bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Samuel 14
2 Samuel 14
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 15 →
1
राजाको हृदयले अब्शालोमको इच्छा गरेको कुरा सरूयाहका छोरा योआबले थाहा पाए।
2
यसकारण योआबले एक जनालाई तकोमा पठाए। अनि त्यहाँबाट एउटी बुद्धिमती स्त्रीलाई ल्याए। योआबले तिनलाई भने, “आफूलाई शोकमा डुबेकी बहाना गर्नू, र शोकको वस्त्र लगाउनू। कुनै सुगन्धित तेल नलगाउनू। मरेका मानिसका निम्ति धेरै दिनसम्म शोक गरिरहेझैँ बहाना गर्नू।
3
त्यसपछि राजाकहाँ गएर यी कुराहरू उहाँलाई भन्नू।” यसरी योआबले भन्नुपर्ने कुराहरू तिनलाई सिकाइदिए।
4
जब तकोबाट गएकी स्त्री राजाको सामु हाजिर भई, र भुइँसम्मै घोप्टो परी, र राजालाई दण्डवत् गरी रुँदै भनी, “हे महाराजा, मलाई सहायता गर्नुहोस्!”
5
राजाले उनलाई सोधे, “तिमीलाई के दुःख पर्यो?” तिनले भनिन्, “म एउटी विधवा हुँ; मेरा पति मरिसकेका छन्।
6
म हजुरकी सेविकाका दुई छोराहरू थिए। तिनीहरू खेतमा एक-आपसमा लडाइँ गरेछन्। त्यहाँ तिनीहरूलाई छुटाउने कोही थिएन; अनि एउटाले अर्कोलाई हिर्काएर मार्यो।
7
अब सम्पूर्ण वंश नै तपाईंको सेविकाको विरुद्धमा उठेर यसो भन्दैछन्, ‘आफ्नो भाइलाई मार्नेलाई हाम्रो हातमा सुम्पिदेऊ, र त्यसले आफ्नै भाइलाई मारेको कारण हामी पनि त्यसलाई मार्नेछौँ। यसो गर्नाले हामीले उत्तराधिकारलाई पनि नाश गरेको हुनेछ।’ तिनीहरूले मसँग बचेको एउटै आगोको भुङ्ग्रो पनि निभाइदिनेछन्। यस संसारबाट मेरो पतिको सन्तानको नामनिशानै मेटिदिनेछन्।”
8
तब राजाले त्यस स्त्रीलाई भने, “घर जाऊ, म तिम्रो पक्षमा हुकुम जारी गर्नेछु।”
9
तर तकोबाट आएकी त्यस स्त्रीले तिनलाई भनिन्, “मेरा मालिक महाराजा, यो दोष म र मेरो परिवारमाथि परोस्; तर राजा र राजाको सिंहासन दोषरहित रहून्!”
10
राजाले जवाफ दिए, “यदि कसैले तिमीसँग केही कुरा गर्छ भने त्यसलाई मकहाँ ल्याऊ, र त्यसले तिमीलाई फेरि दुःख दिनेछैन।”
11
तिनले भनिन्, “त्यसो भए विरोधीहरूले अरू खराबी नगरून् भनेर राजाले जीवित याहवेह, उहाँको परमेश्वरलाई साक्षी राखेर भनिदेऊन्, र मेरो छोरा नष्ट हुनेछैन।” तब राजाले भने, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्चय नै तिम्रा छोराको एउटा केशधरि भुइँमा खस्नेछैन।”
12
तब त्यस स्त्रीले भनी, “हजुरकी सेविकालाई मेरा मालिक महाराजासित अझै एउटा कुरा भन्न दिनुहोस्।” राजाले जवाफ दिए, “भन।”
13
त्यस स्त्रीले भनी, “त्यसो भए हजुरले किन परमेश्वरका मानिसहरूको विरुद्धमा यस्तो युक्ति रच्नुभयो? राजाले यसरी भन्नुहुँदा, के उहाँले आफैँलाई दोषी ठहराउनुभएन र? किनकि राजाले आफ्नो निर्वासित छोरालाई फर्काएर ल्याउनुभएकै छैन।
14
भुइँमा पोखिएको पानी फेरि जम्मा गर्न नसकिएझैँ, हामी पनि मर्नैपर्छ। तर परमेश्वरले प्राण लिनुहुन्न; त्यसको सट्टामा उहाँले त निर्वासित व्यक्तिलाई उहाँदेखि अलग भएर नबसोस् भनेर उपाय पो निकाल्नुहुन्छ।
15
“म मेरा मालिक महाराजालाई यो कुरा भन्न आएकी हुँ, किनकि मानिसहरूले मलाई डर देखाएका छन्। हजुरकी सेविकाले विचार गरी, ‘म राजासित कुरा गर्नेछु; सायद उहाँले आफ्नी सेविकाको अनुरोध सुन्नुहुन्छ होला।
16
सायद राजाले आफ्नी सेविकालाई त्यो मानिसको हातबाट छुटाउनुहुनेछ, जो म र मेरो छोरालाई परमेश्वरले दिनुभएको उत्तराधिकारबाट वञ्चित गराउन तल्लिन छ।’
17
