bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Corinthians 3
1 Corinthians 3
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 4 →
1
दाजुभाइ-दिदीबहिनीहरू हो, मैले तिमीहरूसँग आत्मिक मानिसहरूसँगझैँ बोल्न सकिनँ, तर सांसारिक मानिसहरूसँग अथवा ख्रीष्टमा दुधे बालकहरूसँगझैँ बोल्नुपर्यो।
2
मैले तिमीहरूलाई खँदिलो भोजन होइन, दूध खुवाएँ; किनकि तिमीहरू खँदिलो भोजनको लागि तयार थिएनौ। वास्तवमा अझ पनि तिमीहरू तयार छैनौ।
3
तिमीहरू अझै पनि सांसारिक नै छौ; किनकि तिमीहरूका बीचमा डाह र कलहहरू छन्। त्यसो भए के तिमीहरू सांसारिक होइनौ र? तिमीहरू संसारका मानिसहरूजस्तै चल्दैनौ र?
4
किनकि जब एउटाले “म पावलको हुँ,” अनि अर्कोले, “म अपोल्लोसको हुँ,” भन्छ भने के तिमीहरू केवल मानिसहरूजस्तै भएनौ र?
5
त्यसो हो भने अपोल्लोस को हुन्? अनि पावल को हो? केवल सेवकहरू हुन्, जसद्वारा तिमीहरूले सुसमाचारमा विश्वास गर्यौ; अनि प्रभुले हामीलाई काम दिएअनुसार पूरा गर्यौँ।
6
मैले बिउ रोपेँ, अपोल्लोसले पानी लगाए, तर परमेश्वरले नै त्यसलाई बढाउनुभएको हो।
7
यसकारण न रोप्ने केही हो, न त पानी हाल्ने केही हो; तर परमेश्वर मात्र महान् हुनुहुन्छ, जसले बढाउनुहुन्छ।
8
रोप्ने मानिस र पानी लगाउने मानिसको एउटै उद्देश्य हुन्छ, र प्रत्येकले आफ्नो परिश्रमअनुसारको इनाम पाउनेछ।
9
किनकि हामी परमेश्वरको सेवामा सहकर्मी हौँ; तिमीहरू परमेश्वरको खेतबारी र उहाँको भवन हौ।
10
परमेश्वरले मलाई दिनुभएको अनुग्रहद्वारा मैले एक जना सिपालु मिस्त्रीलेझैँ एउटा जग बसालेको छु; अनि अरू कसैले त्यसमाथि भवन बनाउँदै जान्छ। तर बनाउने प्रत्येकले होसियारीसाथ बनाउँदै जानुपर्छ।
11
तर जुन जग बसालिएको छ; त्यो जग स्वयम् येशू ख्रीष्ट हुनुहुन्छ; त्यसबाहेक कसैले अर्को जग बसाल्न सक्दैन।
12
यदि कसैले त्यस जगमाथि सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, घाँस वा पराल प्रयोग गरेर केही बनाउँछ भने,
13
हरेकको काम कस्तो रहेछ भनी देखाइनेछ; किनकि त्यस दिनले हरेकका कामलाई ज्योतिमा ल्याउनेछ; अनि आगोद्वारा काम प्रकट हुनेछ, र हरेक मानिसको कामको गुण आगोद्वारा जाँच गरिनेछ।
14
यदि त्यसले बनाएको काम रहिरह्यो भने त्यस कामदारले इनाम पाउनेछ।
15
यदि त्यो काम जलेर नष्ट भयो भने कामदारले नोक्सानी उठाउनुपर्नेछ; तापनि आगोको ज्वालाबाट बाँचेझैँ आफूचाहिँ बाँच्नेछ।
16
के तिमीहरू आफैँ परमेश्वरको मन्दिर हौ र परमेश्वरको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भन्ने कुरा जान्दैनौ?
17
यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्दछ भने परमेश्वरले त्यसलाई नष्ट गर्नुहुनेछ; किनभने परमेश्वरको मन्दिर पवित्र हुन्छ, जुन मन्दिरचाहिँ तिमीहरू नै हौ।
18
तिमीहरू आफैँलाई धोका नदेओ। यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगको नापअनुसार बुद्धिमान् सम्झन्छ भने तिमीहरू बुद्धिमान् हुनको लागि “मूर्ख” बन्नुपर्छ।
19
किनकि परमेश्वरको दृष्टिमा यस संसारको बुद्धि मूर्खता हो। यसरी लेखिएको छ: “उहाँले बुद्धिमान्लाई त्यसकै धूर्ततामा पक्रनुहुन्छ।”
20
अनि फेरि, “प्रभुले जान्नुहुन्छ कि बुद्धिमान्हरूका विचारहरू व्यर्थ हुन्।”
21
यसकारण कसैले मानवीय अगुवाहरूबारे घमण्ड नगर! सबै कुरा तिमीहरूकै हुन्,
22
चाहे पावल वा अपोल्लोस वा केफास वा जीवन वा संसार वा मृत्यु वा वर्तमान वा भविष्य—सबै तिमीहरूकै हुन्।
23
तिमीहरूचाहिँ ख्रीष्टका हौ, र ख्रीष्टचाहिँ परमेश्वरको हुनुहुन्छ।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
Recommended Reading
Commentary
1 Corinthians Commentaries
→
Devotional
1 Corinthians Devotional Guide
→
Get This Bible
Nepali Contemporary Version (पवित्र बाइबल, नेपाली समकालीन संस्करण) Study Bible
→