bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Corinthians 16
1 Corinthians 16
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
1
अब प्रभुका जनहरूका निम्ति भेटी सङ्कलनको विषयमा बोल्न चाहन्छु: मैले गलातियाका मण्डलीहरूलाई जे गर्नु भनेको छु, त्यस्तै तिमीहरूले गर।
2
हरेक हप्ताको पहिलो दिन तिमीहरू सबैले आ-आफ्नो कमाइअनुसार केही रकम छुट्याएर जम्मा गरी राख्नू, ताकि म आउँदाखेरि भेटी सङ्कलन गर्ने कार्य नहोस्।
3
जब म आउँछु, तब तिमीहरूले चुनेका मानिसहरूलाई म परिचय-पत्र दिनेछु र तिनीहरूलाई तिमीहरूले सङ्कलन गरेको भेटीसँग यरूशलेम पठाउनेछु।
4
यदि म जान उचित देखियो भने तिनीहरू मसँगै जानेछन्।
5
म्यासिडोनिया भएर गएपछि म तिमीहरूकहाँ आउनेछु किनकि म त्यो बाटो भएर जानेछु।
6
सायद म तिमीहरूसँग केही समय बिताउनेछु वा पूरै हिउँद पनि बिताउँन सक्छु, ताकि तिमीहरूले मलाई मेरो बाँकी यात्रामा सहयोग गर्न सक्नेछौ।
7
म अहिले तिमीहरूलाई छोटो समयका लागि मात्र भेटेर गइहाल्नका लागि होइन, तर यदि प्रभुले अनुमति दिनुभयो भने म तिमीहरूसँग केही समयसम्म रहने आशा राख्छु।
8
तर म एफिससमा पेन्टिकोस्टको पर्वसम्म बस्नेछु।
9
किनभने प्रभावकारी कामको लागि मेरा निम्ति ठूलो ढोका खोलिएको छ, तर मेरो विरोध गर्ने पनि त्यहाँ धेरै छन्।
10
जब तिमोथी तिमीहरूकहाँ आउनेछन्, तिनी तिमीहरूसँग रहँदा निडरसाथ रहन सकून्; किनकि मैले गरेजस्तै तिनले पनि प्रभुको काम गरिरहेका छन्।
11
अनि कसैले पनि तिनलाई अवहेलना नगरून्। तिनलाई शान्तिसँग आफ्नो यात्रामा पठाइदेओ, ताकि तिनी मकहाँ फर्केर आऊन्। तिनी अरू भाइहरूसँग आउँछन् भन्ने मैले आशा गरिरहेको छु।
12
अब हाम्रा भाइ अपोल्लोसको विषयमा: मैले तिनलाई अरू भाइहरूसँग तिमीहरूकहाँ जाऊन् भनी धेरै आग्रह गरेँ। अहिले तिनको आउने चाहना पक्का छैन, तर जब तिनले मौका पाउँछन्, तब तिनी आउनेछन्।
13
तिमीहरू सतर्क रहो; विश्वासमा स्थिर भइरहो; निडर होओ र बलियो होओ।
14
सबै कुरा प्रेमसाथ गरिएका होऊन्।
15
हे विश्वासीहरू हो, तिमीहरू जान्दछौ, स्तिफनसको घराना अखैयाको पहिलो फल हुन्। तिनीहरूले प्रभुको जनहरूका सेवामा आफैँलाई अर्पण गरेका छन्। दाजुभाइ-दिदीबहिनीहरू, म तिमीहरूलाई विनम्र आग्रह गर्दछु,
16
कि यस्ता मानिसहरू र यस्तै परिश्रम गर्ने हरेकको अधीनमा बस।
17
जब स्तिफनस, फोर्टुनाटस र अखाइकस मकहाँ आए, तब म आनन्दित भएँ; किनभने तिमीहरूबाट भएको कमीलाई तिनीहरूले पूरा गरिदिएका छन्।
18
तिनीहरूका कारण मेरो र तिमीहरूका आत्मालाई पनि शीतल पारिदिएका छन्। यस्ता मानिसहरू आदर पाउने योग्यका हुन्।
19
एशियाको प्रान्तमा भएका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। अक्विला, प्रिस्किला र तिनीहरूका घरमा भेला हुने मण्डलीले पनि तिमीहरूलाई प्रभुमा न्यानो अभिवादन पठाएका छन्।
20
यहाँ भएका सबै दाजुभाइ-दिदीबहिनीहरूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्। ख्रीष्टिय प्रेमसाथ एक-अर्कालाई अभिवादन गर।
21
म पावल, आफ्नै हातले यो अभिवादन लेख्दैछु।
22
यदि कसैले प्रभुलाई प्रेम गर्दैन भने त्यो श्रापित होस्! हे हाम्रा प्रभु, आउनुहोस्!
23
प्रभु येशूको अनुग्रह तिमीहरूसँग होस्।
24
ख्रीष्ट येशूमा मेरो प्रेम तिमीहरू सबैसँग रहोस्! आमेन।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16