“अहिले हजुरकी सेविका भन्छे, ‘मेरा मालिक महाराजाको आदेशले मेरो उत्तराधिकार बचाऊन्; किनकि मेरो मालिक महाराजा असल र खराब छुट्याउन परमेश्वरका दूतझैँ हुनुहुन्छ। याहवेह हजुरका परमेश्वर हजुरसँग रहून्!’ ”
18
तब राजाले त्यस स्त्रीलाई भने, “मैले तिमीलाई जे सोध्न लागेको छु, त्यसको जवाफ मबाट नलुकाई भन।” त्यस स्त्रीले भनी, “कृपया, मेरा मालिक महाराजा भन्नुहोस्।”
19
राजाले सोधे, “के यी सबै कुराहरूमा योआबको सहभागिता छ?” त्यस स्त्रीले जवाफ दिई, “हे मेरा मालिक महाराजा, हजुरको जीवनको शपथ खाएर भन्दछु, मेरा मालिक महाराजा हजुरले भन्नुभएको कुराबाट कोही पनि दायाँ-बायाँ गर्न सक्दैन। हो, हजुरको सेवक योआबले नै मलाई यसो गर्ने हुकुम दिएका हुन्। अनि तिनले नै हजुरकी सेविकालाई यी कुराहरू सिकाइदिएका हुन्।
20
हजुरको सेवक योआबले वर्तमान स्थितिलाई बदली गर्नलाई नै यसो गरेका हुन्। मेरो मालिक परमेश्वरका दूतझैँ बुद्धिमान् हुनुहुन्छ, र देशमा हुने हरेक कुरा उहाँलाई थाहा छ।”
21
तब राजाले योआबलाई भने, “ठिक छ, म यो गर्नेछु। जाऊ, र त्यस जवान मानिस अब्शालोमलाई लिएर आऊ।”
22
योआबले दावीदको सामु सम्मान स्वरूप भुइँमा घोप्टो परेर दण्डवत् गरे, र राजालाई परमेश्वरले आशिष् देऊन् भनेर प्रार्थना गरे। योआबले भने, “आज तपाईंको सेवकले तपाईंको दृष्टिमा निगाह पाएको थाहा पाएको छ; किनकि हे मेरा मालिक महाराजा, राजाले आफ्नो सेवकको बिन्ती मन्जुर गर्नुभएको छ।”
23
त्यसपछि योआब गेशूरमा गए, र अब्शालोमलाई यरूशलेममा लिएर आए।
24
तर राजाले भने, “त्यो आफ्नै घरमा गएर बसोस्; त्यो मेरो उपस्थितिमा नआओस्।” यसकारण अब्शालोम आफ्नै घरमा गए, र तिनले राजाको अनुहार देखेनन्।
25
सारा इस्राएलभरि आफ्नो रूपको सुन्दरताको निम्ति अति प्रशंसा पाउने अब्शालोमजस्ता अरू मानिस कोही पनि थिएनन्। तिनको शिरदेखि पैतालासम्म कुनै खोट थिएन।
26
जब तिनले आफ्नो शिरको केश काट्थे (तिनलाई केश अति गह्रौँ हुँदा वर्षमा एक पटक तिनले केश काट्ने गर्थे।) तब तिनले केश जोख्ने गर्थे। राजकीय तौलअनुसार केशको तौल दुई सय शेकेल हुन्थ्यो।
27
अब्शालोमका तीन जना छोरा र एउटी छोरी जन्मिए; जसको नाम तामार थियो। अनि तिनी एउटी सुन्दरी स्त्री बनिन्।
28
अब्शालोम यरूशलेममा राजाको अनुहार नहेरी दुई वर्षसम्म बसे।
29
त्यसपछि अब्शालोमले राजाकहाँ खबर पठाउन भनी योआबलाई बोलाइपठाए। तर योआबले तिनीकहाँ आउन इन्कार गरे। यसकारण तिनले दोस्रो पटक पनि बोलाइपठाए। तर तिनले फेरि पनि आउन इन्कार गरे।
30
त्यसपछि तिनले आफ्ना नोकरहरूलाई भने, “हेर, योआबको खेत मेरै खेतको नजिक छ; त्यहाँ तिनको जौ छ। जाओ, र त्यसमा आगो लगाइदेओ।” यसकारण अब्शालोमका नोकरहरूले योआबको त्यस खेतमा आगो लगाइदिए।
31
तब योआब अब्शालोमको घरमा गए, र तिनलाई भने, “तपाईंका नोकरहरूले मेरो खेतमा किन आगो लगाइदिए?”
32
अब्शालोमले योआबलाई भने, “मैले तिमीलाई राजाकहाँ यस्तो खबर दिनको निम्ति बोलाइपठाएँ, म किन गेशूरबाट आएँ त? म त्यहीँ रहनु असल हुनेथियो। त्यसैले अब म राजाको अनुहार हेर्न चाहन्छु। यदि म कुनै कुराको अपराधी छु भने उहाँले मलाई मारून्!”
33
यसकारण योआब राजाकहाँ गए, र यो कुरा सुनाइदिए। तब राजाले अब्शालोमलाई बोलाइपठाए। अनि तिनी राजाको सामु आए, र घोप्टो परेर दण्डवत् गरे। राजाले खुशी भएर अब्शालोमलाई म्वाइँ खाए।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24