bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Corinthians 2
1 Corinthians 2
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 3 →
1
दाजुभाइ-दिदीबहिनीहरू हो, जब म तिमीहरूकहाँ आएँ, तब म मानिसको बुद्धि र चलाखीपूर्ण वचनमा आइनँ, तर मैले तिमीहरूलाई परमेश्वरको रहस्यको बारेमा गवाही दिँदै आएँ।
2
किनकि म तिमीहरूका बीचमा हुँदा येशू ख्रीष्ट र उहाँ क्रूसमा टाँगिनुभएको कुराबाहेक अरू केही कुरा नजान्ने निर्णय गरेँ।
3
म तिमीहरूकहाँ दुर्बलतामा साह्रै डर र कम्पसाथ आएँ।
4
मेरो शिक्षा बुद्धि र लोभ्याउने शब्दहरूमा थिएन, तर आत्मिक शक्तिको प्रदर्शनमा थियो;
5
ताकि तिमीहरूका विश्वास मानिसहरूका बुद्धिमा नभएर परमेश्वरको शक्तिमा आधारित होस्।
6
हामी परिपक्व भएकाहरूका बीचमा बुद्धिको सन्देश प्रचार गर्छौँ, तर यस युगको बुद्धि अथवा यस युगका शासकहरूको बुद्धि होइन, जो नाश भएर जानेछ।
7
तर हामी त परमेश्वरको लुकाएर राखिएको रहस्यमय बुद्धिबारे घोषणा गर्छौँ, जसलाई परमेश्वरले हाम्रो महिमाको लागि युगौँ भन्दा अगि नै निर्धारण गर्नुभएको थियो।
8
यस युगका कुनै शासकहरूले यसलाई बुझेनन्; किनकि यदि तिनीहरूले बुझेका भए महिमाका प्रभुलाई क्रूसमा टाँग्ने नै थिएनन्।
9
तापनि यसरी लेखिएको छ: “कुनै आँखाले नदेखेका, कुनै कानले नसुनेका, कुनै मानवीय मनमा नसोचिएका, यी कुराहरू परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ।”
10
यी कुराहरू परमेश्वरले हामीलाई उहाँका आत्माद्वारा प्रकट गर्नुभएको छ। आत्माले सबै कुराहरू, परमेश्वरका गहिराइमा भएका कुराहरूलाई पनि खोजी गर्नुहुन्छ।
11
किनकि मानिसको आफूभित्रको आत्माले बाहेक अरू कसले तिनीहरूको विचारहरू जान्दछ र? त्यसरी नै परमेश्वरका विचारहरू परमेश्वरको आत्माले बाहेक कसैले जान्दैन।
12
हामीले पाएको आत्मा संसारको आत्मा होइन, तर परमेश्वरबाट पाएको आत्मा हो, ताकि परमेश्वरले हामीलाई सित्तैँमा दिनुभएका थोकहरू हामी बुझ्न सकौँ।
13
हामी जुन कुरा बोल्दछौँ, ती मानवीय बुद्धिद्वारा सिकाएका शब्दहरूमा होइन, तर आत्माद्वारा सिकाइएका शब्दहरूमा बोल्दछौँ, हामी आत्माले सिकाउनुभएका शब्दहरूमा आत्मिक सत्यताहरू व्याख्या गर्दछौँ।
14
जुन व्यक्तिसँग परमेश्वरको आत्मा हुँदैन, त्यसले परमेश्वरको आत्माबाट आएका कुराहरू स्वीकार गर्दैन, तर ती कुराहरू त्यसको निम्ति मूर्खता हुन्छन्; र त्यसले ती कुराहरू बुझ्नै सक्दैन, किनकि ती कुराहरूको मूल्याङ्कन आत्मिक रीतिले मात्र हुँदछ।
15
आत्मिक व्यक्तिले सबै कुराहरूको मूल्याङ्कन गर्दछ, तर ऊचाहिँ कोहीद्वारा पनि मूल्याङ्कन गरिँदैन।
16
किनकि, “प्रभुको मनलाई कसले जानेको छ, र उहाँलाई कसले सिकाउन सक्छ?” तर हामीसँग ख्रीष्टको मन छ।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16