bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Corinthians 12
1 Corinthians 12
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 13 →
1
अब दाजुभाइ-दिदीबहिनीहरू हो, आत्मिक वरदानहरूबारे तिमीहरू अनजान बस भन्ने म चाहन्नँ।
2
तिमीहरू जान्दछौ, जब तिमीहरू ख्रीष्टका विश्वासी थिएनौ, तब तिमीहरू कुनै न कुनै प्रकारले नबोल्ने मूर्तिहरूतिर प्रभावित भई बहकिएर गएका थियौ।
3
यसकारण तिमीहरूले यो जानेको म चाहन्छु, कि परमेश्वरको आत्माद्वारा बोल्ने व्यक्तिले “येशू श्रापित होस्” भन्न सक्दैन र पवित्र आत्माद्वारा बाहेक अरू कसैले “येशू नै प्रभु हुनुहुन्छ” भनी भन्न सक्दैन।
4
वरदानहरू विभिन्न किसिमका छन्, तर ती वरदानहरू एउटै आत्माले दिनुहुन्छ।
5
सेवाहरू विभिन्न किसिमका छन्, तर प्रभु एउटै हुनुहुन्छ।
6
कामहरू पनि विभिन्न किसिमका छन्, तर उही परमेश्वरले नै तिनीहरू सबैमा र हरेकमा गर्नुहुन्छ।
7
सबैका भलाइको निम्ति आत्माका वरदानहरू हरेकलाई प्रकट गरिएको छ।
8
परमेश्वरका आत्माद्वारा एउटालाई बुद्धिको कुरा बोल्ने, अर्कोलाई उही आत्माद्वारा ज्ञानको कुरा बोल्ने,
9
अर्कोलाई उही आत्माद्वारा विश्वास, अर्कोलाई उही आत्माद्वारा निको पार्ने वरदानहरू,
10
अर्कोलाई आश्चर्यका कामहरू गर्ने शक्ति, अर्कोलाई अगमवाणी, अर्कोलाई आत्माहरू छुट्याउने, अर्कोलाई विभिन्न भाषाहरूमा बोल्ने र अझ अर्कोलाई चाहिँ भाषाहरूको अर्थ खोल्ने।
11
यी सबै एउटै र उही आत्माका कामहरू हुन्, र यो उहाँले आफ्नो इच्छाबमोजिम हरेकलाई दिनुहुन्छ।
12
जसरी शरीर एउटै भए तापनि अङ्गहरू धेरै हुन्छन्; तर सबै अङ्गहरू मिलेर एउटै शरीर बनिएको हुन्छ, ख्रीष्टको शरीरसँग पनि यस्तै हुन्छ।
13
यहूदी होस् वा ग्रीक, सेवक होस् वा फुक्का, जोसुकै भए तापनि एउटै शरीर हुनलाई एउटै आत्माद्वारा हाम्रो बप्तिस्मा भयो, र हामी सबै जनालाई एउटै आत्मा पिउन दिइयो।
14
किनकि शरीर एउटा अङ्गले बनेको होइन, तर धेरै अङ्गहरूले बनेको हुन्छ।
15
अब यदि खुट्टाले “म हात होइनँ, यसकारण म शरीरको होइनँ” भन्यो भने के यो शरीरको अङ्ग हुँदैन र?
16
अनि यदि कानले “म आँखा होइनँ, यसकारण म शरीरको अङ्ग होइनँ,” भन्यो भने के यो शरीरको अङ्ग हुँदैन र?
17
यदि पूरा शरीर आँखा हुँदो हो त कहाँबाट सुन्ने? यदि पूरा शरीर कान हुँदो हो त कहाँबाट सुँघ्ने?
18
तर वास्तवमा परमेश्वरले उहाँको इच्छाबमोजिम प्रत्येक अङ्गहरूलाई एक-एक गरेर मिलाएर शरीरमा राखिदिनुभएको छ।
19
यदि तिनीहरू एउटै अङ्ग हुँदाहुन् त शरीर कहाँ हुनेथियो र?
20
यसकारण अङ्गहरू धेरै छन्, तर शरीर एउटै छ।
21
आँखाले हातलाई “मलाई तेरो आवश्यकता छैन” भन्न सक्दैन; अनि शिरले पनि खुट्टालाई “मलाई तेरो आवश्यकता छैन” भन्न सक्दैन।
22
बरु शरीरका दुर्बल सोचेका अङ्गहरू नै झन् बढी आवश्यक हुन्छन्।
23
हामीले अरूभन्दा कम महत्त्व ठानेका अङ्गहरूलाई नै बढी महत्त्व दिन्छौँ; र गोप्य अङ्गहरूलाई विशेष रूपमा भद्रतासाथ वास्ता गर्छौँ।
24
हाम्रा देखिने अङ्गहरूलाई विशेष वास्ता चाहिँदैन। तर परमेश्वरले शरीरका अङ्गहरूलाई यसरी एकसाथ मिलाएर राखिदिनुभएको छ, कि कम महत्त्व भएका अङ्गहरूले बढी वास्ता पाऊन्,
25
ताकि कुनै विभाजन नहून्, तर शरीरका अङ्गहरूले एक-अर्काको समान वास्ता गरून्।
26
एउटा अङ्गमा पीडा भयो भने सबै अङ्गहरूले सँगै पीडा भोग्छन्; यदि एउटा अङ्गको आदर भयो भने सबै अङ्गहरू त्योसँग रमाउँछन्।
27
तिमीहरू ख्रीष्टका शरीर हौ, र हरेक जना त्यसका अङ्गहरू हौ।
28
मण्डलीमा परमेश्वरले सबैभन्दा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, त्यसपछि अचम्मका काम गर्नेहरू, र निको पार्ने वरदान भएकाहरू, अरूलाई सहायता गर्नेहरू, प्रशासन चलाउने वरदान पाएकाहरू र विभिन्न भाषामा बोल्नेहरू नियुक्त गर्नुभएको छ।
29
के सबै जना प्रेरितहरू हुन्? के सबै जना अगमवक्ताहरू हुन्? के सबै जना शिक्षकहरू हुन्? के सबैले अचम्मका कामहरू गर्छन्?
30
के सबैसँग निको पार्ने वरदानहरू छन्? के सबैले अज्ञात भाषाहरू बोल्छन्? के सबैले अर्थ खोल्न सक्छन्?
31
तर उत्तम वरदानहरूको इच्छा गर। म तिमीहरूलाई सर्वोत्कृष्ट मार्ग बताउँछु।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16