; यसरी लेखिएको छ: “मानिसहरू खान र पिउनलाई बसे, र दाखमद्यले मातेर मोजमस्ती गर्न उठे।”
8
हामी यौन अनैतिकतामा फस्नुहुँदैन, जसरी तिनीहरूमध्ये कति जना फसे, र एकै दिनमा तेईस हजार मरेका थिए।
9
हामीले ख्रीष्टलाई जाँच गर्नुहुँदैन, जसरी तिनीहरूमध्ये कतिले जाँच गरे, र तिनीहरू सर्पद्वारा डसिएर मरे।
10
तिमीहरू गनगन नगर, जसरी तिनीहरूमध्ये कतिले गरे, र तिनीहरू नाश गर्ने दूतद्वारा मारिए।
11
तिनीहरूसँग यी कुराहरू उदाहरणको रूपमा घटे, र यी घटनाहरू हाम्रै चेतावनीको लागि लेखियो, जो यस युगको अन्त्यतिर आइपुगेका छौँ।
12
यसकारण यदि तिमीहरूलाई आफू स्थिरसाथ खडा छौ भनी लाग्छ भने होसियार रहो, ताकि तिमीहरू लड्नु नपरोस्।
13
मानिसमाथि आइपर्ने किसिमको परीक्षाबाहेक अरू सहनै नसक्ने परीक्षामा तिमीहरू परेका छैनौ। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ; उहाँले तिमीहरूलाई सहनै नसक्ने परीक्षामा पर्न दिनुहुनेछैन; तर जब तिमीहरू परीक्षामा पर्छौ, तब उहाँले तिमीहरूलाई त्यसबाट उम्कने बाटो पनि दिनुहुनेछ। यसरी तिमीहरूले त्यसलाई सहन सक्नेछौ।
14
यसकारण मेरा प्रिय मित्रहरू हो, मूर्तिपूजाबाट अलग बस।
15
म समझदार मानिसहरूसँग बोल्दैछु; मैले भनेका कुरालाई आफैँले जाँचेर हेर।
16
त्यो धन्यवादको कचौरा, जसका लागि हामी धन्यवाद चढाउँछौँ; के त्यो ख्रीष्टको रगतमा सहभागिता होइन र? अनि जुन रोटी हामी भाँच्छौँ, के त्यो ख्रीष्टको शरीरको सहभागिता होइन र?
17
एउटै रोटी छ, हामी धेरै भए तापनि एउटै शरीर हौँ; किनकि हामी सबै एउटै रोटीबाट खान्छौँ।
18
इस्राएलका मानिसहरूलाई विचार गर; चढाइएको बलिदानका थोक खानेहरू, के तिनीहरू वेदीमा सहभागी भएनन् र?
19
त्यसो भए के मैले मूर्तिलाई चढाएको वस्तु केही महत्त्वको हो? अथवा मूर्ति केही महत्त्वको हो भनेर भनिरहेको छु त?
20
होइन, तर गैरयहूदीहरूले चढाएका चीज परमेश्वरलाई होइन, भूतआत्माहरूलाई चढाएका हुन्छन्; र तिमीहरू ती भूतआत्माहरूसँग सहभागी होऔ भन्ने म चाहँदिनँ।
21
तिमीहरूले परमेश्वरको कचौराबाट र भूतआत्माहरूका कचौराबाट पनि पिउन सक्दैनौ। तिमीहरू परमेश्वरको टेबुल र भूतआत्माहरूको टेबुल, दुवैमा भाग लिन सक्दैनौ।
22
के हामीले परमेश्वरको क्रोधलाई जगाउन खोजिरहेका छौँ? के हामी उहाँभन्दा शक्तिशाली छौँ?
23
सबै थोकहरू उचित छन्, तर सबै थोकहरू लाभदायक हुँदैनन्। सबै थोकहरू उचित छन्; तर सबै थोकहरूले आत्मिकी उन्नति गराउँदैनन्।
24
तिमीहरू कसैले पनि आफ्नै भलाइ नखोज, तर अरूको भलाइ खोज।
25
मासुको पसलमा जे बेचिन्छ, त्यो विवेकको खातिर नसोधीकन खाओ;
26
किनकि, “पृथ्वी र यसमा भएका सबै थोक प्रभुकै हुन्।”
27
यदि कुनै अविश्वासीले तिमीहरूलाई भोजनको लागि निम्तो दियो भने, र तिमीहरूले जाने चाहना गर्यौ भने तिमीहरूको अगि जे कुराहरू राखिन्छ, त्यो विवेकका खातिर केही नसोधीकन खाओ।
28
तर यदि कसैले तिमीहरूलाई “यो त बलिदानमा चढाएको चीज हो,” भन्छ भने त्यस बताउने मानिसको खातिर र दुवैको विवेकको खातिर त्यसलाई नखाओ।
29
मैले अर्को मानिसको विवेकको खातिर भन्न खोजेको हो, तिम्रो विवेकको खातिर होइनँ। किनकि मेरो स्वतन्त्रताको न्याय अरूको विवेकद्वारा किन जाँच्नु?
30
यदि मैले धन्यवाद दिएर भोजनमा सामेल हुन्छु भने जुन कुराका लागि मैले परमेश्वरलाई धन्यवाद चढाउँछु, तब त्यसका लागि मेरो निन्दा किन गरिन्छ?
31
यसकारण चाहे तिमीहरू खाओ वा पिओ अथवा जेसुकै गर, सबै कुरा परमेश्वरका महिमाको निम्ति गर।
32
तिमीहरू कसैलाई पनि ठेस लाग्ने काम नगर, चाहे यहूदीहरू होस् वा ग्रीकहरू होस् अथवा परमेश्वरको मण्डलीलाई होस्।
33
जसरी म पनि सबैलाई सबै तरिकाले खुशी पार्ने कोसिस गर्दछु; किनकि म आफ्नै भलाइ होइन, तर धेरैको भलाइ खोज्दछु, ताकि तिनीहरूले उद्धार पाऊन्।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16