bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Corinthians 13
1 Corinthians 13
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 14 →
1
यदि मैले मानिसहरू र स्वर्गदूतहरूका भाषाहरूमा बोलेँ, तर मसँग प्रेम छैन भने म हल्ला गर्ने घण्टा अथवा झ्याइँ-झ्याइँ गर्ने झ्याम्टा मात्र हुँ।
2
यदि मसँग अगमवाणी गर्ने वरदान छ, परमेश्वरका रहस्य र ज्ञानहरू सबै बुझ्न सकूँला; अनि मसँग पहाडहरू हटाउन सक्नेसम्मको विश्वास पनि छ, तर मसँग प्रेम छैन भने म केही पनि होइनँ।
3
यदि मैले आफ्ना सबै सम्पत्ति गरिबहरूलाई बाँडिदिएँ, र आफ्नो शरीरसमेत जलाउनलाई सुम्पिदिएँ भने म गर्व गर्न सक्छु, तर मसँग प्रेम छैन भने मेरा लागि केही पनि लाभ हुँदैन।
4
प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ। प्रेमले डाह गर्दैन, प्रेमले सेखी गर्दैन, प्रेमले घमण्ड गर्दैन।
5
प्रेमले अरूलाई अनादर गर्दैन, प्रेम स्वार्थी हुँदैन, प्रेमले चाँडै रिस गर्दैन, प्रेमले खराबीको हिसाब राख्दैन।
6
प्रेम दुष्टतामा खुशी हुँदैन, तर सत्यतासँग रमाउँछ।
7
प्रेमले सधैँ रक्षा गर्छ, सधैँ भरोसा गर्छ, सधैँ आशा राख्छ र सधैँ स्थिर रहन्छ।
8
प्रेमको अन्त्य कहिल्यै हुँदैन। तर चाहे अगमवाणीहरू होऊन्, ती हटाइनेछन्; चाहे भाषाहरू होऊन्, ती अन्त्य हुनेछन्; चाहे ज्ञान होस्, त्यो हटाइनेछ
9
किनकि हाम्रो ज्ञान आंशिक र अधुरो छ; अनि हाम्रो अगमवाणी अधुरो हुन्छ।
10
तर जब पूर्णता आउँछ, तब आंशिक कुराहरू हटाइनेछन्।
11
जब म बालक थिएँ, तब म बालकले जस्तो बोल्थेँ, बालकले जस्तो सोच्थेँ, र बालकले जस्तै तर्क गर्थेँ। तर जब म जवान भएँ, तब मैले बालकका जस्ता व्यवहार छोडिदिएँ।
12
अहिले हामीले ऐनामा धमिलोसँग देख्छौँ, तर त्यस बेला आमने-सामने देख्नेछौँ। अहिले म आंशिक रूपमा जान्दछु, तर त्यस बेला पूर्ण रूपले जान्नेछु, जसरी अहिले मलाई परमेश्वरले पूर्ण रूपले जान्नुहुन्छ।
13
अनि अब यी तीन कुराहरू रहन्छन्: विश्वास, आशा र प्रेम; तर यी तीनमध्ये प्रेम नै सर्वोत्तम हो।
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16